नेभिगेशन
सबै कुरा

विद्युत महशुल नतिर्ने ३४ उद्योगका मालिकको घरको पनि लाइन काट्न प्रस्ताव

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा  ट्रंकलाइन बापतको विद्युत महशुल नतिर्ने उद्योगीको घरको समेत लाइन काट्ने प्रस्ताव गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बक्यौता नतिर्ने उद्योगहरूको लाइन नकाटी अन्य उपाय अवलम्बन गर्न विद्युत नियमन आयोगले सुझाए पछि प्राधिकरणले यस्तो कदम चाल्न लागेको हो । 

Ncell
Extreme Energy

प्राधिकरणले आयोगलाई एक पत्र लेख्दै बुधबार यस्तो प्रस्ताव गरेको हो । ‘विद्युत वितरण नियमावली २०७८ को विनियम ३१ को उपविनियम १ र ३ मा भएको व्यवस्था बमोजिम महशुल नतिर्ने उपभेक्ताका सञ्चालकको आवासको समेत लाइन काटी बक्यौता महसुल असुल गर्नु पर्ने’ पत्रमा भनिएको छ । 

बुधबार मात्रै प्राधिकरणले त्यस्ता ३४ वटा उद्योगहरूको बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैँकलाई लेखिपठाएको छ । यस्तै, ति कम्पनीहरूको शेयर कारोबार रोक्का राख्न  कम्पनी रजिष्ट्रार कार्यालय र प्राथमिक निस्कासन रोक्न धितोपत्र बोर्डमा प्राधिकरणले लेखि पठाएको छ । 

विद्युत प्रयोगको बक्यौता उठान प्राधिकरणलाई सरकारले असहयोग गरिरहेको छ ।उपभोक्तालाई चर्को लोडसेडिङमा राखेर ३४ उद्योगले बालेको बिजुलीको ६ अर्ब ४० करोड ९२ लाख ४० हजार ७०१ रुपैयाँ महशुल बापत प्राधिकरणले उठाउनु पर्नेछ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ ।
बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

रसुवा भोटेकोशी  बाढी प्रभावितका लागि पद्म ज्योति समूहले एक करोड रुपैयाँ सहयोग गरेको छ ।
चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपालबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यका लागि समझदारी भएको छ।