नेभिगेशन
सबै कुरा

सत्ताधारी दल कानुनभन्दा माथि भए, रविमाथि अत्याचार र राजनीतिक षड्यन्त्र गरे -सोविता गौतम

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य सोविता गौतमले सत्ताधारी दल रवि लामिछानेको हकमा कानुन भन्दा माथि देखिएको बताएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार पोखरामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेतृ गौतमले रास्वपा सभापति रवि लामिछानेमाथि सत्तारुढ दलले कानुन भन्दा माथि रहेर  अत्याचार र राजनीतिक षड्यन्त्र गरेको बताइन् । 

Extreme Energy

‘रवि लामिछानेको हकमा सत्ताधारी दल कानुनभन्दा माथि भए । रविमाथि अत्याचार र  राजनीतिक षड्यन्त्र गरे’ विरोध सभालाई सम्बोधन गर्दै उनले भनिन्, ‘एक दिन ओली, देउवा र आरजुलाई पनि अनुसन्धान गर्नु पर्ने दिन आउन सक्ने हुनाले त्यो दिन यही अभ्यास भारी पर्न सक्छ ।’ 

प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनको अपव्याख्या गरिएको नेतृ गौतमले बताइन् । भागेर नजाने, प्रमाण नष्ट नगर्ने र अनुसन्धानलाई प्रभावित पार्नेको हकमा लागू हुने कानुन रवि लामिछानेको हक गलत प्रयोग गरिएको उनले बताइन् । ‘उहाँमाथि लगाइएको आरोपको प्रमाण संसदीय समिति देखि सार्वजनिक रुपमा समेत उपलब्ध छ । उहाँ भागेर जाने मान्छे पनि होइन,’ नेतृ गौतमले भनिन् । 

गृहमन्त्रीको दबाबमा प्रहरीले रास्वपामाथि दमनकारी नीति अवलम्बन गरेको भन्दै उनले त्यसबाट बिचलित नबनेको र सङ्घर्ष जारी रहने बताइन् । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...