नेभिगेशन
सबै कुरा

स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु प्रकरणमा दुई जना पक्राउ

सिरहा । स्कोरपियोको ठक्करबाट सिरहामा सशस्त्र प्रहरी नायब निरीक्षक (सई) को मृत्यु प्रकरणमा दुई जनालाई पक्राउ गरिएको छ । अनुसन्धानका क्रममा सोधपुछका लागि दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरूलाई आइतबार नियन्त्रणमा लिई आवश्यक बयान लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।  घट्नामा प्रयोग भएको गाडी र सङ्लग्न व्यक्तिको पनि पहिचान भइसकेको पनि प्रहरी उपरीक्षक पण्डितले बताए ।

Ncell
Extreme Energy

नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट नेपाल–भारत सीमा नजिकै बडियारपट्टी–१ कचनारीको भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको आइतबार बिहान मृत्यु भएको थियो । ठक्कर दिएर उक्त स्कोरपियो भारततर्फ फरार भएको थियो । 

मृतक यादवको लहानस्थित प्रादेशिक अस्पतालमा शव परीक्षण गरी आइतबार साँझ नरहा गाउँपालिका ४ स्थित घरमा ल्याएर अन्त्येष्टि गरिएको थियो । यसअघि अवैध मदिरा ओसारपसार गरिरहेको गाडीलाई रोक्न खोज्दा योजनाबद्ध रूपले किचेर हत्या गरेको आरोप लगाउँदै आफन्तसहित स्थानीय बासिन्दाले पूर्व–पश्चिम सडकको लहानखण्ड अवरुद्ध गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मनसुन सक्रियः यी ठाउँमा आज भारी वर्षा हुने, तराईमा हावाहुरीको सम्भावना

मनसुन सक्रियः यी ठाउँमा आज भारी वर्षा हुने, तराईमा हावाहुरीको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ ।
रास्वपाले घोषणा गर्‍यो क्यान्डिडेट क्लब, फागुन २१ को चुनावका उम्मेदवारले आवेदन दिनै नपाउने

रास्वपाले घोषणा गर्‍यो क्यान्डिडेट क्लब, फागुन २१ को चुनावका उम्मेदवारले आवेदन दिनै नपाउने

आगामी वैशाख अर्थात २०८४ वैशाखमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका गरी ७५३ पालिका र ६ हजार ७४३ वडामा चुनाव हुँदैछ । रास्वपाले यी पालिकाका ३५...
किशोर श्रेष्ठविरुद्ध उपसभामुख रुवी कुमारीले दिइन् जाहेरी

किशोर श्रेष्ठविरुद्ध उपसभामुख रुवी कुमारीले दिइन् जाहेरी

जाहेरीमा उपसभामुख ठाकुरले किशोर श्रेष्ठ सम्पादक तथा सञ्चालक रहेको सामाजिक सञ्जाल फेसबुक पेज जनआस्थामा आफ्नो मर्यादा र संवैधानिक ओजलाई धमिल्याउने तथा व्यक्तिगत चरित्र र प्रतिष्ठामा गम्भीर र अपूरणीय...
करदाता प्रोत्साहन पुरस्कारः पहिलो बम्पर उपहार विजेता जोशी र एक लाख विजेता अर्याललाई अर्थमन्त्रीद्वारा पुरस्कार रकम हस्तान्तरण

करदाता प्रोत्साहन पुरस्कारः पहिलो बम्पर उपहार विजेता जोशी र एक लाख विजेता अर्याललाई अर्थमन्त्रीद्वारा पुरस्कार रकम हस्तान्तरण

साउनको पहिलो पाक्षिकको १० लाख रुपैयाँको बम्पर उपहार धनगढीका हेमराज जोशीले जितेका थिए । २५० रुपैयाँको बिजुलीको बल्ब किन्दा उनलाई १० लाख राशिको उपहार परेको थियो ।