नेभिगेशन
सबै कुरा

एकैदिन ताेलामा करिब १६ हजारले घट्याे सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १५ हजार ९०० रुपैयाँले घटेको हो । 

यसअघि ५ दिनसम्म निरन्तर बढेको सुनको मूल्यमा भारी गिरावट आएको हो । महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यो मूल्य आइतबार १ लाख ६७ हजार २०० रुपैयाँ कायम थियो ।

City Express

मंसिर ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले सुन र चाँदीमा लाग्दै आएको भन्सार दर घटाउने निर्णय गरेसँगै सुनको मूल्यमा उच्च गिरावट आएको हो । मन्त्रिपरिषद्को सो बैठकले यसअघि २० प्रतिशत रहेको सुनको भन्सार दर र १५ प्रतिशत रहेको चाँदीको भन्सार दर १० प्रतिशत कायम गराउने निर्णय गरेको थियो । उक्त निर्णय आजदेखि कार्यान्वयनमा आएको हो ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १८४५ रुपैयाँ तय गरेको छ । आइतबार सो मूल्य प्रतितोला १९४० रुपैयाँ कायम थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै दुई लाख १७ हजार एक सय

सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै दुई लाख १७ हजार एक सय

सोमबार प्रतितोला रु दुई लाख १५ हजार २०० मा कारोबार भएको सुन मंगलबार तोलामा रु एक हजार ९०० बढेर रु दुई लाख १७ हजार १०० पुगेको नेपाल सुनचाँदी...
आजबाट चाडपर्व लक्षित सहुलियत पसल सुरु

आजबाट चाडपर्व लक्षित सहुलियत पसल सुरु

अहिले थापाथलीस्थित प्रादेशिक कार्यालयबाट ५१ प्रकारको खाद्यान्न बिक्रीमा राखिएको प्रमुख धर्मकुमारी राजवंशीले जानकारी दिइन् । यस वर्ष मसलाजन्य वस्तुहरू समेत बिक्रीमा राखिएको उनले जानकारी दिइन् । चामल, गहुँ,...
प्रतितोला २ लाख १५ हजार १०० मा कारोबार हुँदै सुन

प्रतितोला २ लाख १५ हजार १०० मा कारोबार हुँदै सुन

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख १५ हजार १०० र प्रतितोला चाँदीको मोल रु दुई हजार ५७० कायम भएको छ ।
हिजो किर्तिमान बनाएको सुनको मूल्य आज स्थिर

हिजो किर्तिमान बनाएको सुनको मूल्य आज स्थिर

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन ।