नेभिगेशन
सबै कुरा

रवि लामिछाने थप ५ दिन हिरासतमै रहने

पोखरा । पूर्व उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई अदालतले थप ५ दिनको समय दिएको छ । जिल्ला अदालतका कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । ५ दिन तिहार विदामा कटौती भईसकेको छ । लामिछाने अब ५ दिन हिरासतमा रहनेछन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रवि लामिछानेको पक्षबाट बहस गरेका अधिकवक्ता डा. नारायणदत्त कंडेलका अनुसार रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले म्याद मागेको थियो । सहकारी प्रकरणमा अनुसन्धान नसकिएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले थप समय माग गरेको थियो । तर सरकारी वकिलले म्याद थप हुनुपर्ने बलियो आधार केही पनि पेश गर्न नसकेको कंडेलले बताए । 

Extreme Energy

लामिछाने तर्फका अधिवक्ताहरुले लामिछानेको बयान सकिएको, कागजपत्र पेश भैसकेका र रवि लामिछाने कतै भागेर जाने अवस्था पनि नभएकाले म्याद थप गर्न नहुने र रिहाई गर्नुपर्ने जिकिर गरेका थिए । 

लामिछानेका पक्षबाट वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त, नारायण घिमिरे, डा.नारायणदत्त कँडेलले बहस गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...