नेभिगेशन
सबै कुरा

स्थानीय तह उपनिर्वाचनमा उम्मेदवार छान्न रास्वपाले तोक्यो प्रारम्भिक निर्वाचनको मिति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह उपनिर्वाचन, २०८१ प्रारम्भिक निर्वाचनको मिति तोकेको छ । केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको सभापतित्वमा बुधबार बसेको बैठकले प्रारम्भिक निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त कार्यतालिका अनुसार उम्मेदवारी दर्ताका लागि २०८१ कात्तिक २२ देखि २५ गते, दिउँसो २ः०० बजे सम्मको समय तोकिएको छ । २०८१ कात्तिक २५ गते, साँझ ८ः०० बजे सम्म प्रारम्भिक उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने तथा २०८१ कात्तिक २८ गते, साँझ ७ः०० बजे सम्म मतदान हुने बताइएको छ । जसको नतिजा २०८१ कात्तिक २९ गते, दिउँसो १ः०० बजे पार्टीले जनाएको छ । 

Extreme Energy

पार्टीले  प्रारम्भिक निर्वाचनमा उम्मेदवारीका लागि आवेदन दिन गुगल फाराम सार्वजनिक गरेको छ भने निर्वाचन परिचालन समितिमा उपलब्ध आवेदन फारम भरेर पनि उम्मेदवारी दिन सकिने बताएको छ । 

त्यस्तै उक्त बैठकले सातै प्रदेशमा नेताहरुको जिम्मेवारी तोकेको छ । बैठकले कोशी प्रदेशमा निशा डाँगी, मधेश प्रदेशमा डा. चन्दा कार्की, बागमतिमा शिशिर खनाल, गण्डकी विन्दवासिनी कांसकार, लुम्बिनी कुसुम महर्जन, कर्णाली लिमा अधिकारी र सुदुरपश्चिम विष्णु कुमार श्रेष्ठलाई जिम्मेवारी दिएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवार चयन गर्न केन्द्रीय निर्वाचन संयोजन समितिले प्रारम्भिक निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ । 

आगामी मंसिर १६ मंसिरमा देशभरका ४४ पदका लागि स्थानीय तहमा उपनिर्वाचन हुँदैछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...