नेभिगेशन
सबै कुरा

रास्वपाबाट निर्वाचित वडाध्यक्षलाई बालेनले सोधे ‘पहिले अरु कुनै पार्टीमा हुनुहुन्थ्यो ? ’ (भिडियाे)

काठमाडौँ । काठमाडौँ महानगरपालिका १६ की नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठले मंगलबार पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरेकी छिन् । काठमाडौँ महानगरपालिकाको कार्यालय कमलादी पुगेर उनले शपथ ग्रहण गरेकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

महानगरका मेयर बालेन्द्र शाहले नवनिर्वाचित वडाअध्यक्ष श्रेष्ठलाई उपमेयर लगायतका पदाधिकारीको उपस्थितिमा पद तथा गोपनीयताको शपथ गराए । त्यसअघि मेयर शाहले वडा १६ की अध्यक्ष श्रेष्ठसँग अध्ययन र राजनीतिक पृष्ठभूमिबारे जिज्ञासा राखेका थिए । 

मेयर शाहले वडाअध्यक्ष श्रेष्ठलाई ‘पहिले कानुनको पृष्ठभूमिको हो ?’ भनी प्रश्न गरेका थिए । जवाफमा वडाअध्यक्ष श्रेष्ठले,'आफूले कानुनमा स्नातक गरेको र अहिले चुनावका कारण नियमित अभ्यासमा नभएको' जवाफ दिइन् । यस्तै, ‘वडाअध्यक्ष उठ्ने प्लान पहिल्यै थियो ?’ भनेर पनि शाहले श्रेष्ठलाई सोधेका थिए । जवाफमा श्रेष्ठले ‘पहिले थिएन तर पार्टीले जिम्मेवारी दिएको’ बताइन् ।

श्रेष्ठलाई बालेनले तेस्रो प्रश्न सोधे, ‘पार्टीमा पहिल्यै देखि हुनुहुन्थ्यो ?’ जवाफमा श्रेष्ठले, ‘२ वर्ष भयो । स्थापनादेखि नै रास्वपामा छु’ भनिन् । बालेनले रोजिनालाई अर्को प्रश्न सोधे, ‘पहिले अर्को कुनै पार्टीमा हुनुहुन्थ्यो ?' रोजिनाले भनिन्, ‘फस्ट टाइम नै यही पार्टीमा हो । पहिले कतै थिइँन । ’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार उक्त अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता प्राप्त...
एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

“रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीको आबद्धताले हाम्रो टोलीलाई थप बलियो बनाउनेछ । उनको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवबाट यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा...
उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए ।
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी  र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी-जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको...