नेभिगेशन
सबै कुरा

चितवन झडपमा ४० बढी रास्वपा नेता समर्थक घाइते

काठमाडाैँ । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोध गर्दै प्रदर्शनमा उत्रिएका ४० जना भन्दा धेरै रास्वपाका नेता समर्थक घाइते भएका छन् । सभापति पक्राउको विरोधका शान्तिपूर्ण ढंगले सडमा उत्रिएकामाथि प्रहरीले दमन गरेको रास्वपाका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार दिउँसो चितवनको चौविसकोटीबाट आएको रास्वपा जुलुसलाई प्रहरीले रोक्न खोज्दा २ पक्षबिच झडप भएको थियो । झडप हुँदा ३ दर्जन बढी नेता कार्यकर्ता घाइते भएका र केहीको अवस्था गम्भिर रहेको रास्वपाले जनाएको छ । रास्वपाका चितवन जिल्ला सभापति कृष्ण भुसालसहितका नेताहरु घाईते भएका हुन् । प्रदर्शनकारीलाई प्रहरीले टियर ग्यास र पानीको फोहोरा प्रहार गरेको थियो ।

Ncell
Extreme Energy

घाइतेहरुको उपचार भरतपुर लगायतका अस्पताल भइरहेको सहमहामन्त्री बुर्लाकोटीले जनाए । 

सहकारी रकम बचत अपचलनमा अनुसन्धान गर्न कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई यतिबेला चितवनमा साहारा सहकारीको रकम अपचलनको अनुसन्धान गर्न चितवन लगिएको छ। मंगलबार बिहान लामिछानेलाई चितवन पुर्याएसँगै रास्वपा नेता कार्यकर्ता निरन्तर प्रदर्शनमा छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले घोषणा गर्‍यो क्यान्डिडेट क्लब, फागुन २१ को चुनावका उम्मेदवारले आवेदन दिनै नपाउने

रास्वपाले घोषणा गर्‍यो क्यान्डिडेट क्लब, फागुन २१ को चुनावका उम्मेदवारले आवेदन दिनै नपाउने

आगामी वैशाख अर्थात २०८४ वैशाखमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका गरी ७५३ पालिका र ६ हजार ७४३ वडामा चुनाव हुँदैछ । रास्वपाले यी पालिकाका ३५...
किशोर श्रेष्ठविरुद्ध उपसभामुख रुवी कुमारीले दिइन् जाहेरी

किशोर श्रेष्ठविरुद्ध उपसभामुख रुवी कुमारीले दिइन् जाहेरी

जाहेरीमा उपसभामुख ठाकुरले किशोर श्रेष्ठ सम्पादक तथा सञ्चालक रहेको सामाजिक सञ्जाल फेसबुक पेज जनआस्थामा आफ्नो मर्यादा र संवैधानिक ओजलाई धमिल्याउने तथा व्यक्तिगत चरित्र र प्रतिष्ठामा गम्भीर र अपूरणीय...
करदाता प्रोत्साहन पुरस्कारः पहिलो बम्पर उपहार विजेता जोशी र एक लाख विजेता अर्याललाई अर्थमन्त्रीद्वारा पुरस्कार रकम हस्तान्तरण

करदाता प्रोत्साहन पुरस्कारः पहिलो बम्पर उपहार विजेता जोशी र एक लाख विजेता अर्याललाई अर्थमन्त्रीद्वारा पुरस्कार रकम हस्तान्तरण

साउनको पहिलो पाक्षिकको १० लाख रुपैयाँको बम्पर उपहार धनगढीका हेमराज जोशीले जितेका थिए । २५० रुपैयाँको बिजुलीको बल्ब किन्दा उनलाई १० लाख राशिको उपहार परेको थियो ।
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले परामादेश जारी गरेको हो ।

भर्खरै