नेभिगेशन
सबै कुरा

त्रियुगा–१२ र बेलका–९ को उपनिर्वाचनमा पाँच राजनीतिक दलद्वारा उम्मेदवार सार्वजनिक

उदयपुर । आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा रिक्त २ वडाध्यक्ष पदका लागि पाँच राजनीतिक दलले उम्मेदवारको नाम सार्वजनिक गरेका छन् । त्रियुगा नगरपालिका– १२ र बेलका नगरपालिका– ९ को रिक्त वडाध्यक्ष पदका लागि ती दलले उम्मेदवारको नाम सार्वजनिक गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रियुगा नगरपालिका–१२ को वडाध्यक्षमा नेपाली कांग्रेसले सञ्जीव काफ्ले, नेपाल कम्युनिष्ट पार्टी  (एमाले) का तर्फबाट लक्ष्मी नारायण चौधरी, नेपाल कम्युनिष्ट पार्टी  (माओवादी केन्द्र)ले नविक वान्तावा, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले निर्मला चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीले ध्रुव पोखरेललाई उम्मेदवार बनाएको छ ।  

Ncell
Extreme Energy

यसैगरी, बेलका नगरपालिका– ९ को वडाध्यक्षमा कांग्रेसले नवराज बस्नेत, एमालेले मनोज खड्का, माओवादी केन्द्रले भरत घिमिरे र रास्वपाले तेजमान विकलाई उम्मेदवार बनाएको छ ।  एकीकृत समाजवादीले दुई दिनभित्रमा उम्मेदवारको नाम घोषणा गर्ने बताएको छ ।

त्रियुगा नगरपालिका–१२ मा तीन हजार ८०० र बेलका नगरपालिका– ९ मा  तीन हजार ४०० मतदाता रहेका  जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि खैरी चेकपोस्टसम्म सवारीसाधनलाई दिइँदै आएको ‘टाइम कार्ड’को समय घटाइएको छ ।
टोखा–छहरे सडक राति बन्द हुने

टोखा–छहरे सडक राति बन्द हुने

वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम बढेपछि नुवाकोट जिल्ला प्रशासनले टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ ।
आजको मौसम : पाँच प्रदेशमा भारी वर्षा र तराईमा हुरीबतासको सम्भावना

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षा र तराईमा हुरीबतासको सम्भावना

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई  र मधेस प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ ।
फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

यात्रुले सास्ती भोगिरहने र वायुसेवा कम्पनीले कुनै दायित्व नलिने यस्तो अवस्थाको अन्त्य गर्न सरकारले नयाँ कानुन प्रस्ताव गरेको छ । सरकारले खासगरी आन्तरिक वायुसेवा कम्पनीलाई यात्रुप्रति जवाफदेही बनाउन...