नेभिगेशन
सबै कुरा

रविलाई पुनः म्याद थप गरे अनशन बस्ने चेतावनी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले रवि लामिछानेलाई सरकारले पुनः म्याद थपेर हिरासतमा राख्ने प्रपञ्ज गरे आफुहरु अनशनमा बस्ने चेतावनी दिएका छन् । उनीहरुले बुधबार बृहत र्यालीसहित नगर परिक्रमा गरेर पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालयमा उक्त ज्ञापनपत्र पठाएको हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाका पर्सा जिल्ला सभापति हरि पन्तको नेतृत्वमा निकालिएको र्यालीमा सांकेतिक रुपमा रवि लामिछानेलाई निर्दोष हुँदाहुँदै पनि हत्कडी लगाएको प्रतीक बनाएर बजार परिक्रमा गराइएको थियो । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको फोटोको समेत मुखुण्डो बनाएर विरोध प्रदर्शन गरेका थिए । त्यस्तै आजको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा केही समय तनाब र घम्साघम्सी समेत भएको थियो ।   

Extreme Energy

सो विरोध कार्यक्रम जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर घण्टा घरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा रास्वपा पर्साका केन्द्रिय सदस्य डा नन्दन यादब , प्रदेश सदस्य पुरुषोत्तम उपाध्याय , क्षेत्रीय सभापतिहरु जितेन्द्र मिश्र, फैयाद मिया, पालिका सभापति चन्दन गुप्ता लगायतले मन्तव्य राखेका थिए ।  

जुलुस र कार्यक्रममा अत्यन्तै उत्साहजनक उपस्तिथि रहेको र रवि लामिछाने अझ पनि हिरासतमा राखिरहे देश रविमय र रास्वपामय बन्ने जिल्ला सभापति हरि पन्तले बताए ।  उनले भने ‘अब देश र जनताले  रवि निर्दोष भएको छर्लङ्ग बुझिसकेकाले नै जनता रविको पक्षमा उर्लिएको छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भूमि समस्या समाधान गर्न मन्त्री प्रतिभा रावल चितवनमा

भूमि समस्या समाधान गर्न मन्त्री प्रतिभा रावल चितवनमा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल चितवन पुगेकी छिन् ।
संघीय निजामती अध्यादेश ल्याउँदै सरकार, कुन कुन ओहोदाका कर्मचारी घर जाँदैछन् ?

संघीय निजामती अध्यादेश ल्याउँदै सरकार, कुन कुन ओहोदाका कर्मचारी घर जाँदैछन् ?

सरकारले संघीय निजामती अध्यादेश ल्याउने तयारी गरेको छ ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषको विभिन्न बैङ्कका खातामा आज बिहान ९ः०० बजेसम्म मौज्दात रकम रु १८ अर्ब नौ करोड ३२ लाख ३६ हजार ८५२ पुगेको छ ।
श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेरा जनकपुर बोल्ट्समा अनुबन्ध

श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेरा जनकपुर बोल्ट्समा अनुबन्ध

जनकपुरले सामाजिक सञ्जालमा परेरालाई स्वागत गर्दै लेखेको छ, ‘‘निर्भीक शैलीमा ब्याटिङ गर्ने र महत्वपूर्ण क्षणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी कुशल परेरा एनपिएलको तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा आबद्ध...