नेभिगेशन
सबै कुरा

क्षतिग्रस्त माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट पुस दोस्रो साताभित्र विद्युत् उत्पादन भइसक्ने

काठमाडौँ । हाल सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन गर्नेगरी मर्मतसम्भार तालिका तय गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रको बाँध क्षेत्रका संरचना ९हेडवर्कस्० मा ठूलो क्षति पुर्‍याएको थियो । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रूम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्‍याउने भूमिगत नहर (कल्भर्ट) मा ठूलो क्षति पुगेको थियो ।

Ncell
Extreme Energy

दुई वटा डिस्याण्डरमध्ये बायाँतर्फको डिस्याण्डरको मर्मतसम्भार आगामी पुस १० गतेभित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरू गर्ने तालिका तय गरिएको आयोजनाले जनाएको छ । यसका लागि आंशिक रूपमा क्षति पुगेको डिस्याण्डरको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरिनेछ । यसैगरी, कल्र्भटको भित्ता र सिलिङमा देखिएका चिराहरूको ग्राउटिङ गर्ने काम समानान्तर रूपमा अगाडि बढाइनेछ ।

दायाँतर्फको अर्को डिस्याण्डर मर्मत र हाल सतहमा रहेको कन्ट्रोल रूमलाई भूमिगत बनाउन डिजाइन गरी पुनर्निर्माण प्रक्रिया तत्काल अगाडि बढाइनेछ । यो काम आगामी वर्षायाम सुरू हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य तय गरिएको छ । वर्षाले क्षति पुगेको आयोजनाको विद्युत् प्रवाह गर्ने प्रसारण लाइनको एउटा टावरको मर्मतसम्भार सकिएको छ ।

आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेड सञ्चालक समितिका अध्यक्षसमेत रहेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कम्पनी सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहितको टोलीले आज आयोजनाको स्थलगत अनुगमन गरी हाल भइरहेको मर्मतसम्भारको जानकारी लिएको थियो ।

टोलीबाट आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरी पुस १० भित्र विद्युत् उत्पादन सुरू गर्ने र त्यसको १५ दिनभित्रमा विद्युत् बढी माग हुने पिक समयमा चलाउने गरी मर्मतसम्भार सम्पन्न गर्ने गरी समय तालिका तय गरिएको छ । विद्युत् कम माग हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयका चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ ।

हिउँदयामा विद्युत्गृह चलाउन नसकेमा आन्तरिक रूपमा विद्युत् माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण देखिएकाले सञ्चालक समितिको टोली जतिसक्दो छिटो विद्युत्गृहलाई सञ्चालनमा ल्याउन अपनाउनुपर्ने उपायहरू तय गर्न स्थलगत अनुमगनमा गएको हो ।

कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोसीबाट तोकिएको समयमा विद्युत् उत्पादन गर्न नसकिएमा देशभित्रको मागबमोजिम विद्युत् आपूर्ति गर्न नसकी अप्ठ्यारो अवस्था आउने भएकाले मर्मतसम्भारमा सबै गम्भीर र संवेदनशील भएर लाग्न आग्रह गरे

“आगामी मार्चसम्म दिउँसो र राति मात्र भारतबाट विद्युत् आयात अनुमति पाएकाले  आन्तरिक उत्पादनले हिउँदयामको साँझ र बिहान (पिक समय) को विद्युत् माग धान्न गाह्रो छ, मार्च र अप्रिलमा रातिमासमेत  आयात गर्न अनुमति पाएका छैनौँ, यस्तो अवस्थामा पिकिङ गर्न सकिने माथिल्लो तामाकोसी आएन भने अप्ठ्यारो अवस्था आउने छ”, घिसिङले भने।

अविरल वर्षाका कारण तामाकोसी नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते साँझ ७ बजेदेखि विद्युत् उत्पादन उत्पादन बन्द गरिएको थियो । बाँधका सम्पूर्ण ढोका (गेट) हरू खुला गरिएको थियो । जसका कारण आयोजनाका संरचनाको सम्भावित क्षति रोकिएको थियो । कम्पनीका सिइओ मोहनप्रसाद गौतमले मर्मतसम्भारका हरसम्भव उपायहरू अवलम्बन गरी तय गरेको तालिकाबमोजिम विद्युत् उत्पादन सुरू गर्ने गरी काम भइरहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार उक्त अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता प्राप्त...
एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

“रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीको आबद्धताले हाम्रो टोलीलाई थप बलियो बनाउनेछ । उनको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवबाट यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा...
उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए ।
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी  र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी-जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको...