नेभिगेशन
सबै कुरा

पोखरीमा खसेर बेपत्ता भएका दुई जनाको शव गोताखोर टोलीले निकाल्याे

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलबासमा कारसहित पोखरीमा खसेर बेपत्ता भएका दुई जनाको शव गोताखोर टोलीले निकालेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बयलबास बजारबाट महोत्तरी जाँदै गरेको लु२च ६७५८ नम्बरको कार  आज बिहान दुर्घटना हुँदा कारचालकसहित दुई जना ईश्वरपुर–२ मियाँखोरस्थित पोखरीमा डुबेर बेपत्ता भएका थिए । बेपत्ता कारचालक महोत्तरीको गौशाला नगरपालिका–१० का अन्दाजी ३८ वर्षीय सुरेश महतो र सवार महोत्तरीकै सोनमा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुरको शव पोखरीबाट गोताखोर टोलीले निकालेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । 

Ncell
Extreme Energy

कारमा सवार अर्का महोत्तरीको गौशाला–२ का ३१ वर्षीय जनक यादव भने पौडिएर सकुसल पोखरीबाट बाहिर निस्कन सफल भएका थिए ।सशस्त्र प्रहरी बलको टोली र इलाका प्रहरी कार्यालय केश्वरगञ्जबाट पुगेको प्रहरी टोलीले संयुक्त रुपमा बेपत्ताको खोजी तथा उद्धार गरेको थियो ।  सो टोलीले  बेपत्ता फेला नपरेपछि बर्दिवासस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली मगाएर खोजी गरिएको थियो । 

गोताखोर टोलीले शव बाहिर निकालेपछि परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाने तयारी भएको प्रनाउ श्रेष्ठले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक पत्र जारी गर्दै संघीय मन्त्रालयहरू, आयोग, सचिवालय, प्रदेश सरकार, स्थानीय तह र विदेशस्थित नेपाली नियोगहरूसहितका सबै सार्वजनिक निकायहरूलाई आफ्ना खरिद प्रक्रियामा नेपाली...
३५० रुपैयाँमा मोबाइलको कभर र सिसा फेरेका प्रहरीलाई पर्यो १० लाखको बम्पर उपहार

३५० रुपैयाँमा मोबाइलको कभर र सिसा फेरेका प्रहरीलाई पर्यो १० लाखको बम्पर उपहार

आन्तरिक राजस्व विभागले साउन महिनाको दोस्रो १६ दिनको करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत पुडासैनीलाई बम्पर उपहार विजेता घोषणा गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार अर्थ मन्त्रालयमा आयोजित...
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

उनीसँग राष्ट्र बैंकमा एक दशकबढी काम गरेको अनुभव छ । उनले मुद्रा व्यवस्थापन विभागको निर्देशक हुँदै राष्ट्र बैंकको कार्यकारी निर्देशकको समेत जिम्मेवारी सम्हालेका थिए ।
कस–कसले गर्दैछन् अस्थिरता मच्चाउने खेती ?

कस–कसले गर्दैछन् अस्थिरता मच्चाउने खेती ?

अचेल हरेक दिनजसो सरकारको भविष्यलाई जोडेर समाचार आउँछन् । ती समाचारका हेडलाइन्स हुन्छन्– प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि लामिछानेबीच खटपट । सरकारको कामकारबाहीप्रति रास्वपा सभापति रवि लामिछाने...

भर्खरै