नेभिगेशन
सबै कुरा

सुडान भ्रष्टाचार प्रकरणमा दोषी ठहर भएका पूर्व प्रहरी महानिरीक्षकको पेन्सन नरोक्न सर्वोच्चको आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले एक भ्रष्टचारी पूर्व प्रहरी महानिरीक्षकको पेन्सनपट्टा नरोक्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतले सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्व महानिरीक्षक ओमविक्रम राणाको पेन्सनपट्टा नरोक्न आदेश जारी गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारी प्रमाणित भएकालाई पेन्सन नदिनु भनी निवृत्तिभरण व्यवस्थापन कार्यालयलाई पत्र लेखेपछि भ्रष्टाचारी राणाले २०८१ साउन १७ गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

Ncell
Extreme Energy

उनको रिटउपर सुनुवाई गर्दै न्यायाधीशहरू कुमार चुडाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले ओमविक्रम राणाको पेन्सन नरोक्नु भनी अन्तरिम आदेश जारी गरेको हो ।

सुडान भ्रष्टाचार प्रकरणमा विशेष अदालतले २०६८ चैत १ गते राणासहित केही अधिकृतलाई दोषी ठहर गरेको थियो ।त्यस्तै विशेषले राणलाई २ वर्ष कैद र १७ करोड ६ लाख  ८ सय २४ जरिवाना हुने फैसला सुनाएको थियो ।

राणालाई २०७४ बैसाख १७ गते सर्वोच्च अदालतले समेत सुडान भ्रष्टाचारमुद्दाको फैसला गर्दै दोषी ठहर गरेको थियो । तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले दोषी ठहर गरेका राणालाई दुई वर्ष कैद र ५० हजार जरिवानाको फैसला समेत गरेको थियो । तर सर्वोच्चले तिनै राणाको पेन्सन नरोक्न आदेश जारी गरेको हो । 

राणाले २०६३ भदौमा प्रहरी महानिरीक्षक भई २०६५ असोज २ मा अवकाश पाएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार उक्त अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता प्राप्त...
एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

“रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीको आबद्धताले हाम्रो टोलीलाई थप बलियो बनाउनेछ । उनको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवबाट यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा...
उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए ।
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी  र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी-जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको...