नेभिगेशन
सबै कुरा

त्रियुगा–१२ र बेलका–९ को उपनिर्वाचनमा पाँच राजनीतिक दलद्वारा उम्मेदवार सार्वजनिक

उदयपुर । आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा रिक्त २ वडाध्यक्ष पदका लागि पाँच राजनीतिक दलले उम्मेदवारको नाम सार्वजनिक गरेका छन् । त्रियुगा नगरपालिका– १२ र बेलका नगरपालिका– ९ को रिक्त वडाध्यक्ष पदका लागि ती दलले उम्मेदवारको नाम सार्वजनिक गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रियुगा नगरपालिका–१२ को वडाध्यक्षमा नेपाली कांग्रेसले सञ्जीव काफ्ले, नेपाल कम्युनिष्ट पार्टी  (एमाले) का तर्फबाट लक्ष्मी नारायण चौधरी, नेपाल कम्युनिष्ट पार्टी  (माओवादी केन्द्र)ले नविक वान्तावा, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले निर्मला चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीले ध्रुव पोखरेललाई उम्मेदवार बनाएको छ ।  

Extreme Energy

यसैगरी, बेलका नगरपालिका– ९ को वडाध्यक्षमा कांग्रेसले नवराज बस्नेत, एमालेले मनोज खड्का, माओवादी केन्द्रले भरत घिमिरे र रास्वपाले तेजमान विकलाई उम्मेदवार बनाएको छ ।  एकीकृत समाजवादीले दुई दिनभित्रमा उम्मेदवारको नाम घोषणा गर्ने बताएको छ ।

त्रियुगा नगरपालिका–१२ मा तीन हजार ८०० र बेलका नगरपालिका– ९ मा  तीन हजार ४०० मतदाता रहेका  जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भूमि समस्या समाधान गर्न मन्त्री प्रतिभा रावल चितवनमा

भूमि समस्या समाधान गर्न मन्त्री प्रतिभा रावल चितवनमा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल चितवन पुगेकी छिन् ।
संघीय निजामती अध्यादेश ल्याउँदै सरकार, कुन कुन ओहोदाका कर्मचारी घर जाँदैछन् ?

संघीय निजामती अध्यादेश ल्याउँदै सरकार, कुन कुन ओहोदाका कर्मचारी घर जाँदैछन् ?

सरकारले संघीय निजामती अध्यादेश ल्याउने तयारी गरेको छ ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषको विभिन्न बैङ्कका खातामा आज बिहान ९ः०० बजेसम्म मौज्दात रकम रु १८ अर्ब नौ करोड ३२ लाख ३६ हजार ८५२ पुगेको छ ।
श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेरा जनकपुर बोल्ट्समा अनुबन्ध

श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेरा जनकपुर बोल्ट्समा अनुबन्ध

जनकपुरले सामाजिक सञ्जालमा परेरालाई स्वागत गर्दै लेखेको छ, ‘‘निर्भीक शैलीमा ब्याटिङ गर्ने र महत्वपूर्ण क्षणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी कुशल परेरा एनपिएलको तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा आबद्ध...