नेभिगेशन
सबै कुरा

जोडिने भयो उद्योगमा काटिएको बिजुली, बिल दिन नसके प्राधिकरणका कर्मचारीलाई कारबाही हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति (बोर्ड)ले उद्योगमा काटिएको बिजुली जोड्ने निर्णय गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज बसेको बोर्ड बैठकले कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय कार्यान्वयन गर्दै काटिएका उद्योगमा तत्काल बिजुली जोड्ने निर्णय गरेको बोर्डका अध्यक्ष एवम् ऊर्जामन्त्री दीपक खड्काले जानकारी दिए । 

Extreme Energy

मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनको महसुललाई लिएर उद्योगमा काटिएको बिजुली २४ घण्टाभित्र जोड्ने निर्णय गरेको थियो । “१५ दिनभित्र टाइम अफ डे (टिओडी) मिटरका आधारमा बक्यौता असुलउपर गर्ने मन्त्रिपरिषद्को निर्णयलाई कार्यान्वयन गरेर अगाडि बढ्ने निर्णय भएको छ,” मन्त्री खड्काले भने । 

उनले प्राधिकरणले विद्युत् प्रयोग गरेवापत बिल दिनुपर्ने र व्यवसायीले सोअनुसार रकम तिर्नुपर्ने बताए। “बिल दिन सकेन भने प्राधिकरणका कर्मचारीमाथि कारबाही हुन्छ, तिर्नुपर्ने पैसा तिरेन भने व्यवसायीमाथि कारबाही हुन्छ,” मन्त्री खड्काको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

मानिसका सम्पूर्ण दैनिक आवश्यकताको सारथि बन्ने उद्देश्यले ‘डेली सेवा’ नामक स्वचालित डिजिटल सर्भिस मार्केट–प्लेस सञ्चालनमा आएको छ ।
गुप्ताको दाबी- प्रतिष्ठानमा रहँदा कुनै गल्ती गरेको छैन

गुप्ताको दाबी- प्रतिष्ठानमा रहँदा कुनै गल्ती गरेको छैन

सिधाकुरामा असोज १४ गते बुधबार 'सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रष्ठिानको कार्यकारी निर्देशकमा सिफारिस शीर्षक'मा प्रकाशित समाचारको खण्डन गर्दै उक्त समाचार सामग्रीमा आफ्नो ध्यानाकर्षण...
सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

एउटै परिवारका श्रीमान्–श्रीमतीलाई फरक फरक स्टार्टप कर्जा दिएर छानबिनमा तानिएका तत्कालीन कार्यकारी निर्देशक उमेशकुमार गुप्तालाई नै फेरि १ नम्बरमा सिफारिस गरेपछि प्रक्रिया नै विवादित बनेको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

नयाँ दिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (CII) द्वारा आयोजित व्यापार तथा लगानी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. वाग्लेले उक्त कुरा बताएका हुन् । कार्यक्रममा भारतीय...

भर्खरै