नेभिगेशन
सबै कुरा

रविलाई पुनः म्याद थप गरे अनशन बस्ने चेतावनी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले रवि लामिछानेलाई सरकारले पुनः म्याद थपेर हिरासतमा राख्ने प्रपञ्ज गरे आफुहरु अनशनमा बस्ने चेतावनी दिएका छन् । उनीहरुले बुधबार बृहत र्यालीसहित नगर परिक्रमा गरेर पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालयमा उक्त ज्ञापनपत्र पठाएको हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाका पर्सा जिल्ला सभापति हरि पन्तको नेतृत्वमा निकालिएको र्यालीमा सांकेतिक रुपमा रवि लामिछानेलाई निर्दोष हुँदाहुँदै पनि हत्कडी लगाएको प्रतीक बनाएर बजार परिक्रमा गराइएको थियो । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको फोटोको समेत मुखुण्डो बनाएर विरोध प्रदर्शन गरेका थिए । त्यस्तै आजको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा केही समय तनाब र घम्साघम्सी समेत भएको थियो ।   

Ncell
Extreme Energy

सो विरोध कार्यक्रम जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर घण्टा घरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा रास्वपा पर्साका केन्द्रिय सदस्य डा नन्दन यादब , प्रदेश सदस्य पुरुषोत्तम उपाध्याय , क्षेत्रीय सभापतिहरु जितेन्द्र मिश्र, फैयाद मिया, पालिका सभापति चन्दन गुप्ता लगायतले मन्तव्य राखेका थिए ।  

जुलुस र कार्यक्रममा अत्यन्तै उत्साहजनक उपस्तिथि रहेको र रवि लामिछाने अझ पनि हिरासतमा राखिरहे देश रविमय र रास्वपामय बन्ने जिल्ला सभापति हरि पन्तले बताए ।  उनले भने ‘अब देश र जनताले  रवि निर्दोष भएको छर्लङ्ग बुझिसकेकाले नै जनता रविको पक्षमा उर्लिएको छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि खैरी चेकपोस्टसम्म सवारीसाधनलाई दिइँदै आएको ‘टाइम कार्ड’को समय घटाइएको छ ।
टोखा–छहरे सडक राति बन्द हुने

टोखा–छहरे सडक राति बन्द हुने

वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम बढेपछि नुवाकोट जिल्ला प्रशासनले टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ ।
आजको मौसम : पाँच प्रदेशमा भारी वर्षा र तराईमा हुरीबतासको सम्भावना

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षा र तराईमा हुरीबतासको सम्भावना

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई  र मधेस प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ ।
फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

यात्रुले सास्ती भोगिरहने र वायुसेवा कम्पनीले कुनै दायित्व नलिने यस्तो अवस्थाको अन्त्य गर्न सरकारले नयाँ कानुन प्रस्ताव गरेको छ । सरकारले खासगरी आन्तरिक वायुसेवा कम्पनीलाई यात्रुप्रति जवाफदेही बनाउन...