नेभिगेशन
सबै कुरा

अन्तर्राष्ट्रिय हवाइ टिकटमा इसेवाको लापरवाही : यात्रुलाई जानकारी नदिई टिकट क्यान्सिल, पैसा फिर्ता माग्दा उल्टै धम्की(भिडियो)

काठमाडाैँ । मोरङका गोपाल भण्डारीले रोजगारीका लागि युएई जानका लागि अक्टोबर २१ अर्थात कात्तिक ५ गते इसेवाबाट टिकट काटे । ५५ हजार रुपैयाँ तिरेर उनले नोभेम्बर ७ अर्थात कात्तिक २२ गतेका लागि टिकट लिएका थिए । उनी सोही अनुसार मोरङबाट साइत गरेर काठमाडौँ आए । साँझ ५ः४५ बजेको उडानका लागि उनी दिउँसो ३ बजे अघि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

उनलाई इसेवाले इन्डिगो एयरलाइन्सको उडान नम्बर 6E - 1158 भएको टिकट जारी गरेको थियो । सोहीअनुसार बोर्डिङ्का लागि उनी इन्डिगो एयरको काउण्टरमा पुगे । काउण्टरका कर्मचारीले उनको टिकट चेक गरे । तर इन्डिगो एयरका कर्मचारीले गोपालको टिकट उनले बुक गरेको दोस्रो दिन अर्थात नोभेम्बर ८ मै क्यान्सिल भइ इसेवालाई नै पैसा फिर्ता भइसकेको बताए । 

त्यसपछि उनले इसेवामा कल गरे । इसेवाले टिकेटिङका लागि इसेवा ट्राभल्स एण्ड टुर नामक कम्पनी खडा गरेको छ । इसेवाका कर्मचारीले बल्लमात्रै गोपालको टिकट बुक भएको दोस्रो दिननै क्यान्सिल भएको बताए । बरु इन्डिगोले म्यासेज नपठाएको, इन्डिगोको कमजोरी भएको देखाउँदै आफ्नो कमजोरी ढाकछोप गर्न खोजे । 

त्यसपछि आफूहरूले मिलाउने भन्दै केही समय विमानस्थलमै बस्न लगाए । साँझ ७ बजेसम्म विमानस्थलमा बस्दा पनि उनलाई इसेवाले त्यस दिनको टिकट व्यवस्थापन गर्न सकेन । बरु उनलाई झापासम्म गएर झापाबाट भारतको बाटो हुँदै जाने उपाय सुझायो । मोरङबाट काठमाडौँ आएका भण्डारीले फेरी झापा पुगेर भारतको बाटो हुँदै आबुधाबी जान सहज थिएन । त्यसैले उनले काठमाडौँबाटै टिकट व्यवस्थापन गर्न माग गरे ।

 पहिले त उनलाई एउटा टिकट होल्डमा राखिएको र रातिसम्म उपलब्ध हुने भनिएको थियो । तर पछि उक्त टिकट नोभेम्बर ११ को मात्रै भएको बताए । त्यसमा पनि ३० हजार रुपैयाँ थप्नुपर्ने भन्न थाले । 

इसेवाका कर्मचारीले व्यवस्थापनले नै ५० प्रतिशत रकम थप गर्न लगाउन निर्देशन दिएकाले यात्रुले पैसा थप नगरे पुरानो पैसा फिर्ता गरिदिने धम्की दिन थाले । 

यात्रुले आफूले अन्य प्रक्रियामा जाने भनेपछि भने इसेवाले नोभेम्बर ११ अर्थात कात्तिक २६ गतेको टिकट बनाइदियो । अहिले भने गोपाल भण्डारी युएई पुगिसकेका छन् । इसेवाको लापरवाहीले आफूले भोगेको सास्ती अरुले नभोगुन्  भनेर उनले सिधाकुरालाई भिडियो रेकर्ड गरेर पठाएका छन् । 

भण्डारीको टिकटका विषयमा इसेवासँग जवाफ माग्न हामीले भण्डारीलाई दिइएको टिकटमा उल्लेख गरिएको इसेवा ट्राभल्स् एण्ड टुरको नम्बरमा फोन गर्यौँ । 

उक्त नम्बर इसेवाकै रहेछ । हामीले टिकट सम्बन्धी बुझ्नुपर्ने भएकाले सम्बन्धित व्यक्ति वा विभागमा सम्पर्क गराउन भन्यौँ । तर इसेवाका प्रतिनिधिले इसेवामा हाम्रो युजर नम्बर मागे । हामीले समाचार प्रयोजनका लागि भएकाले हामीले व्यक्तिगत युजर नम्बर दिन नसकिने भनेपछि आफूहरूले सहयोग गर्न नसक्ने बताए । 

इसेवाबाट आफू फसेपछि भण्डारीले इसेवाबाट टिकट खरिद गर्दा सचेत रहन समेत आग्रह गरेका छन् । 

विस्तृत भिडियाेमा :


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

प्रहरीका अनुसार गएराति निज शौकत अस्वाभाविक रूपमा हिँडडूल गरिरहेको देखिएपछि शङ्का लागेर जाँच गर्दा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइ राखेको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।
कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प कटारीका प्रहरी निरीक्षक गोविन्द पौडेलका अनुसार चुरे जंगलमा पैदल हिँडिरहेका गाँजा तस्करहरूले सुरक्षाकर्मीलाई देखेपछि गाँजाको पोका छाडेर जंगलतर्फ भागेका थिए।
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...