नेभिगेशन
सबै कुरा

प्रसूति गृहको कुपण्डोलस्थित नयाँ भवनबाट स्त्रीरोग उपचार सेवा सुरु

काठमाडौँ । परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालले कुपण्डोलस्थित नयाँ भवनबाट स्त्रीरोग उपचार सेवा सुरु गरेको छ । नयाँ भवनमा यसअघि सुरक्षित गर्भपतन सेवालगायत सेवा सञ्चालन भइरहेकोमा अस्पतालले स्त्रीरोगको बहिरङ्ग सेवा पनि सुरुवात गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नयाँ भवनको भूइँ तल्लामा सोधपुछ कक्ष, टिकट काउन्टर, औषधि बिक्री कक्ष, ओपिडी, भिडियो–एक्सरे, प्रयोगशालाको सुविधा रहेको छ भने पहिलो तल्लामा सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन सेवा सुविधा रहेको छ । साढे पाँच तल्लाको भवनको माथिल्लो तल्लामा छात्रावास रहेको छ ।

Ncell
Extreme Energy

अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले आइतबारदेखि नयाँ भवनबाट आंशिक रुपमा स्त्रीरोगको बहिरङ्ग सेवा सुुरु गरेको जानकारी दिए । उनले भने “निःसन्तान तथा सुरक्षित गर्भपतन सेवा हामीले यसअघि सुरु गरिसकेका छौँ । हाललाई स्त्रीरोगको ओपिडी सेवा सुरु गरेका हौँ ।”

अस्पतालले यो नयाँ सेवाबाहेक निःसन्तान उपचारलगायत गर्भपतन सेवा गत असार १६ गतेदेखि सञ्चालन गरेको थियो । डा अधिकारीका अनुसार थप स्रोत साधनको व्यवस्था भए अस्पतालले भविष्यमा थापाथलीबाट दिइरहेको स्त्रीरोगको सम्पूर्ण सेवा नयाँ भवनबाट दिनेछ । उनले भने, “अहिले सेवा सुरुवात मात्र गरेका छौँ । बिरामीको चाप हेरेर सेवा विस्तार गर्दै लान्छौँ । उपकरणहरु थप्नुपर्नेछ । स्रोत साधन थप्नका लागि स्वास्थ्य मन्त्रालयले सहयोग गर्ने अठोट गरेको छ । व्यवस्थापन भएमा सम्पूर्ण सेवा यतै सार्ने छौँ ।”

आगामी दिनमा यही भवनबाट विशिष्टीकृत सेवा पनि सुरु गर्ने लक्ष्य रहेको डा अधिकारीको भनाइ छ । पाठेघर क्यान्सर, पिसाब चुहिने समस्यालगायत विभिन्न विशिष्टीकृत सेवा सुरु गर्ने लक्ष्य रहेको उनले बताए । नयाँ भवनबाट सेवा दिन थालिएपछि थापाथलीको मुख्य भवनमा सेवाग्राहीको चाप घट्ने र सेवा थप सहज हुने विश्वास गरिएको छ ।

स्त्रीरोग उपचारका लागि सरकारीस्तरमा एक मात्र केन्द्रिय ‘रिफरल’ अस्पताल रहेकाले पनि प्रसूति गृहमा बिरामीको चाप धेरै हुन्छ । दैनिक ८ सयदेखि हजार जनासम्म बिरामीले अस्पतालमार्फत सेवा लिने गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार उक्त अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता प्राप्त...
एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

“रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीको आबद्धताले हाम्रो टोलीलाई थप बलियो बनाउनेछ । उनको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवबाट यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा...
उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए ।
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी  र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी-जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको...