नेभिगेशन
सबै कुरा

छठ व्रत र सझियाघाट आज

महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा आज छठ पर्वको रौनक छ । आज छठको तेश्रो अर्थात् मुख्य दिन बर्तालुु निराहर रहन्छन् । पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सक्खरको खीर प्रसादस्वरुप खाएपछि बर्तालुको निराहार व्रत प्रारम्भ हुन्छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज साँझ नै बर्तालुले पवित्र जलाशयमा सजाइएको घाटमा विविध परिकार राखिएका डालीहरु हातमा उठाएर अस्ताउँदा सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भनिन्छ ।

Extreme Energy

 श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने छठ पर्वको अवसरमा मिथिलाका गाउँनगर बस्ती अहिले दुलही झैं सिँगारिएका छन् । खासगरी जलाशयमा बनाइएका घाटहरु मनमोहक छन् । बर्तालुले भोली शुक्रबार सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएपछि  छठ विधिवत् रुपमा समापन हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...