नेभिगेशन
सबै कुरा

एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा बेटिङ गराएको आरोपमा भारत बिहारका चार जना पक्राउ परेका हुन् । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बागटीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिकहरु  २४ वर्षीय सुमन भोज, २५ वर्षीय अमित यादव, २४ वर्षीय सुमन कुमार र २५ वर्षीय ब्रजेस कुमार छन् । 

Dish Home
Global Ime Bank


उनले भने, “सुमन भोज र अमित यादवलाई सोमबार पक्राउ गरिएको हो भने सुमन कुमार तथा ब्रजेस कुमारलाई आज पक्राउ गरिएको हो । उनीहरुबिरुद्ध सट्टेबाजी गर्न नहुने कसुरमा म्याद थपका लागि अदालत लगिएको छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नवराज विकसहित ६ जना मारिएको सोती घटनामा उच्च अदालतबाट आंशिक उल्टीको फैसला: जन्मकैद सदर,छुवाछुत कसुर बदर

नवराज विकसहित ६ जना मारिएको सोती घटनामा उच्च अदालतबाट आंशिक उल्टीको फैसला: जन्मकैद सदर,छुवाछुत कसुर बदर

इजलासले यस घटनामा २३ जना प्रतिवादीलाई जन्मकैद गर्ने जिल्ला अदालतको रुकुमको फैसला सदर गरेको छ भने जातीय छुवाछुत कसुरमा दिइएको सजाय बदर गरे उच्च अदालतका उपरजिस्ट्रार प्रेमप्रकाश थापाले...
घरायसी विवादमा श्रीमतीको हत्या, जंगलमा लुकेका श्रीमान पक्राउ 

घरायसी विवादमा श्रीमतीको हत्या, जंगलमा लुकेका श्रीमान पक्राउ 

प्रहरी निरीक्षक सागर पौडेलले मृतकको शवपरीक्षणका लागि बेनी अस्पतालमा राखिएको र घटनापछि फरार भएका राजुलाई बेनी नगरपालिका–२ को ज्यामरुककोट सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरी अनुसन्धान थालिएको...
यी हुन् १७ अर्ब ८६ करोड ७० लाख अवैध कारोबार गर्ने २१ जना 

यी हुन् १७ अर्ब ८६ करोड ७० लाख अवैध कारोबार गर्ने २१ जना 

उनीहरूले रु १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ बराबरको अवैध कारोबार गरेका अनुसन्धानका क्रममा खुलेको ब्यूरोका प्रवक्ता सुधिरराज शाहीले जानकारी दिए । 
पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराई र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ ।
भर्खरै