नेभिगेशन
सबै कुरा

पूर्वप्रशासकहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्त गर्न नहुने सांसहरुको धारणा

काठमाडौँ । सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्वप्रशासकहरुलाई नियुक्त गर्न नहुने धारणा राखेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उनीहरुले लामो समय निजामती क्षेत्रमा काम गर्ने र अवकाश भएपछि राज्यका अन्य निकायमा नियुक्त गर्ने काम रोक्नुपर्नेमा जोड दिएका हुन् ।

Ncell
Extreme Energy

बैठकमा सांसद माधव सापकोटाले अख्तियारको संरचनामा सुधार गरि लाभको पदमा नबसेका विज्ञलाई जिम्मेवारी दिने व्यवस्था गर्नुपर्ने बताए । जिवनभर अख्तियारको परिचालन गर्ने र उतार्धमा गएपछि अख्तियारमा नियुक्ति खाने काम उचित नभएको उनले बताए । 

त्यस्तै सांसद अर्जुननरसिंह केसीले अख्तियारलाई भागबण्डबाट मुक्त गरि निष्पक्ष रुपमा सिफारिस गर्नुपर्नेमा जोड दिए । अख्तियार निष्पक्ष भएर राज्यको दायित्व लिनेलाईमात्र राम्रोसंग हेर्नुपर्ने र अहिले नै निजी क्षेत्रको दायरामा प्रवेश गर्न नहुने उनले बताए । 

त्यस्तै सांसद अमरेशकुमार सिंहले अख्तियारलाई पूर्वकर्मचारी भर्ति गर्ने ठाँउ बनाए राम्रोसंग काम गर्न नसक्ने जिकिर गरे । उनले निजि क्षेत्रमा अख्तियार प्रवेश गर्न नहुने बताए । नीतिगत रुपमा हुने भ्रष्टाचार पनि अख्तियारको दायरमा आउनुपर्ने उनले बताए । 

उनले भ्रष्टाचारमा मुछिएकाहरुलाई नै अख्तियारमा सरुवा गर्ने प्रवृति उचित नभएको पनि बताए । समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा संशोधनकर्ता लगाएतका सांसदहरुसंग छलफल गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ ।
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

उनले भनेका छन्– ‘देशलाई कुनै न कुनै रूपले अस्थिरता तिर धकेल्न हौवा पिटाउने, षडयन्त्रकारी तत्त्वहरू बेला बेला टाउको उठाउन खोज्ने प्रवृत्ति देखा पर्नु दुर्भाग्यपूर्ण विषय हो । त्यस्ता...