नेभिगेशन
सबै कुरा

सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचारः विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद

काठमाडौँ । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई जनही आठवर्ष कैद र रु तीन करोड  ४२ लाख २२ हजार आठसय बिगो र सोही बराबर जरिवाना निर्धारण गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशद्वय खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले आज अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पौडेल र श्रेष्ठलाई उक्त सजाय निर्धारण भएको हो ।

Ncell
Extreme Energy

अदालतले पौडेल र श्रेष्ठलाई गत कात्तिक १४ गते दोषी ठहर गरेको थियो । अन्तःशुल्क स्टिकर छपाइको भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन मुख्यसचिव वैकुण्ठ अर्यालसहितलाई सफाइ दिने निर्णय सुनाएको थियो । उक्त मुद्दामा विशेषले पौडेल र श्रेष्ठलाई दोषी ठहर गरेको थियो ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते १२ जनाविरुद्ध मुद्दा दायर गरेको मुद्दामा अन्तःशुल्क स्टिकर खरिदमा अनियमितता गरेको कसुरमा रु ३८ करोड ६७ लाख १७ हजार छसय ४० बिगो असुल गर्न माग दाबी गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

प्रहरीका अनुसार गएराति निज शौकत अस्वाभाविक रूपमा हिँडडूल गरिरहेको देखिएपछि शङ्का लागेर जाँच गर्दा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइ राखेको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।
कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प कटारीका प्रहरी निरीक्षक गोविन्द पौडेलका अनुसार चुरे जंगलमा पैदल हिँडिरहेका गाँजा तस्करहरूले सुरक्षाकर्मीलाई देखेपछि गाँजाको पोका छाडेर जंगलतर्फ भागेका थिए।
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...