नेभिगेशन
सबै कुरा

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले रवि लामिछानेलाई भेट्यो

काठमाडाैँ । राष्ट्रिय मानव अधिकारको टोलीले कास्की हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेको छ । शुक्रबार लामिछाने पत्नी निकिता पौडेलले लामिछानेमाथि हिरासतमा गैरकानुनी र अमानवीय व्यवहार भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रिय कार्यालयमा उजुरी गरेपछि आयोगको पोखरा क्षेत्रीय कार्यालयका प्रतिनिधिले हिरासतमा पुगेर लामिछानेसँग भेटवार्ता र अनुगमन गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोगको पोखरा क्षेत्रीय कार्यालयकी निर्देशक नीतु गड्तौलासहित पुगेको टोलीले लामिछानेमाथि सोधपुछ गरेर फर्किएको हो । लामिछानेसँग भेटेर बाहिरिने क्रममा गड्तौलाले आफूहरुले प्राप्त सूचना र प्रमाणका आधारमा प्रतिवेदन बनाएर केन्द्रीय कार्यालयमा प्रतिवेदन पठाउने बताइन् । ‘हामीले माननीय रवि लामिछानेलाई भेटेका छौँ । अनुगमनका क्रममा हिरासतमा आएका हामीले उहाँसँग हिरासतको बसाई र आफूमाथि भएका व्यवहारबारे सूचना लिएका छौँ । हामी केही बेरमै प्रतिवेदन बनाएर केन्द्रीय कार्यालयमा पठाउछौँ ।’, निर्देशक गड्तौलाले भनिन् ।

Ncell
Extreme Energy

आयोगका पदाधिकारीसँगको भेटमा लामिछानेले आफूलाई अपराधीजस्तो व्यवहार गरिएको, अपमानजनक व्यवहार भएको गुनासो गरेका थिए । उनले चितवनबाट पनि आफूलाई बलजफ्ती पोखरा ल्याइएको र पोखरामा पनि प्रहरीले आफ्नो डायरी गायब बनाइदिएको आयोगलाई बताएका छन् । त्यस्तै उनले हिरासतमा भएको अमानवीय हर्कतमाथि आयोगले निष्पक्ष छानबिन गर्न माग गरेका छन् । 

सहकारी प्रकरणमा पक्राउ परेर हिरासतमा रहेका रवि लामिछानेमाथि प्रहरीले गैरकानुनी र अमानवीय व्यवहार गरेको भन्दै रवि लामिछानेकी पत्नि निकिता पौडेलले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएकी थिइन् । उनले प्रहरी महानिरिक्षक, चितवनका प्रहरी अधिकारीहरु लगायतलाई विपक्ष बनाएर शुक्रबार आयोगमा उजुरी दर्ता गराएकी हुन् ।

लामिछानेलाई रातारात अड्डासार गर्ने नाममा शारीरिक तथा मानसिक यातना दिइएको, व्यक्तिगत डायरीको गैरकानुनीरूपमा कब्जा गरी गोपनीयताको अधिकारको उल्लङ्घन गरेको, गैरकानुनी हिरासतमा राखिएको, कानुनी परामर्शको उचित अवसर नदिइएको, मानवीय सम्मान वा आत्म सम्मानमा चोट पुर्याउने प्रयास भइरहेको पौडेलले दर्ता गरेको उजुरीमा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार उक्त अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता प्राप्त...
एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

“रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीको आबद्धताले हाम्रो टोलीलाई थप बलियो बनाउनेछ । उनको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवबाट यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा...
उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए ।
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी  र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी-जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको...