नेभिगेशन
सबै कुरा

रवि लामिछानेलाई चितवनबाट राती ३ बजे पोखरा लगियो

काठमाडौँ । साहरा सहकारीको रकम गोर्खा मिडियामा आएको विषयमा बयानका लागि चितवन लगिएको  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मध्यरातमानै पोखरा लगिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार राति ९ बजेमात्रै बयान सकिएको लामिछानेलाई राति ३ बजे पोखराका लागि हिडाइएको चितवन प्रहरीले जनाएको छ । बिहिबार विमान मार्फत लैजाने तयार भएपनि बुधबारको रास्वपाको प्रदर्शनले आत्तिएको प्रहरी प्रसासनले राति ३ बजेनै स्थलमार्ग हुँदै पोखरा लगेको स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए । 

Ncell
Extreme Energy

लामिछानेलाई समेत पूर्व जानकारी नगराई एक्कासी मध्येरातमा उठाएर पोखरा हिडाइएको जनाइएको छ । चितवन प्रहरीले भने लामिछानेलाई पर्सामा पनि पक्राउ पूर्जी जारी भएकाले आइतबार अदालतमा उपस्थित गराउनु पर्ने भएकाले पोखरा पठाइएको दाबी गरेको छ । 

तर विहिबारका लागि विमानको टिकट बुक गरिसकिएको लामिछानेलाई मध्यरातमा परिवारका सदस्यलाई समेत जानकारी नगराई हिडाउनु शंकास्पद भएको रास्वपा चितवनका नेताहरुले जनाएका छन् । 

बुधबार लामिछानेका पक्षमा भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा ४८ जना रास्वपाका नेता कार्यकर्ता तथा २० जना प्रहरी घाइते भएका थिए । सोहि प्रदर्शनबाट आत्तिएको प्रहरीले लामिछानेलाई मध्यरातमा जोखिमपूर्ण तरिकाले पोखरा पुर्याएको उनीहरुको भनाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले घोषणा गर्‍यो क्यान्डिडेट क्लब, फागुन २१ को चुनावका उम्मेदवारले आवेदन दिनै नपाउने

रास्वपाले घोषणा गर्‍यो क्यान्डिडेट क्लब, फागुन २१ को चुनावका उम्मेदवारले आवेदन दिनै नपाउने

आगामी वैशाख अर्थात २०८४ वैशाखमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका गरी ७५३ पालिका र ६ हजार ७४३ वडामा चुनाव हुँदैछ । रास्वपाले यी पालिकाका ३५...
किशोर श्रेष्ठविरुद्ध उपसभामुख रुवी कुमारीले दिइन् जाहेरी

किशोर श्रेष्ठविरुद्ध उपसभामुख रुवी कुमारीले दिइन् जाहेरी

जाहेरीमा उपसभामुख ठाकुरले किशोर श्रेष्ठ सम्पादक तथा सञ्चालक रहेको सामाजिक सञ्जाल फेसबुक पेज जनआस्थामा आफ्नो मर्यादा र संवैधानिक ओजलाई धमिल्याउने तथा व्यक्तिगत चरित्र र प्रतिष्ठामा गम्भीर र अपूरणीय...
करदाता प्रोत्साहन पुरस्कारः पहिलो बम्पर उपहार विजेता जोशी र एक लाख विजेता अर्याललाई अर्थमन्त्रीद्वारा पुरस्कार रकम हस्तान्तरण

करदाता प्रोत्साहन पुरस्कारः पहिलो बम्पर उपहार विजेता जोशी र एक लाख विजेता अर्याललाई अर्थमन्त्रीद्वारा पुरस्कार रकम हस्तान्तरण

साउनको पहिलो पाक्षिकको १० लाख रुपैयाँको बम्पर उपहार धनगढीका हेमराज जोशीले जितेका थिए । २५० रुपैयाँको बिजुलीको बल्ब किन्दा उनलाई १० लाख राशिको उपहार परेको थियो ।
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले परामादेश जारी गरेको हो ।

भर्खरै