नेभिगेशन
सबै कुरा

आन्द्रेस गौसको कीर्तिमानी शतकसँगै पोखराको पहिलो जित

काठमाडाैँ । आन्द्रेस गौसको कीर्तिमानी शतक प्रहारसँगै नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले पहिलोपटक जीत हात पारेको छ । पोखराले लुम्बिनी लायन्समाथि १० विकेटको सानदार जित निकालेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सले दिएको १ सय ७१ रनको लक्ष्य पोखराले १६.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको हो । 

Ncell
Extreme Energy

पोखराका ओपनर आन्द्रेस गौसले सर्वाधिक १ सय ४ रन बनाए । जारी लिगमा पहिलो शतक प्रकार गर्ने आन्द्रेश पहिलो खेलाडी बनेका छन् । उनले ५५ बलमा १२ चौका र ५ छक्का प्रहार गरेका थिए । 

त्यस्तै अर्का ओपनर दिनेश खरेलले ६१ रन जोडे । उनले ४६ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए ।

यसअघिका लगातार दुई खेलमा हारेको पोखराको यो पहिलो जित हो । पोखराले पहिलो खेलमा चितवन राइनोजसँग र दोस्रो खेलमा जनकपुरसँग हार व्योहोरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

“रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीको आबद्धताले हाम्रो टोलीलाई थप बलियो बनाउनेछ । उनको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवबाट यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा...
एनपिएल : दक्षिण अफ्रिकाका मिलर कर्णालीमा आबद्ध

एनपिएल : दक्षिण अफ्रिकाका मिलर कर्णालीमा आबद्ध

मिलरले सन् २०१० मा दक्षिण अफ्रिकाका लागि अन्तरराष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए । उनले एकदिवसीय र टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गर्दै आएका छन् । अन्तरराष्ट्रिय टी–२०...
एनपिएलः बङ्गलादेशका शमीम हुसेन लुम्बिनी लायन्समा आबद्ध

एनपिएलः बङ्गलादेशका शमीम हुसेन लुम्बिनी लायन्समा आबद्ध

लुम्बिनीले आज उनलाई अनुबन्ध गरेको जानकारी दिएको हो । लुम्बिनीले फेसबुक पेजमा लेखेको छ, “शमीम हुसेन आधिकारिकरूपमा लायन्स टोलीका सदस्य बनेका छन् । अब मैदानमा आफ्नो खेलमार्फत जवाफ...
पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने

कर्णालीले आज उनलाई टोलीमा अनुबन्ध गरेको औपचारिकरूपमा जानकारी दिएको हो । ‘‘टी–२० विश्वकप २०२६ का सर्वाधिक रन बनाउने साहिबजादा फरहानलाई अब कर्णाली याक्समा स्वागत छ,’’ टोलीले सामाजिक सञ्जालमा...