नेभिगेशन
सबै कुरा
इजरायलमा हमास आतंक :

इजरायलमा अस्ताए कैलालीका नारायण, आफन्त भन्छन्ः “सरकारले ज्युँदो ल्याउन नसकेपनि मृत शरीर छिट्टै ल्याइदियोस्”

कैलाली : शनिबार बिहानै प्यालेस्टाइनको हमास समूहले इजरायलमा रकेट बम हानेका समाचार सामाजिक सञ्जाल भरी फैलिए । कृषिको अध्ययन तथा रोजगारीका लागि नेपालबाट करिब ५ हजार विद्यार्थी तथा श्रमिक इजरायल पुगेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्यालेस्टाइनको गाजा क्षेत्रबाट बम आक्रमण भएको विषय धेरैका लागि समाचार मात्रै थियो तर इजरायलमा छोराछोरी तथा आफन्त भएकाहरूका लागि भने त्यो भयानक संकेत थियो । 

Ncell
Extreme Energy

विशेषगरी प्रयोगात्मक सिकाइ सँगै कमाइ गर्ने अवसर खोज्दै सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू गाजा क्षेत्रबाट नजिक रहेको इजरायलका फार्म हाउसहरुमा पुगेका थिए ।

इजरायलमा छोराछोरी र आफन्त भएकाहरूले सम्पर्क गर्न प्रयास गरिरहेका थिए । अधिकांश सम्पर्कमा आएका थिएनन् । सम्पर्कमा आएकाहरूको अवस्था भयानक थियो । कोही घाइते भएर अस्पतालमा छटपटाइरहेका थिए त कोही बङ्करबाट गुहार मागिरहेका थिए । 

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्नातक तहमा अध्ययनरत कैलालीका नारायण प्रसाद न्यौपाने भदौ २५ गते विश्वविद्यालयबाटै इजरायल पुगेका थिए ।

४ दिन अघि बाबुसँग फोनमा कुर गर्दै घरमा वाइफाइको पैसा रिजार्च गरिदिएर फोन राखेका थिए नारायणले । त्यसपछि भने उनको फोन आएन, उनी हमास समूहको आक्रमणमा परेको खबर आयो, इजरायलस्थित नेपाली दुतावासले हमासको आक्रमणमा परि मृत्यु हुनेको सूचीमा उनको नाम पनि सार्वजनिक गर्यो । 

उक्त समाचारले न्यौपाने परिवार अहिले विक्षिप्त छन् । छोराको निधनको पीडाले आइतबार साँझदेखि नारायणका बाबुले पानी समेत पिएका छैनन् । 


पढाईमा अब्बल नारायण छिमेकमा कसैसँग नराम्रो नबोल्ने स्वभावका थिए । गाउँघरमै ३५ हजारसम्मको रोजगारी त्यागेर राम्रो ठाउँमा पढ्छु, पैसा पनि कमाउँछु भन्दै गएको छोराको निधन भएपछि यतिबेला नारायणमात्र हैन, पुरै गाउँनै स्तब्ध भएको छ । 

अहिले पनि नारायणको मृत्यु भयो होला भन्ने स्वीकार गर्न परिवारले सकिरहेको छैन । “कतैबाट कसैले यो खबर असत्य हो भनिदिनोस्” नारायणका बुबा प्रार्थना गर्छन् । नारायण सानै हुँदा आमाको निधन भएपछि बाबुले तीन छोरा हुर्काए । अहिले जेठो छोरा भारतको बैङग्लोरमा छन् भने कान्छा सानै छन् । 

छरछिमेकीहरू अहिले नारायणको परिवारलाई सम्झाउन सकिरहेका छैनन् । उनीहरु भन्छन् “सरकारले ज्युँदो ल्याउन नसकेपनि मृत शरीर छिट्टै ल्याइदियोस्” । 

नारायण इजरायलमा कृषिको सीप पनि सिकिने र कमाई पनि राम्रो हुने भएकाले केही पैसा जम्मा गरेर नेपालमै कृषि क्षेत्रमा राम्रो व्यवसाय गर्ने सपना सुनाउँथे । 

आतङ्कवादी हमास समूहको आक्रमणमा परी नारायणको शरीरमात्रै हैन उनीसँगै इजरायलमै उनको सपना पनि विलीन भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
टावरको टुप्पोमा फहराएको प्रेम

टावरको टुप्पोमा फहराएको प्रेम

चीनको उक्त भवन निमार्णकै उपक्रममा थियो, चढ्ने अनुमति कसैलाई थिएन । उनीहरुको शाहसलाई कसले छेकबार गर्ने ? उनीहरुले लुकेर चढ्ने योजना बनाए र अन्ततः उनीहरुको शाहस, समर्पण शिखरित...
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई विदाइ गरेको केही समय पछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफुहरुले क्षेत्रीय स्थिरता,  द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरुमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको...
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई...