नेभिगेशन
सबै कुरा

उपचुनाव नतिजापछि हिरासतबाट रवि लामिछानेको सन्देश ‘परिवर्तन जन्मिने क्रममा छ, ८४ मा यो परिपक्क बन्छ’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यो देशले खोजेको परिवर्तन जन्मिने क्रममा रहेको र अहिले प्रसव पीडा भोगिरहेको बताएका छन् । 

स्थानीय तह उपनिर्वाचनको मत परिमाण सार्वजनिक भएपछि सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा भेट्न पुगेका नेता कार्यकर्ताहरूसँग कुरा गर्दै लामिछानेले यस्तो धारणा राखेका हुन् । 

उनले काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ मा विजयी भएकी रोजिना श्रेष्ठलाई बधाई सन्देश पठाउँदै लामिछानेले यो वडाले परिवर्तनको जनाउ घण्टी बजाएको बताएको एक नेताले बताए । 

‘पार्टी निर्माण भएपछि संसदीय निर्वाचनमा केन्द्रमा घण्टी बजायौँ,’ लामिछानेको भनाई उदृत गर्दै एक नेताले सिधाकुरासँग भने, ‘उपनिर्वाचनमार्फत चितवन र तनहुँमा घण्टी बज्यो । स्थानीय तहमा पनि अब रोजिनाजीले जनाउ घण्टी बजाउनु भएको छ। २०८४ मा देशभर बजाउने हो ।’ 

सभापति लामिछानेले आफूमाथिको राजनीतिक प्रतिशोधको विरुद्धमा विद्रोही मत दिएर रास्वपालाई विजयी गराएका मतदातालाई धन्यवाद दिएको पनि ति नेताको भनाई छ । 

‘परिवर्तन जन्मिने पक्का भयो, मलाई दिइएको दुःख जन्मिने बेला अघिको प्रसव पीडा हो,’ केही समय केही मानिसहरूले दुःख पाउँछन्, तर परिवर्तन रोक्न छेक्न सकिन्न,’ सभापतिको भनाई उदृत गर्दै ति नेताले भने ।
लोकतान्त्रिक व्यवस्थामा आफूमाथि अलोकतान्त्रिक व्यवहार गरिएको र त्यसको सामना गर्ने पनि लामिछानेले बताएको ति नेताले सुनाए । 
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार उक्त अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता प्राप्त...
एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

“रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीको आबद्धताले हाम्रो टोलीलाई थप बलियो बनाउनेछ । उनको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवबाट यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा...
उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए ।
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी  र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी-जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको...