नेभिगेशन
सबै कुरा

सवारी ज्यान मुद्दा झाँक्री प्रकाश भुजेल पुर्पक्षका लागि कारागार चलान

काठमाडौँ । सवारी ज्यान मुद्दामा पक्राउ परेको झाँक्री प्रकाश भुजेल पुर्पक्षका लागि कारागार चलान भएका छन्।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश खेमराज भट्टको इजलासले आइतबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। शंखरापुर नगरपालिका ९ स्थित साँखु–थली सडकखण्डमा उनले चलाएकोे कारको ठक्करबाट गत कात्तिक २८ गते मोटरसाइकलमा सवारी दम्पत्तीको ज्यान गएको थियो । 

City Express

दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका २, आलापोटका ३८ वर्षका नारायण नगरकोटी र उनकी पत्नी ३२ वर्षकी सानुमाया नगरकोटी घाइते भएका थिए। उनीहरूलाई तत्काल शंखरापुरस्थित अस्पताल लगिएको थियो।

त्यहाँबाट थप उपचारका लागि ग्रान्डी अस्पताल लगिएको थियो। अस्पतालमा भोलिपल्ट दुवै जनाको मृत्यु भएको थियो। दुर्घटनापछि कार त्यहीँ छाडेर भागेका झाँक्रीपछि बौद्ध प्रहरी वृत्तमा उपस्थित भएका थिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीन सेकेन्डको भिडियोको आवाज समेत नसुनी अनावश्यक आरोप लगाइयोः मनिष झा

तीन सेकेन्डको भिडियोको आवाज समेत नसुनी अनावश्यक आरोप लगाइयोः मनिष झा

आगो लगाइनु गलत हो भन्दै आफूले त्यसलाई रोक्न खोजेको उनको भनाई छ । तर वास्तविक कुरा बुझ्ने प्रयास समेत नगरी, भिडियो बोलेको अडियो समेत नसुनी पत्याइदिने समाजप्रति पनि...
सोमबार राति १० बजेदेखि अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो

सोमबार राति १० बजेदेखि अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले पहिरो पन्छाएर राजमार्ग खुलाएको जानकारी दिए । उनका अनुसार तत्कालका लागि पहिरो पन्छाए पनि जोखिम टरिसकेको छैन । डोजरले पन्छाउँदै...
७६ जनाको हत्या संलग्नतामा फिलिपिन्सका पूर्वराष्ट्रपति डुटेर्टे दोषी ठहर

७६ जनाको हत्या संलग्नतामा फिलिपिन्सका पूर्वराष्ट्रपति डुटेर्टे दोषी ठहर

अन्तर्राष्ट्रिय अपराध अदालत (आइसिसी) का अभियोजनकर्ताले जुलाई ४ मा पेस गरेको १५ पृष्ठ लामो आरोपपत्र सोमबार सार्वजनिक गरिएको हो । यसमा डुटेर्टेले ‘कथित लागुऔषध व्यापारी, प्रयोगकर्ता तथा अन्य...
१९ अक्टोबरदेखि बुध्द एयरले काठमाण्डौ–कोलकाता सिधा उडान भर्ने

१९ अक्टोबरदेखि बुध्द एयरले काठमाण्डौ–कोलकाता सिधा उडान भर्ने

कोलकाता–काठमाण्डौको सिधा हवाई सेवा सञ्चालन गर्ने बुध्द एयर एकमात्र नेपाली विमान सेवा कम्पनि हो । शुरुमा साताको तीन दिन आइतवार, मंगलवार र बिहिवार उडान सञ्चालन गर्नेछ । काठमाडौंबाट...