नेभिगेशन
सबै कुरा

सुडान भ्रष्टाचार प्रकरणमा दोषी ठहर भएका पूर्व प्रहरी महानिरीक्षकको पेन्सन नरोक्न सर्वोच्चको आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले एक भ्रष्टचारी पूर्व प्रहरी महानिरीक्षकको पेन्सनपट्टा नरोक्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतले सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्व महानिरीक्षक ओमविक्रम राणाको पेन्सनपट्टा नरोक्न आदेश जारी गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारी प्रमाणित भएकालाई पेन्सन नदिनु भनी निवृत्तिभरण व्यवस्थापन कार्यालयलाई पत्र लेखेपछि भ्रष्टाचारी राणाले २०८१ साउन १७ गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

Ncell
Extreme Energy

उनको रिटउपर सुनुवाई गर्दै न्यायाधीशहरू कुमार चुडाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले ओमविक्रम राणाको पेन्सन नरोक्नु भनी अन्तरिम आदेश जारी गरेको हो ।

सुडान भ्रष्टाचार प्रकरणमा विशेष अदालतले २०६८ चैत १ गते राणासहित केही अधिकृतलाई दोषी ठहर गरेको थियो ।त्यस्तै विशेषले राणलाई २ वर्ष कैद र १७ करोड ६ लाख  ८ सय २४ जरिवाना हुने फैसला सुनाएको थियो ।

राणालाई २०७४ बैसाख १७ गते सर्वोच्च अदालतले समेत सुडान भ्रष्टाचारमुद्दाको फैसला गर्दै दोषी ठहर गरेको थियो । तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले दोषी ठहर गरेका राणालाई दुई वर्ष कैद र ५० हजार जरिवानाको फैसला समेत गरेको थियो । तर सर्वोच्चले तिनै राणाको पेन्सन नरोक्न आदेश जारी गरेको हो । 

राणाले २०६३ भदौमा प्रहरी महानिरीक्षक भई २०६५ असोज २ मा अवकाश पाएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मनसुन सक्रियः यी ठाउँमा आज भारी वर्षा हुने, तराईमा हावाहुरीको सम्भावना

मनसुन सक्रियः यी ठाउँमा आज भारी वर्षा हुने, तराईमा हावाहुरीको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ ।
रास्वपाले घोषणा गर्‍यो क्यान्डिडेट क्लब, फागुन २१ को चुनावका उम्मेदवारले आवेदन दिनै नपाउने

रास्वपाले घोषणा गर्‍यो क्यान्डिडेट क्लब, फागुन २१ को चुनावका उम्मेदवारले आवेदन दिनै नपाउने

आगामी वैशाख अर्थात २०८४ वैशाखमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका गरी ७५३ पालिका र ६ हजार ७४३ वडामा चुनाव हुँदैछ । रास्वपाले यी पालिकाका ३५...
किशोर श्रेष्ठविरुद्ध उपसभामुख रुवी कुमारीले दिइन् जाहेरी

किशोर श्रेष्ठविरुद्ध उपसभामुख रुवी कुमारीले दिइन् जाहेरी

जाहेरीमा उपसभामुख ठाकुरले किशोर श्रेष्ठ सम्पादक तथा सञ्चालक रहेको सामाजिक सञ्जाल फेसबुक पेज जनआस्थामा आफ्नो मर्यादा र संवैधानिक ओजलाई धमिल्याउने तथा व्यक्तिगत चरित्र र प्रतिष्ठामा गम्भीर र अपूरणीय...
करदाता प्रोत्साहन पुरस्कारः पहिलो बम्पर उपहार विजेता जोशी र एक लाख विजेता अर्याललाई अर्थमन्त्रीद्वारा पुरस्कार रकम हस्तान्तरण

करदाता प्रोत्साहन पुरस्कारः पहिलो बम्पर उपहार विजेता जोशी र एक लाख विजेता अर्याललाई अर्थमन्त्रीद्वारा पुरस्कार रकम हस्तान्तरण

साउनको पहिलो पाक्षिकको १० लाख रुपैयाँको बम्पर उपहार धनगढीका हेमराज जोशीले जितेका थिए । २५० रुपैयाँको बिजुलीको बल्ब किन्दा उनलाई १० लाख राशिको उपहार परेको थियो ।