नेभिगेशन
सबै कुरा

एकैदिन ताेलामा करिब १६ हजारले घट्याे सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १५ हजार ९०० रुपैयाँले घटेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि ५ दिनसम्म निरन्तर बढेको सुनको मूल्यमा भारी गिरावट आएको हो । महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यो मूल्य आइतबार १ लाख ६७ हजार २०० रुपैयाँ कायम थियो ।

Ncell
Extreme Energy

मंसिर ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले सुन र चाँदीमा लाग्दै आएको भन्सार दर घटाउने निर्णय गरेसँगै सुनको मूल्यमा उच्च गिरावट आएको हो । मन्त्रिपरिषद्को सो बैठकले यसअघि २० प्रतिशत रहेको सुनको भन्सार दर र १५ प्रतिशत रहेको चाँदीको भन्सार दर १० प्रतिशत कायम गराउने निर्णय गरेको थियो । उक्त निर्णय आजदेखि कार्यान्वयनमा आएको हो ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १८४५ रुपैयाँ तय गरेको छ । आइतबार सो मूल्य प्रतितोला १९४० रुपैयाँ कायम थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दुई दिनमा सुनको भाउ ८ हजार ८ सय रुपैयाँ घट्यो

दुई दिनमा सुनको भाउ ८ हजार ८ सय रुपैयाँ घट्यो

सुनको भाउ लगातार दोस्रो दिन घटेको छ। मंगलबार मात्रै सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको हो।
‘हामीलाई पाल्ने र बचाउने नै अलैँची हो’

‘हामीलाई पाल्ने र बचाउने नै अलैँची हो’

पाँचथरको सुदूर उत्तरी याङवरक गाउँपालिका–१ ठिङ्गेपुरका सुकबहादुर बेघाको घरको आँगनसम्मै अलैँचीखेती छ। घुर्‍यानसम्मै अलैँची लगाएका उनले पछिल्ला वर्षमा धान र मकैखेती गर्न छाडेका छन्।
चाडपर्व लक्षित होण्डाले ल्यायो ‘FESTIVE OFFER HONDA को सफर’, नयाँ कार किन्दा १० लाखसम्म आकर्षक छुट

चाडपर्व लक्षित होण्डाले ल्यायो ‘FESTIVE OFFER HONDA को सफर’, नयाँ कार किन्दा १० लाखसम्म आकर्षक छुट

त्यसैगरी, पुरानो गाडी साटेर नयाँ होण्डा कार लिन चाहने ग्राहकहरुका लागि सजिलो तथा अन-द-स्पट एक्सचेन्ज सुविधाका साथै आकर्षक एक्सचेन्ज बोनसको समेत व्यवस्था यस योजनामा गरिएको छ । नयाँ...
प्रतितोला ३ हजार २०० घट्यो सुनको मूल्य

प्रतितोला ३ हजार २०० घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार १०० र चाँदीको  रु चार हजार ६५० कायम भएको छ ।