नेभिगेशन
सबै कुरा

दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्‍न अदालतकाे अनुमति

काठमाडौँ । साइबर अपराध कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्‍न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ। अदालतका न्यायाधिश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत मंसिर ४ गते निवासबाटै पक्राउ परेका प्रसाईँ १४ दिनदेखि प्रहरी हिरासतमा छन् । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको एक टेलिकम कम्पनीमा लगानी रहेको बताउँदै एक भिडियो सामग्री सामाजिक सञ्जाल फेसबुकमा राखेपछि उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले घरमै पुगेर पक्राउ गरेको थियो । प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै पक्राउ गरेको अनुसन्धान गरिरहेको छ ।

Ncell
Extreme Energy


प्रसाईविरुद्ध यसअघि पनि साइबर अपराधमा मुद्दा दर्ता भएको थियो । उनी १ लाख धरौटी तिरेर थुनामुक्त भएका थिए । उक्त मुद्दा हालपनि विचाराधीन छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार उक्त अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता प्राप्त...
एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

“रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीको आबद्धताले हाम्रो टोलीलाई थप बलियो बनाउनेछ । उनको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवबाट यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा...
उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए ।
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी  र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी-जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको...