नेभिगेशन
सबै कुरा

आन्द्रेस गौसको कीर्तिमानी शतकसँगै पोखराको पहिलो जित

काठमाडाैँ । आन्द्रेस गौसको कीर्तिमानी शतक प्रहारसँगै नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले पहिलोपटक जीत हात पारेको छ । पोखराले लुम्बिनी लायन्समाथि १० विकेटको सानदार जित निकालेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सले दिएको १ सय ७१ रनको लक्ष्य पोखराले १६.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको हो । 

Ncell
Extreme Energy

पोखराका ओपनर आन्द्रेस गौसले सर्वाधिक १ सय ४ रन बनाए । जारी लिगमा पहिलो शतक प्रकार गर्ने आन्द्रेश पहिलो खेलाडी बनेका छन् । उनले ५५ बलमा १२ चौका र ५ छक्का प्रहार गरेका थिए । 

त्यस्तै अर्का ओपनर दिनेश खरेलले ६१ रन जोडे । उनले ४६ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए ।

यसअघिका लगातार दुई खेलमा हारेको पोखराको यो पहिलो जित हो । पोखराले पहिलो खेलमा चितवन राइनोजसँग र दोस्रो खेलमा जनकपुरसँग हार व्योहोरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का ले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा...
इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

स्कटल्याण्डमा भएको आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र बीसीसीआई सचिव देवजित सैकियाबीच भएको बैठकपछि यो सिरिज तय भएको जनाइएको छ ।