नेभिगेशन
सबै कुरा

नेपालमा दर्ता भयाे टिकटक

काठमाडाैँ । नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता भएको छ ।टिकटकको कम्पनीले नेपाल सरकार मातहतको सूचना तथा सञ्चार मन्त्रालयबाट मङ्गलवार नेपालमा आधिकारिक रूपमा दर्ता भएको प्रमाणपत्र  लिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार  टिकटकले केही पहिलेदेखि नै टिकटकको दर्ताका लागि प्रक्रिया अगाडि बढाएको भएपनि मंगलबारदेखि आधिकारिक रुपमा दर्ता भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

टिकटकले सामाजिक सद्भाव खल्बलाएको बताउँदै केही समय पहिले नेपाल सरकारले टिकटकलाई नेपालबाट प्रतिबन्ध लगाएको थियो । तर टिकटकले आफू नेपाल सरकारको कानुनको अधिनमा रहेर सञ्चालन गर्न तयार भएको पटकपटक बताउँदै आएपछि नेपाल सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो । त्यसपछि दर्ता प्रक्रिया सुरु गरेको टिकटकले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ को उपदफा ६ बमोजिमको व्यवस्था अनुसार मन्त्रालयमा दर्ता गरेको हो । 

Extreme Energy

यससँगै टिकटकले साइबर अपराधको अनुसन्धानमा सघाउने, नेपालको कानून तथा सर्त मान्न तयार हुँदै पर्यटन प्रवर्द्धन तथा डिजिटल साक्षरतामा पनि सघाउने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...