नेभिगेशन
सबै कुरा
इजरायलमा हमास आतंक :

इजरायलमा अस्ताए कैलालीका नारायण, आफन्त भन्छन्ः “सरकारले ज्युँदो ल्याउन नसकेपनि मृत शरीर छिट्टै ल्याइदियोस्”

कैलाली : शनिबार बिहानै प्यालेस्टाइनको हमास समूहले इजरायलमा रकेट बम हानेका समाचार सामाजिक सञ्जाल भरी फैलिए । कृषिको अध्ययन तथा रोजगारीका लागि नेपालबाट करिब ५ हजार विद्यार्थी तथा श्रमिक इजरायल पुगेका थिए । 

प्यालेस्टाइनको गाजा क्षेत्रबाट बम आक्रमण भएको विषय धेरैका लागि समाचार मात्रै थियो तर इजरायलमा छोराछोरी तथा आफन्त भएकाहरूका लागि भने त्यो भयानक संकेत थियो । 

Dish home
City Express

विशेषगरी प्रयोगात्मक सिकाइ सँगै कमाइ गर्ने अवसर खोज्दै सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू गाजा क्षेत्रबाट नजिक रहेको इजरायलका फार्म हाउसहरुमा पुगेका थिए ।

इजरायलमा छोराछोरी र आफन्त भएकाहरूले सम्पर्क गर्न प्रयास गरिरहेका थिए । अधिकांश सम्पर्कमा आएका थिएनन् । सम्पर्कमा आएकाहरूको अवस्था भयानक थियो । कोही घाइते भएर अस्पतालमा छटपटाइरहेका थिए त कोही बङ्करबाट गुहार मागिरहेका थिए । 

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्नातक तहमा अध्ययनरत कैलालीका नारायण प्रसाद न्यौपाने भदौ २५ गते विश्वविद्यालयबाटै इजरायल पुगेका थिए ।

४ दिन अघि बाबुसँग फोनमा कुर गर्दै घरमा वाइफाइको पैसा रिजार्च गरिदिएर फोन राखेका थिए नारायणले । त्यसपछि भने उनको फोन आएन, उनी हमास समूहको आक्रमणमा परेको खबर आयो, इजरायलस्थित नेपाली दुतावासले हमासको आक्रमणमा परि मृत्यु हुनेको सूचीमा उनको नाम पनि सार्वजनिक गर्यो । 

उक्त समाचारले न्यौपाने परिवार अहिले विक्षिप्त छन् । छोराको निधनको पीडाले आइतबार साँझदेखि नारायणका बाबुले पानी समेत पिएका छैनन् । 


पढाईमा अब्बल नारायण छिमेकमा कसैसँग नराम्रो नबोल्ने स्वभावका थिए । गाउँघरमै ३५ हजारसम्मको रोजगारी त्यागेर राम्रो ठाउँमा पढ्छु, पैसा पनि कमाउँछु भन्दै गएको छोराको निधन भएपछि यतिबेला नारायणमात्र हैन, पुरै गाउँनै स्तब्ध भएको छ । 

अहिले पनि नारायणको मृत्यु भयो होला भन्ने स्वीकार गर्न परिवारले सकिरहेको छैन । “कतैबाट कसैले यो खबर असत्य हो भनिदिनोस्” नारायणका बुबा प्रार्थना गर्छन् । नारायण सानै हुँदा आमाको निधन भएपछि बाबुले तीन छोरा हुर्काए । अहिले जेठो छोरा भारतको बैङग्लोरमा छन् भने कान्छा सानै छन् । 

छरछिमेकीहरू अहिले नारायणको परिवारलाई सम्झाउन सकिरहेका छैनन् । उनीहरु भन्छन् “सरकारले ज्युँदो ल्याउन नसकेपनि मृत शरीर छिट्टै ल्याइदियोस्” । 

नारायण इजरायलमा कृषिको सीप पनि सिकिने र कमाई पनि राम्रो हुने भएकाले केही पैसा जम्मा गरेर नेपालमै कृषि क्षेत्रमा राम्रो व्यवसाय गर्ने सपना सुनाउँथे । 

आतङ्कवादी हमास समूहको आक्रमणमा परी नारायणको शरीरमात्रै हैन उनीसँगै इजरायलमै उनको सपना पनि विलीन भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हमासद्वारा विपिन जोशीको मृत्यु पुष्टि, जोशी सहित ४ जनाको शव इजरायललाई बुझाउँदै

हमासद्वारा विपिन जोशीको मृत्यु पुष्टि, जोशी सहित ४ जनाको शव इजरायललाई बुझाउँदै

इजरायलका मिडियाका अनुसार हमासले इ इलौज, योस्सी शराबी, बिपिन जोशी, डानियल पेरेत्सको शव बुझाउन लागेको हो । आजै इजरायली सेनाले विपिनको परिवार समेतलाई उनी जिवित रहेको प्रमाण फेला...
गाजाबाट मुक्त हुने २० जीवित इजरायली बन्धकहरू, छैन विपीन जोशीको नाम

गाजाबाट मुक्त हुने २० जीवित इजरायली बन्धकहरू, छैन विपीन जोशीको नाम

इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताअन्तर्गत इजरायलले अझै जीवित रहेको विश्वास गर्ने गाजामा बन्दी बनाइएका २२ जना जीवित बन्दीमध्ये रिहा हुने अपेक्षा गरिएको २० जनाको सूचीमा नेपाली नागरिक...
भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार

भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको सरकारले गत वर्षको राष्ट्रपति चुनाव अघि मचाडोलाई अयोग्य ठहर गर्दै उनको चुनावी उम्मेदवारीलाई रोकेको थियो । उनलाई विस्थापित गरी एडमुन्डो गोन्जालेजलाई उम्मेदवार बनाइएको थियो...
शाही स्वागतपछि ट्रम्प–स्टार्मर भेट–प्राविधिक साझेदारीदेखि कठिन राजनीतिक छलफलसम्म

शाही स्वागतपछि ट्रम्प–स्टार्मर भेट–प्राविधिक साझेदारीदेखि कठिन राजनीतिक छलफलसम्म

बुधबार विन्डसर क्यासलमा राजा चार्ल्स तृतीय र रानी क्यामिलाले ट्रम्प दम्पतीलाई सुनौलो गाडी, तोप सलामी र भव्य भोजसहित राजकीय सम्मान गरेका थिए । बेलायती अधिकारीहरूले यो भ्रमणलाई ‘अभूतपूर्व’...

भर्खरै