नेभिगेशन
सबै कुरा

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले रवि लामिछानेलाई भेट्यो

काठमाडाैँ । राष्ट्रिय मानव अधिकारको टोलीले कास्की हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेको छ । शुक्रबार लामिछाने पत्नी निकिता पौडेलले लामिछानेमाथि हिरासतमा गैरकानुनी र अमानवीय व्यवहार भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रिय कार्यालयमा उजुरी गरेपछि आयोगको पोखरा क्षेत्रीय कार्यालयका प्रतिनिधिले हिरासतमा पुगेर लामिछानेसँग भेटवार्ता र अनुगमन गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोगको पोखरा क्षेत्रीय कार्यालयकी निर्देशक नीतु गड्तौलासहित पुगेको टोलीले लामिछानेमाथि सोधपुछ गरेर फर्किएको हो । लामिछानेसँग भेटेर बाहिरिने क्रममा गड्तौलाले आफूहरुले प्राप्त सूचना र प्रमाणका आधारमा प्रतिवेदन बनाएर केन्द्रीय कार्यालयमा प्रतिवेदन पठाउने बताइन् । ‘हामीले माननीय रवि लामिछानेलाई भेटेका छौँ । अनुगमनका क्रममा हिरासतमा आएका हामीले उहाँसँग हिरासतको बसाई र आफूमाथि भएका व्यवहारबारे सूचना लिएका छौँ । हामी केही बेरमै प्रतिवेदन बनाएर केन्द्रीय कार्यालयमा पठाउछौँ ।’, निर्देशक गड्तौलाले भनिन् ।

Ncell
Extreme Energy

आयोगका पदाधिकारीसँगको भेटमा लामिछानेले आफूलाई अपराधीजस्तो व्यवहार गरिएको, अपमानजनक व्यवहार भएको गुनासो गरेका थिए । उनले चितवनबाट पनि आफूलाई बलजफ्ती पोखरा ल्याइएको र पोखरामा पनि प्रहरीले आफ्नो डायरी गायब बनाइदिएको आयोगलाई बताएका छन् । त्यस्तै उनले हिरासतमा भएको अमानवीय हर्कतमाथि आयोगले निष्पक्ष छानबिन गर्न माग गरेका छन् । 

सहकारी प्रकरणमा पक्राउ परेर हिरासतमा रहेका रवि लामिछानेमाथि प्रहरीले गैरकानुनी र अमानवीय व्यवहार गरेको भन्दै रवि लामिछानेकी पत्नि निकिता पौडेलले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएकी थिइन् । उनले प्रहरी महानिरिक्षक, चितवनका प्रहरी अधिकारीहरु लगायतलाई विपक्ष बनाएर शुक्रबार आयोगमा उजुरी दर्ता गराएकी हुन् ।

लामिछानेलाई रातारात अड्डासार गर्ने नाममा शारीरिक तथा मानसिक यातना दिइएको, व्यक्तिगत डायरीको गैरकानुनीरूपमा कब्जा गरी गोपनीयताको अधिकारको उल्लङ्घन गरेको, गैरकानुनी हिरासतमा राखिएको, कानुनी परामर्शको उचित अवसर नदिइएको, मानवीय सम्मान वा आत्म सम्मानमा चोट पुर्याउने प्रयास भइरहेको पौडेलले दर्ता गरेको उजुरीमा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले घोषणा गर्‍यो क्यान्डिडेट क्लब, फागुन २१ को चुनावका उम्मेदवारले आवेदन दिनै नपाउने

रास्वपाले घोषणा गर्‍यो क्यान्डिडेट क्लब, फागुन २१ को चुनावका उम्मेदवारले आवेदन दिनै नपाउने

आगामी वैशाख अर्थात २०८४ वैशाखमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका गरी ७५३ पालिका र ६ हजार ७४३ वडामा चुनाव हुँदैछ । रास्वपाले यी पालिकाका ३५...
किशोर श्रेष्ठविरुद्ध उपसभामुख रुवी कुमारीले दिइन् जाहेरी

किशोर श्रेष्ठविरुद्ध उपसभामुख रुवी कुमारीले दिइन् जाहेरी

जाहेरीमा उपसभामुख ठाकुरले किशोर श्रेष्ठ सम्पादक तथा सञ्चालक रहेको सामाजिक सञ्जाल फेसबुक पेज जनआस्थामा आफ्नो मर्यादा र संवैधानिक ओजलाई धमिल्याउने तथा व्यक्तिगत चरित्र र प्रतिष्ठामा गम्भीर र अपूरणीय...
करदाता प्रोत्साहन पुरस्कारः पहिलो बम्पर उपहार विजेता जोशी र एक लाख विजेता अर्याललाई अर्थमन्त्रीद्वारा पुरस्कार रकम हस्तान्तरण

करदाता प्रोत्साहन पुरस्कारः पहिलो बम्पर उपहार विजेता जोशी र एक लाख विजेता अर्याललाई अर्थमन्त्रीद्वारा पुरस्कार रकम हस्तान्तरण

साउनको पहिलो पाक्षिकको १० लाख रुपैयाँको बम्पर उपहार धनगढीका हेमराज जोशीले जितेका थिए । २५० रुपैयाँको बिजुलीको बल्ब किन्दा उनलाई १० लाख राशिको उपहार परेको थियो ।
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले परामादेश जारी गरेको हो ।

भर्खरै