नेभिगेशन
सबै कुरा

दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्‍न अदालतकाे अनुमति

काठमाडौँ । साइबर अपराध कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्‍न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ। अदालतका न्यायाधिश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत मंसिर ४ गते निवासबाटै पक्राउ परेका प्रसाईँ १४ दिनदेखि प्रहरी हिरासतमा छन् । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको एक टेलिकम कम्पनीमा लगानी रहेको बताउँदै एक भिडियो सामग्री सामाजिक सञ्जाल फेसबुकमा राखेपछि उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले घरमै पुगेर पक्राउ गरेको थियो । प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै पक्राउ गरेको अनुसन्धान गरिरहेको छ ।

Ncell
Extreme Energy


प्रसाईविरुद्ध यसअघि पनि साइबर अपराधमा मुद्दा दर्ता भएको थियो । उनी १ लाख धरौटी तिरेर थुनामुक्त भएका थिए । उक्त मुद्दा हालपनि विचाराधीन छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले घोषणा गर्‍यो क्यान्डिडेट क्लब, फागुन २१ को चुनावका उम्मेदवारले आवेदन दिनै नपाउने

रास्वपाले घोषणा गर्‍यो क्यान्डिडेट क्लब, फागुन २१ को चुनावका उम्मेदवारले आवेदन दिनै नपाउने

आगामी वैशाख अर्थात २०८४ वैशाखमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका गरी ७५३ पालिका र ६ हजार ७४३ वडामा चुनाव हुँदैछ । रास्वपाले यी पालिकाका ३५...
किशोर श्रेष्ठविरुद्ध उपसभामुख रुवी कुमारीले दिइन् जाहेरी

किशोर श्रेष्ठविरुद्ध उपसभामुख रुवी कुमारीले दिइन् जाहेरी

जाहेरीमा उपसभामुख ठाकुरले किशोर श्रेष्ठ सम्पादक तथा सञ्चालक रहेको सामाजिक सञ्जाल फेसबुक पेज जनआस्थामा आफ्नो मर्यादा र संवैधानिक ओजलाई धमिल्याउने तथा व्यक्तिगत चरित्र र प्रतिष्ठामा गम्भीर र अपूरणीय...
करदाता प्रोत्साहन पुरस्कारः पहिलो बम्पर उपहार विजेता जोशी र एक लाख विजेता अर्याललाई अर्थमन्त्रीद्वारा पुरस्कार रकम हस्तान्तरण

करदाता प्रोत्साहन पुरस्कारः पहिलो बम्पर उपहार विजेता जोशी र एक लाख विजेता अर्याललाई अर्थमन्त्रीद्वारा पुरस्कार रकम हस्तान्तरण

साउनको पहिलो पाक्षिकको १० लाख रुपैयाँको बम्पर उपहार धनगढीका हेमराज जोशीले जितेका थिए । २५० रुपैयाँको बिजुलीको बल्ब किन्दा उनलाई १० लाख राशिको उपहार परेको थियो ।
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले परामादेश जारी गरेको हो ।

भर्खरै