नेभिगेशन
समाज

भृकुटीमण्डपमा अतिरुद्र महायज्ञ सुरु

काठमाडौं । नेपाल महर्षि वैदिक फाउण्डेसनको आयोजनामा अतिरुद्र विश्वकल्याण विराट महायज्ञ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । हिन्दु धर्मका प्रबुद्ध सन्त एवं गुरुहरुको उपस्थितिमा प्रमुख अतिथि श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले नौ कन्या एवं ११ बटुकहरुको साथमा दीप प्रज्वलन गरी महायज्ञको औपचारिक उद्घाटन गरे ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महायज्ञको उद्घाटन गर्दै नेपाल सन्त समाजका राष्ट्रिय अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले नेपाली समाजलाई यज्ञको महत्व बुझाउन अझै कठीन भइरहेको बताए ।  विधिविपरीत आयोजना हुने यज्ञ र यज्ञका नाममा हुने अन्य कार्यले वास्तविक पवित्र उद्देश्यका यज्ञहरुको महत्व छायाँमा पुगेको उनको भनाई छ ।  ‘यज्ञ वेदोक्त हुनुपर्छ । वेदले जसरी भन्छ त्यसरी यज्ञ हुनुपर्छ । वेदको भाव विपरीत गरिएका यज्ञले देवकार्य पुष्टी हुँदैन । हामी सबैलाई वेदोक्त सिद्ध कर्म गर्न प्रेरणा मिलोस’, उनले भने ।  

Ncell
Extreme Energy

उद्घाटन समारोहलाई सम्बोधन गर्दै कृष्णदास महाराजले अतिरुद्र विराट महायज्ञको आयोजनाले नेपालको श्रीबृद्धिमा योगदान पुगेको बताए ।  ‘यस महायज्ञको माध्यमबाट धर्म,संस्कार र संस्कृतिको रक्षा गर्दै भगवान पशुपतिनाथको पुण्यभूमि नेपाल राष्ट्रको नाम विश्वभर फैलाउने काम भएको छ ’, उनले भने । महर्षि महेशले ५० वर्षअगाडि नेपाल आएर नेपालको महिमालाई बढाउने महान् काम गरेको भन्दै उनकै प्रेरणामा सञ्चालित महर्षि वैदिक फाउण्डेसनले विराट महायज्ञको माध्यमबाट सम्पूर्ण धार्मिक मनहरुलाई एकतावद्ध गरिएकोमा कृष्णदास महाराजले धन्यवादसमेत ज्ञापन गरे ।  

नेपाल महर्षि वैदिक फाउण्डेसनका अध्यक्ष एवं महायज्ञ मूल आयोजक समितिका संयोजक दीपकप्रकाश बाँस्कोटाले वैदिक सनातन धर्ममा विश्वास गर्नेहरुको एकताबाट नै नेपालबाट विश्वशान्तिको सन्देश दिलाउन सकिने बताउनुभयो । अतिरुद्र विश्वकल्याण विराट महायज्ञ नेपालकै इतिहासमा पहिलो यज्ञ भएको बताए ।  ‘योग ध्यान सिद्ध १ हजार १ सय ११ जना बटुक पण्डितहरुद्वारा सञ्चालित अतिरुद्र यज्ञ नेपालको इतिहासमा पहिलो हो । हरेक हिन्दु सनातनीले यो यज्ञसँग जोडिएर गर्वको महसुस गर्नुपर्छ’, उनले भने । नेपालको शान्ति र समृद्धिको कामना गर्दै आयोजित महायज्ञले विश्वशान्तिका लागिसमेत योगदान गर्ने बताए। 

महायज्ञ अन्तर्गत दैनिक भावातीत ध्यान शिविर, प्रांगारिक कृषि मेला, भागवत गीता सार वाचन, भजन कीर्तन तथा वैदिक एवं आधुनिक विज्ञान महासम्मेलन लगायतका कार्यक्रमहरु सञ्चालन हुनेछ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक पत्र जारी गर्दै संघीय मन्त्रालयहरू, आयोग, सचिवालय, प्रदेश सरकार, स्थानीय तह र विदेशस्थित नेपाली नियोगहरूसहितका सबै सार्वजनिक निकायहरूलाई आफ्ना खरिद प्रक्रियामा नेपाली...
३५० रुपैयाँमा मोबाइलको कभर र सिसा फेरेका प्रहरीलाई पर्यो १० लाखको बम्पर उपहार

३५० रुपैयाँमा मोबाइलको कभर र सिसा फेरेका प्रहरीलाई पर्यो १० लाखको बम्पर उपहार

आन्तरिक राजस्व विभागले साउन महिनाको दोस्रो १६ दिनको करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत पुडासैनीलाई बम्पर उपहार विजेता घोषणा गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार अर्थ मन्त्रालयमा आयोजित...
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

उनीसँग राष्ट्र बैंकमा एक दशकबढी काम गरेको अनुभव छ । उनले मुद्रा व्यवस्थापन विभागको निर्देशक हुँदै राष्ट्र बैंकको कार्यकारी निर्देशकको समेत जिम्मेवारी सम्हालेका थिए ।
कस–कसले गर्दैछन् अस्थिरता मच्चाउने खेती ?

कस–कसले गर्दैछन् अस्थिरता मच्चाउने खेती ?

अचेल हरेक दिनजसो सरकारको भविष्यलाई जोडेर समाचार आउँछन् । ती समाचारका हेडलाइन्स हुन्छन्– प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि लामिछानेबीच खटपट । सरकारको कामकारबाहीप्रति रास्वपा सभापति रवि लामिछाने...

भर्खरै