नेभिगेशन
सबै कुरा

उपचुनाव नतिजापछि हिरासतबाट रवि लामिछानेको सन्देश ‘परिवर्तन जन्मिने क्रममा छ, ८४ मा यो परिपक्क बन्छ’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यो देशले खोजेको परिवर्तन जन्मिने क्रममा रहेको र अहिले प्रसव पीडा भोगिरहेको बताएका छन् । 

स्थानीय तह उपनिर्वाचनको मत परिमाण सार्वजनिक भएपछि सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा भेट्न पुगेका नेता कार्यकर्ताहरूसँग कुरा गर्दै लामिछानेले यस्तो धारणा राखेका हुन् । 

उनले काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ मा विजयी भएकी रोजिना श्रेष्ठलाई बधाई सन्देश पठाउँदै लामिछानेले यो वडाले परिवर्तनको जनाउ घण्टी बजाएको बताएको एक नेताले बताए । 

‘पार्टी निर्माण भएपछि संसदीय निर्वाचनमा केन्द्रमा घण्टी बजायौँ,’ लामिछानेको भनाई उदृत गर्दै एक नेताले सिधाकुरासँग भने, ‘उपनिर्वाचनमार्फत चितवन र तनहुँमा घण्टी बज्यो । स्थानीय तहमा पनि अब रोजिनाजीले जनाउ घण्टी बजाउनु भएको छ। २०८४ मा देशभर बजाउने हो ।’ 

सभापति लामिछानेले आफूमाथिको राजनीतिक प्रतिशोधको विरुद्धमा विद्रोही मत दिएर रास्वपालाई विजयी गराएका मतदातालाई धन्यवाद दिएको पनि ति नेताको भनाई छ । 

‘परिवर्तन जन्मिने पक्का भयो, मलाई दिइएको दुःख जन्मिने बेला अघिको प्रसव पीडा हो,’ केही समय केही मानिसहरूले दुःख पाउँछन्, तर परिवर्तन रोक्न छेक्न सकिन्न,’ सभापतिको भनाई उदृत गर्दै ति नेताले भने ।
लोकतान्त्रिक व्यवस्थामा आफूमाथि अलोकतान्त्रिक व्यवहार गरिएको र त्यसको सामना गर्ने पनि लामिछानेले बताएको ति नेताले सुनाए । 
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मनसुन सक्रियः यी ठाउँमा आज भारी वर्षा हुने, तराईमा हावाहुरीको सम्भावना

मनसुन सक्रियः यी ठाउँमा आज भारी वर्षा हुने, तराईमा हावाहुरीको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ ।
रास्वपाले घोषणा गर्‍यो क्यान्डिडेट क्लब, फागुन २१ को चुनावका उम्मेदवारले आवेदन दिनै नपाउने

रास्वपाले घोषणा गर्‍यो क्यान्डिडेट क्लब, फागुन २१ को चुनावका उम्मेदवारले आवेदन दिनै नपाउने

आगामी वैशाख अर्थात २०८४ वैशाखमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका गरी ७५३ पालिका र ६ हजार ७४३ वडामा चुनाव हुँदैछ । रास्वपाले यी पालिकाका ३५...
किशोर श्रेष्ठविरुद्ध उपसभामुख रुवी कुमारीले दिइन् जाहेरी

किशोर श्रेष्ठविरुद्ध उपसभामुख रुवी कुमारीले दिइन् जाहेरी

जाहेरीमा उपसभामुख ठाकुरले किशोर श्रेष्ठ सम्पादक तथा सञ्चालक रहेको सामाजिक सञ्जाल फेसबुक पेज जनआस्थामा आफ्नो मर्यादा र संवैधानिक ओजलाई धमिल्याउने तथा व्यक्तिगत चरित्र र प्रतिष्ठामा गम्भीर र अपूरणीय...
करदाता प्रोत्साहन पुरस्कारः पहिलो बम्पर उपहार विजेता जोशी र एक लाख विजेता अर्याललाई अर्थमन्त्रीद्वारा पुरस्कार रकम हस्तान्तरण

करदाता प्रोत्साहन पुरस्कारः पहिलो बम्पर उपहार विजेता जोशी र एक लाख विजेता अर्याललाई अर्थमन्त्रीद्वारा पुरस्कार रकम हस्तान्तरण

साउनको पहिलो पाक्षिकको १० लाख रुपैयाँको बम्पर उपहार धनगढीका हेमराज जोशीले जितेका थिए । २५० रुपैयाँको बिजुलीको बल्ब किन्दा उनलाई १० लाख राशिको उपहार परेको थियो ।