नेभिगेशन
सबै कुरा

अभिभावक पढाउँदै रोङ गाउँपालिका

इलाम : अधिकाँस विद्यालयमा विद्यार्थी पढाइन्छ तर बिद्यालय जाने विद्यार्थीका अभिभावकलाई नै पढाइएको भन्ने कुरा कमै मात्रामा देख्न र सुन्न पाइन्छ । इलामको रोङ गाउँपालिकाले अब बिद्यालय जाने बिद्यार्थीका अभिभावकलाई समेत पढाउने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सामुदायिक विद्यालयमा अध्ययन गर्ने अभिभावकलाई शिक्षा दिने उद्देश्यले उक्त गाउँपालिकाले अभिभावक शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अघि बढाइएको छ । त्यसका लागि सहजकर्ता नियुक्त गर्न सात दिने सूचना जारी गरिसकिएको गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलले जानकारी दिइन् । अभिभावक शिक्षालाई प्रभावकारी बनाउन कार्यपालिकाको  बैठकले अभिभावक शिक्षा सञ्चालन कार्यविधि समेत स्वीकृत गरिसकेको उनी बताउँछिन् । 

Ncell
Extreme Energy

सोही कार्यविधिअनुसार सहजकर्ताका लागि आवेदन आह्वान गरिएकामा १५ जनाले आवेदन दिएका छन् ।  आवेदन दिनेहरुलाई चाँडै तालिमको व्यवस्थापन गरिने गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले बताए । 

तालिमपछि सचेतनामूलक कार्यक्रम अघि बढाइने उनको भनाइ छ । शिक्षाको गुणस्तर सुधारका लागि अभिभावकको भूमिका महत्वपूर्ण रहने भएकाले अभिभावक शिक्षा लागू गर्न लागिएको अध्यक्ष  स्याङ्बोले बताए। 

सामुदायिक विद्यालयको शैक्षि गुणस्तर सुधारका लागि शिक्षा दिवसकै दिन अभिभावक शिक्षा लागू गर्ने घोषणा गरिएकामा गाउँपालिकाले अभिभावकलाई विद्यालयमै बोलाएर पढाउने योजनाअनुसार महिनाको एक दिन विद्यालयमै ल्याएर पढाइने भएको छ  । त्यस दिन कक्षा आठभन्दा माथिका विद्यार्थीले भने घरमा बसेर अभिभावकले गर्ने काम गर्नुपर्ने हुन्छ । “महिनामा एक दिन अभिभावकलाई शिक्षा सुधारमा अभिभावकको भूमिका, शिक्षाको महत्व, बाल स्याहार, बाल विकास, शिक्षा र संस्कारजस्ता विषयमा जानकारी दिलाउँछौँ,”अध्यक्ष स्याङ्बोले भने । विद्यार्थीलाई त्यस दिन घरको काम लगाउँदा व्यावहारिक ज्ञान पाउँछन् भन्ने बुझाइले सो कार्यक्रम अडागी बढाइएको जनाइएको छ । 

यसअघि शिक्षकले अनिवार्य कम्प्युटर चलाउन जान्नु पर्ने भन्दै गाउँपालिकाले विद्यालयलाई कम्प्युटर खरिद गरेर उपलब्ध गराइसकेको छ । 

आफूले  विद्यालयमा पढ्दा बुबा–आमाले कति दुःख गर्दा रहेछन् भन्ने बुझ्न सक्ने अपेक्षा गरिएको छ । 


यो कार्यक्रम लागू भएपछि जानाजान अभिभावक शिक्षामा सहभागी नभए उनीहरूलाई वडाबाट हुने सम्पूर्ण सिफारिस रोक्ने पनि कार्यविधिमा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावलीबमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण...
अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

नियमावलीअनुसार अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन । भाषा शिक्षण र तयारी कक्षाका हकमा भने प्रदेश वा स्थानीय तहले नियमन गर्न सक्ने...
शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति ऋषिराम कट्टेल, राजर्षी जनक...
नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

सिंहदरबारमा बुधबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले विभिन्न देशका गरेर नेपालमा हाल एक हजार ४ सय विदेशी विद्यार्थी अध्ययनरत रहेको बताएका...