नेभिगेशन
सबै कुरा

रवि लामिछाने थप ५ दिन हिरासतमै रहने

पोखरा । पूर्व उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई अदालतले थप ५ दिनको समय दिएको छ । जिल्ला अदालतका कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । ५ दिन तिहार विदामा कटौती भईसकेको छ । लामिछाने अब ५ दिन हिरासतमा रहनेछन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रवि लामिछानेको पक्षबाट बहस गरेका अधिकवक्ता डा. नारायणदत्त कंडेलका अनुसार रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले म्याद मागेको थियो । सहकारी प्रकरणमा अनुसन्धान नसकिएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले थप समय माग गरेको थियो । तर सरकारी वकिलले म्याद थप हुनुपर्ने बलियो आधार केही पनि पेश गर्न नसकेको कंडेलले बताए । 

Ncell
Extreme Energy

लामिछाने तर्फका अधिवक्ताहरुले लामिछानेको बयान सकिएको, कागजपत्र पेश भैसकेका र रवि लामिछाने कतै भागेर जाने अवस्था पनि नभएकाले म्याद थप गर्न नहुने र रिहाई गर्नुपर्ने जिकिर गरेका थिए । 

लामिछानेका पक्षबाट वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त, नारायण घिमिरे, डा.नारायणदत्त कँडेलले बहस गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक पत्र जारी गर्दै संघीय मन्त्रालयहरू, आयोग, सचिवालय, प्रदेश सरकार, स्थानीय तह र विदेशस्थित नेपाली नियोगहरूसहितका सबै सार्वजनिक निकायहरूलाई आफ्ना खरिद प्रक्रियामा नेपाली...
३५० रुपैयाँमा मोबाइलको कभर र सिसा फेरेका प्रहरीलाई पर्यो १० लाखको बम्पर उपहार

३५० रुपैयाँमा मोबाइलको कभर र सिसा फेरेका प्रहरीलाई पर्यो १० लाखको बम्पर उपहार

आन्तरिक राजस्व विभागले साउन महिनाको दोस्रो १६ दिनको करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत पुडासैनीलाई बम्पर उपहार विजेता घोषणा गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार अर्थ मन्त्रालयमा आयोजित...
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

उनीसँग राष्ट्र बैंकमा एक दशकबढी काम गरेको अनुभव छ । उनले मुद्रा व्यवस्थापन विभागको निर्देशक हुँदै राष्ट्र बैंकको कार्यकारी निर्देशकको समेत जिम्मेवारी सम्हालेका थिए ।
कस–कसले गर्दैछन् अस्थिरता मच्चाउने खेती ?

कस–कसले गर्दैछन् अस्थिरता मच्चाउने खेती ?

अचेल हरेक दिनजसो सरकारको भविष्यलाई जोडेर समाचार आउँछन् । ती समाचारका हेडलाइन्स हुन्छन्– प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि लामिछानेबीच खटपट । सरकारको कामकारबाहीप्रति रास्वपा सभापति रवि लामिछाने...

भर्खरै