नेभिगेशन
सबै कुरा

हुम्लामा हिमपात: उत्तरी नाम्खाका चाला, लिमी, हिल्सा, यारी क्षेत्रको जनजीवन प्रभावित

सिमकोट । हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात  सुरु भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहराले बताए ।  यस वर्ष ढिला गरी जिल्लामा हिमपात सुरु भएसँगै यहाँका किसान खुसी भएका छन् । हुम्लीवासीले हिमपातपछि मौसम ठीक हुने र खेती सप्रिने विश्वास समेत राखेका छन् । हिमपातले गहुँ, जौ र उवा खेतीलाई राम्रो हुने भन्दै जिल्लाका किसान खुसी भएका छन् । 

Ncell
Extreme Energy

हिमपातपछि सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ । उत्तरी नाम्खाका चाला, लिमी, हिल्सा, यारीलगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिमपातसँगै चिसो बढेको छ भने हुम्लाको तापक्रम यसअघि नै माइनसमा झरिसकेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार उक्त अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता प्राप्त...
एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

“रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीको आबद्धताले हाम्रो टोलीलाई थप बलियो बनाउनेछ । उनको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवबाट यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा...
उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए ।
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी  र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी-जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको...