नेभिगेशन
सबै कुरा

रवि लामिछानेको म्याद थपकाे बहस सकियो, थप २५ दिन हिरासतमा राख्न माग

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले म्याद मागेको छ । सहकारी प्रकरणमा अनुसन्धान नसकिएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा थप २५ दिनको म्याद दिनुपर्ने माग गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अहिले बहस सकिए पनि आदेश भने भएको छैन । बहसमा लामिछाने तर्फका अधिवक्ताहरुले लामिछानेको बयान सकिएको, कागजपत्र पेश भैसकेका र रवि लामिछाने कतै भागेर जाने अवस्था पनि नभएकाले म्याद थप गर्न नहुने र रिहाई गर्नुपर्ने जिकिर गरेका छन् । 

Extreme Energy

लामिछानेका पक्षबाट वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त, नारायण घिमिरे, डा.नारायण कँडेलले बहस गरेका थिए । अदालतमा म्याद थप गर्ने या नगर्ने भन्नेबारे पक्ष विपक्षमा बहस सकिइसकेको भएपनि न्यायाधीशले आदेश सुनाइसकेका छैनन् । कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछाने १८ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...