नेभिगेशन
सबै कुरा

नेपालमा दर्ता भयाे टिकटक

काठमाडाैँ । नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता भएको छ ।टिकटकको कम्पनीले नेपाल सरकार मातहतको सूचना तथा सञ्चार मन्त्रालयबाट मङ्गलवार नेपालमा आधिकारिक रूपमा दर्ता भएको प्रमाणपत्र  लिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार  टिकटकले केही पहिलेदेखि नै टिकटकको दर्ताका लागि प्रक्रिया अगाडि बढाएको भएपनि मंगलबारदेखि आधिकारिक रुपमा दर्ता भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

टिकटकले सामाजिक सद्भाव खल्बलाएको बताउँदै केही समय पहिले नेपाल सरकारले टिकटकलाई नेपालबाट प्रतिबन्ध लगाएको थियो । तर टिकटकले आफू नेपाल सरकारको कानुनको अधिनमा रहेर सञ्चालन गर्न तयार भएको पटकपटक बताउँदै आएपछि नेपाल सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो । त्यसपछि दर्ता प्रक्रिया सुरु गरेको टिकटकले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ को उपदफा ६ बमोजिमको व्यवस्था अनुसार मन्त्रालयमा दर्ता गरेको हो । 

Ncell
Extreme Energy

यससँगै टिकटकले साइबर अपराधको अनुसन्धानमा सघाउने, नेपालको कानून तथा सर्त मान्न तयार हुँदै पर्यटन प्रवर्द्धन तथा डिजिटल साक्षरतामा पनि सघाउने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक पत्र जारी गर्दै संघीय मन्त्रालयहरू, आयोग, सचिवालय, प्रदेश सरकार, स्थानीय तह र विदेशस्थित नेपाली नियोगहरूसहितका सबै सार्वजनिक निकायहरूलाई आफ्ना खरिद प्रक्रियामा नेपाली...
३५० रुपैयाँमा मोबाइलको कभर र सिसा फेरेका प्रहरीलाई पर्यो १० लाखको बम्पर उपहार

३५० रुपैयाँमा मोबाइलको कभर र सिसा फेरेका प्रहरीलाई पर्यो १० लाखको बम्पर उपहार

आन्तरिक राजस्व विभागले साउन महिनाको दोस्रो १६ दिनको करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत पुडासैनीलाई बम्पर उपहार विजेता घोषणा गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार अर्थ मन्त्रालयमा आयोजित...
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

उनीसँग राष्ट्र बैंकमा एक दशकबढी काम गरेको अनुभव छ । उनले मुद्रा व्यवस्थापन विभागको निर्देशक हुँदै राष्ट्र बैंकको कार्यकारी निर्देशकको समेत जिम्मेवारी सम्हालेका थिए ।
कस–कसले गर्दैछन् अस्थिरता मच्चाउने खेती ?

कस–कसले गर्दैछन् अस्थिरता मच्चाउने खेती ?

अचेल हरेक दिनजसो सरकारको भविष्यलाई जोडेर समाचार आउँछन् । ती समाचारका हेडलाइन्स हुन्छन्– प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि लामिछानेबीच खटपट । सरकारको कामकारबाहीप्रति रास्वपा सभापति रवि लामिछाने...

भर्खरै