नेभिगेशन
सबै कुरा

लिच्छविकालीन हाँडीगाउँलाई जीवन्त सांस्कृतिक सहरका रूपमा विकास गर्दै काठमाडाैँ महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बीचभागमा रहेको लिच्छविकालीन हाँडीगाउँ क्षेत्रलाई जीवन्त सांस्कृतिक सहरका रूपमा विकास गर्न लागिएको छ । काठमाडौँ महानगरपालिका–५ मा पर्ने यो बस्ती लिच्छविकालीन सहर भए पनि आधुनिक विकासका कारण यहाँका मूर्त, अमूर्त सम्पदाको अस्तित्व सङ्कटमा पर्दै जान थालेका थिए । प्राचीनकालदेखि नै महत्वपूर्ण सम्पदा रहेकामा आधुनिक विकासका छायामा पर्न थालेका यी संरचना महानगरपालिकाको सक्रियतामा फेरि जीवन्त बनाउन लागिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हाल मुख्य सम्पदा क्षेत्रमा प्रत्येक हप्ताको शनिबार एक दिन सवारीसाधन निषेध गर्ने गरिएको छ । महानगरपालिका—५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिले सम्पदा क्षेत्रमा पैदलयात्रा गर्न सहज होस् भनी महानगरपालिकाकै सक्रियतामा यस्तो व्यवस्था गरिएको बताए। यहाँ मुख्य सम्पदा क्षेत्रका रूपमा रहेका थटुटोल मार्ग, डटुटोल, कोटालटोल, गहनापोखरी र ङयाल्माटोल क्षेत्रमा शनिबार सवारीसाधन निषेध गर्ने गरिएको उनले सुनाए । 

Ncell
Extreme Energy

महानगर परिषद्ले हाँडीगाउँको मुख्य क्षेत्रमा बढीमा ५० फिटभन्दा अग्ला घर बनाउन नपाउने निर्णय पनि गरेको छ । यस क्षेत्रका घरको अगाडिको भाग मौलिक संस्कृति झल्कने गरी बनाउनुपर्ने व्यवस्था पनि गरिएको छ । 

यसरी मौलिक घर बनाउँदा नक्शा पासको ९० प्रतिशत शुल्क छुट गरिएको छ । मौलिक रूपमा निर्माण हुने घरलाई नक्शा पासमा छुटका साथै चार वर्ग छुट्याएर रु आठ लाखदेखि रु ३२ लाखसम्म अनुदान दिने व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ । मुख्य सम्पदा क्षेत्रमा पर्ने ६४ घरलाई मौलिक स्वरूपमा निर्माण गर्न लागिएको छ । यहाँका पाँच वटा ढुङ्गेधारालाई व्यवस्थित बनाइँदै छ । प्राचीनकालमा यहाँ स्थापना भएर आधुनिकतासँगै पुरिएका तीन वटा इनार उत्खनन् गरिएका छन् । लुकमाचोकको इनार, तुँछेँ र हात्तीमहाँकाल मार्गका गरी तीन इनार उत्खनन् गरिएका हुन् । 

हाँडीगाउँ क्षेत्रका पुराना फल्चाको स्वरूपलाई आकर्षक बनाइँदै छ । प्रत्येक हप्ता शनिबार सवारी निषेध, सांस्कृतिक कार्यक्रम, परम्परागत नेवारी खाना प्रदर्शन गरी जीवन्त हाँडीगाउँका रूपमा सांस्कृतिक सहरको परिचय दिने गरी व्यवस्था गरिएको महानगर–५ को कार्यालयले जनाएको छ । 

यहाँको भीमसेनस्थानमा फल्चासहितको पुस्तकालय निर्माणका लागि बोलपत्रको तयारी गरिएको जनाइएको छ । रु दुई करोड ८० लाखको लागतमा सो पुस्तकालय निर्माण गर्न लागिएको हो । दुई महिनाभित्रमा हाँडीगाउँ क्षेत्रका सबै सडक कालोपत्र सकिने गरी काम अघि बढाइएको पनि वडाध्यक्ष प्रजापतिले जानकारी दिए । धनगणेश मन्दिर क्षेत्रको पुनःनिर्माण पनि अन्तिम चरणमा पुगेको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मनसुन सक्रियः यी ठाउँमा आज भारी वर्षा हुने, तराईमा हावाहुरीको सम्भावना

मनसुन सक्रियः यी ठाउँमा आज भारी वर्षा हुने, तराईमा हावाहुरीको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ ।
रास्वपाले घोषणा गर्‍यो क्यान्डिडेट क्लब, फागुन २१ को चुनावका उम्मेदवारले आवेदन दिनै नपाउने

रास्वपाले घोषणा गर्‍यो क्यान्डिडेट क्लब, फागुन २१ को चुनावका उम्मेदवारले आवेदन दिनै नपाउने

आगामी वैशाख अर्थात २०८४ वैशाखमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका गरी ७५३ पालिका र ६ हजार ७४३ वडामा चुनाव हुँदैछ । रास्वपाले यी पालिकाका ३५...
किशोर श्रेष्ठविरुद्ध उपसभामुख रुवी कुमारीले दिइन् जाहेरी

किशोर श्रेष्ठविरुद्ध उपसभामुख रुवी कुमारीले दिइन् जाहेरी

जाहेरीमा उपसभामुख ठाकुरले किशोर श्रेष्ठ सम्पादक तथा सञ्चालक रहेको सामाजिक सञ्जाल फेसबुक पेज जनआस्थामा आफ्नो मर्यादा र संवैधानिक ओजलाई धमिल्याउने तथा व्यक्तिगत चरित्र र प्रतिष्ठामा गम्भीर र अपूरणीय...
करदाता प्रोत्साहन पुरस्कारः पहिलो बम्पर उपहार विजेता जोशी र एक लाख विजेता अर्याललाई अर्थमन्त्रीद्वारा पुरस्कार रकम हस्तान्तरण

करदाता प्रोत्साहन पुरस्कारः पहिलो बम्पर उपहार विजेता जोशी र एक लाख विजेता अर्याललाई अर्थमन्त्रीद्वारा पुरस्कार रकम हस्तान्तरण

साउनको पहिलो पाक्षिकको १० लाख रुपैयाँको बम्पर उपहार धनगढीका हेमराज जोशीले जितेका थिए । २५० रुपैयाँको बिजुलीको बल्ब किन्दा उनलाई १० लाख राशिको उपहार परेको थियो ।