नेभिगेशन
सबै कुरा

राष्ट्रिय मानवअधिकार आयोगमा गएनन् प्रहरी महानिरीक्षक बसन्त कुँवर, पुन: पत्र काटिने

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले बयानका लागि बोलाए पनि प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर आयोगमा उपस्थित भएनन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि चितवनमा प्रहरीले गरेको अमानवीय व्यवहारबारे बयानका लागि राष्ट्रिय मानवअधिकार आयोगले साेमबारका लागि महानिरीक्षक कुँवरलाई बोलाए पनि उनी अनुपस्थित भएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोगले सोमबार दिउँसो १२ः३० मा कुँवरलाई आयोगमा उपस्थित हुन पत्र काटेपनि उनले प्रहरी प्रधान कार्यालयका अन्य अधिकारीलाई पठाएको आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले जानकारी दिए । ‘हामीले उहाँलाई उपस्थित हुन भनेर पत्र पठाएका थियौँ । उहाँले आफू बाहिर रहेको भन्दै अन्य अधिकारीहरुलाई पठाउनुभएको थियो । उहाँहरुसँग सामान्य सोधपुछ भएको छ । हामी महानिरीक्षकज्यूसँग नै सोधपुछ गर्नेछौँ । त्यसका लागि पुनः पत्र काट्छौँ ।’, प्रवक्ता पोखरेलले बताए । 

Ncell
Extreme Energy

प्रहरी महानिरीक्षकलाई बयानमा बोलाइए पनि आयोगमा बयानका लागि एआईजी टेकबहादुर तामाङ र केन्द्रीय प्रवक्ता डिआइजी दानबहादुर कार्की गएका थिए । दिउँसो करिब १२ः३० मा पुगेका उनीहरु २ बजे आयोगबाट बाहिरिएका हुन् । 

सहकारी प्रकरणमा अनुसन्धानका लागि चितवन लगिएका लामिछानेलाई कुँवरको ठाडो निर्देशनमा मंसिर १९ गते मध्यराति १२ः ०५ मा पोखराका लागि हिँडाइएको थियो । दिनभर बयान सकेर आराम गरिरहेका लामिछानेलाई परिवारलाई समेत जानकारी नदिई पोखरा लगिएको थियो । 

अस्वस्थ रहेको अवस्थाका लामिछानेलाई आफन्त र कानुन व्यवसायीलाई समेत झुक्याएर इच्छाविपरीत मध्यराति हिरासत सारिएको घटनाप्रति सर्वत्र प्रश्न उठेको छ । 

भोलिपल्ट  उडानमार्फत पोखरा लैजाने भनिएकोमा सुत्न लागेको अवस्थामा उनलाई जबर्जस्ती गाडीमा राखेर पोखरा लगिएको भन्दै प्रहरीको दुर्व्यवहारमाथि प्रश्न उठिरहेको छ । पोखरा पु¥याइएका लामिछानेको स्वास्थ्य परिक्षण गर्दा रक्तचाप अस्वभाविक देखिएको थियो । 

घटनाको दोस्रो दिन शुक्रबार रवि पत्नी निकिता पौडेलले प्रहरी महानिरीक्षक कुँवरलगायत माथि छानबिन गरी कारवाहीको माग गर्दै आयोगमा उजुरी दिएकी थिइन् । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आयोगमा उजुरी दिएको थियो ।

उजुरीपछि आयोगले नेपाल प्रहरी प्रधान कार्यालयमा पत्राचार गरि जवाफ मागेको थियो । तर, घटना संवेदनशिल देखिएकाले आज प्रहरी प्रमुखलाई आयोगमै उपस्थित गराएर जवाफ माग्न लागिएको आयोगले जनाएको थियो  ।

रविमाथि अमानवीय व्यवहार प्रकरणमा सोधपुछ गर्न प्रहरी प्रमुख बसन्त कुँवरलाई मानव अधिकार आयोगले बोलायो

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
करदाता प्रोत्साहन पुरस्कारः पहिलो बम्पर उपहार विजेता जोशी र एक लाख विजेता अर्याललाई अर्थमन्त्रीद्वारा पुरस्कार रकम हस्तान्तरण

करदाता प्रोत्साहन पुरस्कारः पहिलो बम्पर उपहार विजेता जोशी र एक लाख विजेता अर्याललाई अर्थमन्त्रीद्वारा पुरस्कार रकम हस्तान्तरण

साउनको पहिलो पाक्षिकको १० लाख रुपैयाँको बम्पर उपहार धनगढीका हेमराज जोशीले जितेका थिए । २५० रुपैयाँको बिजुलीको बल्ब किन्दा उनलाई १० लाख राशिको उपहार परेको थियो ।
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले परामादेश जारी गरेको हो ।
बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

प्रदेश प्रमुख देवकोटाले सोमबार  विज्ञप्ति जारी गर्दै नेपालको संविधान बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका...
भारतीय सेनाध्यक्ष नेपाली सेनाको मानार्थ महारथी तस्बिरहरू)

भारतीय सेनाध्यक्ष नेपाली सेनाको मानार्थ महारथी तस्बिरहरू)

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन् ।

भर्खरै