नेभिगेशन
सबै कुरा

स्थानीय तह उपनिर्वाचनमा उम्मेदवार छान्न रास्वपाले तोक्यो प्रारम्भिक निर्वाचनको मिति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह उपनिर्वाचन, २०८१ प्रारम्भिक निर्वाचनको मिति तोकेको छ । केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको सभापतित्वमा बुधबार बसेको बैठकले प्रारम्भिक निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त कार्यतालिका अनुसार उम्मेदवारी दर्ताका लागि २०८१ कात्तिक २२ देखि २५ गते, दिउँसो २ः०० बजे सम्मको समय तोकिएको छ । २०८१ कात्तिक २५ गते, साँझ ८ः०० बजे सम्म प्रारम्भिक उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने तथा २०८१ कात्तिक २८ गते, साँझ ७ः०० बजे सम्म मतदान हुने बताइएको छ । जसको नतिजा २०८१ कात्तिक २९ गते, दिउँसो १ः०० बजे पार्टीले जनाएको छ । 

Ncell
Extreme Energy

पार्टीले  प्रारम्भिक निर्वाचनमा उम्मेदवारीका लागि आवेदन दिन गुगल फाराम सार्वजनिक गरेको छ भने निर्वाचन परिचालन समितिमा उपलब्ध आवेदन फारम भरेर पनि उम्मेदवारी दिन सकिने बताएको छ । 

त्यस्तै उक्त बैठकले सातै प्रदेशमा नेताहरुको जिम्मेवारी तोकेको छ । बैठकले कोशी प्रदेशमा निशा डाँगी, मधेश प्रदेशमा डा. चन्दा कार्की, बागमतिमा शिशिर खनाल, गण्डकी विन्दवासिनी कांसकार, लुम्बिनी कुसुम महर्जन, कर्णाली लिमा अधिकारी र सुदुरपश्चिम विष्णु कुमार श्रेष्ठलाई जिम्मेवारी दिएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवार चयन गर्न केन्द्रीय निर्वाचन संयोजन समितिले प्रारम्भिक निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ । 

आगामी मंसिर १६ मंसिरमा देशभरका ४४ पदका लागि स्थानीय तहमा उपनिर्वाचन हुँदैछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कस–कसले गर्दैछन् अस्थिरता मच्चाउने खेती ?

कस–कसले गर्दैछन् अस्थिरता मच्चाउने खेती ?

अचेल हरेक दिनजसो सरकारको भविष्यलाई जोडेर समाचार आउँछन् । ती समाचारका हेडलाइन्स हुन्छन्– प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि लामिछानेबीच खटपट । सरकारको कामकारबाहीप्रति रास्वपा सभापति रवि लामिछाने...
मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने

मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने

सभापति लामिछानेले रास्वपाभित्र प्रश्न गर्ने र कमजोरीबारे छलफल गर्ने परिपाटी रहेको बताउँदै त्यसैलाई सम्बोधन गर्न सांसद र मन्त्रीबीच छलफल गरिएको स्पष्ट पारे ।
प्रधानमन्त्री बालेनसँग मन्त्रीहरुले गरे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री बालेनसँग मन्त्रीहरुले गरे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीले मन्त्रीहरुसँग सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरेका हुन् ।
पार्टी नेतृत्व र प्रधानमन्त्रीका बीचमा असमझदारी छैनः रवि लामिछाने

पार्टी नेतृत्व र प्रधानमन्त्रीका बीचमा असमझदारी छैनः रवि लामिछाने

पार्टी नेतृत्व र प्रधानमन्त्रीका बीचमा कुनै असमझदारी छैन’ सभापति लामिछानेको भनाइ उद्धृत गर्दै रास्वपा सचेतक क्रान्तिशिखा धितालले भनिन् ‘जे हल्ला चलाइएको छ, त्यसमा कुनै सत्यता छैन।’