नेभिगेशन
सबै कुरा

दुई खर्बको पोल्ट्री व्यवसाय संकटमाः व्यवयायी भन्छन् ‘हाम्रा कुरा कसैले सुनेन’

चितवन। ठूलो लगानी गरेका व्यवसायी पनि बैंकको ऋणको भरमा छन् । उनीहरुलाई बैंकको किस्ता र ब्याज कसरी तिर्ने भन्ने पीर छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 बैंकको ऋण टिकाउनैका लागि कतिपयले कुखुरा पालिरहेका छन् । उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार नेपालमा अण्डा पार्ने लेयर्स कुखुरा फार्म आठ हजार वटासम्म पुगेका थिए । यो सङ्ख्या घटेर अहिले चार हजारभन्दा तल छ । पोल्ट्री व्यवसायीसमेत रहेका कडेल भन्छन् “धेरै विस्थापित भए, जति छन् उनीहरूमध्ये आधाले बैंकलाई देखाउनकै लागि मात्रै कुखुरा पालिरहेका छन् ।”

Ncell
Extreme Energy

पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले लेयर्स कुखुरा फार्म, ह्याचरीसहित पोल्ट्रीसँग सम्बन्धित किसान र व्यवसायी धेरैजसो विस्थापित भएको बताए । सरकारको नीतिका कारण धेरै समस्या व्यहोर्नुपरेको उनको गुनासो रहेको छ । 

कोभिडअघिसम्म दैनिक ५५ लाख हाराहारी अण्डा उत्पादन हुने गरेकामा अहिले घटेर ३० लाख हाराहारीमा झरेको उनको भनाइ छ । पाँच लाख व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको यो व्यवसाय धान्न मुस्किल अवस्थामा पुगेको उनि बताउँछन् ।

पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार तीन सय ४८ ह्याचरी घटेर एक सय २० मा झरेका छन् । 

भएकामध्येले पनि क्षमताको आधाभन्दा कम उत्पादन गरिरहेका छन् । 

उनले भने, “पछिल्ला वर्षहरूमा पोल्ट्रीसँग सम्बन्धित सबै उद्योग धरासायी बन्दै गएका छन् ।” राज्यले नहेर्ने हो भने केही समयपछि नै सम्पूर्ण व्यवसाय धरासायी हुने उनि बताउँछन् ।

बैंकको ऋणले मात्रै व्यवसाय टिकेको जनाउँदै समयमा सुधार हुन नसके कुल ग्रार्हस्थ उत्पादनमा करिब चार प्रतिशत योगदान दिएको यो व्यवसाय समाप्त भएर जाने किसानहरु बताउँछन् । पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट राज्यले व्यवसायीका समस्या बुझ्न नसक्दा पोल्ट्री व्यवसाय समस्यामा परेको बताए । 

उनले भने“सरकार फेरिएपिच्छे मन्त्री र प्रधानमन्त्रीसम्म कुरा पुर्याएका छौँ, हाम्रा कुरा कसैले सुनेन ।”

नेपालको पोल्ट्री क्षेत्रमा दुई खर्बभन्दा बढी लगानी रहेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१...
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १५४ रुपैयाँ २८...
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
सुशासनमा निर्मम बने अर्थमन्त्री वाग्ले, अब सरकारी बजेटको दुरुपयोग रोकिने

सुशासनमा निर्मम बने अर्थमन्त्री वाग्ले, अब सरकारी बजेटको दुरुपयोग रोकिने

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले वित्तीय सुशासन कायम राख्न निर्मम बनेका छन् । सरकारी बजेटको दुरुपयोग रोक्न उनले नयाँ उपायहरु अवलम्बन गरेका छन् ।