नेभिगेशन
सबै कुरा

सत्ताधारी दल कानुनभन्दा माथि भए, रविमाथि अत्याचार र राजनीतिक षड्यन्त्र गरे -सोविता गौतम

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य सोविता गौतमले सत्ताधारी दल रवि लामिछानेको हकमा कानुन भन्दा माथि देखिएको बताएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार पोखरामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेतृ गौतमले रास्वपा सभापति रवि लामिछानेमाथि सत्तारुढ दलले कानुन भन्दा माथि रहेर  अत्याचार र राजनीतिक षड्यन्त्र गरेको बताइन् । 

Ncell
Extreme Energy

‘रवि लामिछानेको हकमा सत्ताधारी दल कानुनभन्दा माथि भए । रविमाथि अत्याचार र  राजनीतिक षड्यन्त्र गरे’ विरोध सभालाई सम्बोधन गर्दै उनले भनिन्, ‘एक दिन ओली, देउवा र आरजुलाई पनि अनुसन्धान गर्नु पर्ने दिन आउन सक्ने हुनाले त्यो दिन यही अभ्यास भारी पर्न सक्छ ।’ 

प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनको अपव्याख्या गरिएको नेतृ गौतमले बताइन् । भागेर नजाने, प्रमाण नष्ट नगर्ने र अनुसन्धानलाई प्रभावित पार्नेको हकमा लागू हुने कानुन रवि लामिछानेको हक गलत प्रयोग गरिएको उनले बताइन् । ‘उहाँमाथि लगाइएको आरोपको प्रमाण संसदीय समिति देखि सार्वजनिक रुपमा समेत उपलब्ध छ । उहाँ भागेर जाने मान्छे पनि होइन,’ नेतृ गौतमले भनिन् । 

गृहमन्त्रीको दबाबमा प्रहरीले रास्वपामाथि दमनकारी नीति अवलम्बन गरेको भन्दै उनले त्यसबाट बिचलित नबनेको र सङ्घर्ष जारी रहने बताइन् । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक पत्र जारी गर्दै संघीय मन्त्रालयहरू, आयोग, सचिवालय, प्रदेश सरकार, स्थानीय तह र विदेशस्थित नेपाली नियोगहरूसहितका सबै सार्वजनिक निकायहरूलाई आफ्ना खरिद प्रक्रियामा नेपाली...
३५० रुपैयाँमा मोबाइलको कभर र सिसा फेरेका प्रहरीलाई पर्यो १० लाखको बम्पर उपहार

३५० रुपैयाँमा मोबाइलको कभर र सिसा फेरेका प्रहरीलाई पर्यो १० लाखको बम्पर उपहार

आन्तरिक राजस्व विभागले साउन महिनाको दोस्रो १६ दिनको करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत पुडासैनीलाई बम्पर उपहार विजेता घोषणा गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार अर्थ मन्त्रालयमा आयोजित...
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

उनीसँग राष्ट्र बैंकमा एक दशकबढी काम गरेको अनुभव छ । उनले मुद्रा व्यवस्थापन विभागको निर्देशक हुँदै राष्ट्र बैंकको कार्यकारी निर्देशकको समेत जिम्मेवारी सम्हालेका थिए ।
कस–कसले गर्दैछन् अस्थिरता मच्चाउने खेती ?

कस–कसले गर्दैछन् अस्थिरता मच्चाउने खेती ?

अचेल हरेक दिनजसो सरकारको भविष्यलाई जोडेर समाचार आउँछन् । ती समाचारका हेडलाइन्स हुन्छन्– प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि लामिछानेबीच खटपट । सरकारको कामकारबाहीप्रति रास्वपा सभापति रवि लामिछाने...

भर्खरै