नेभिगेशन
सबै कुरा

दूतावासको सम्पर्कमा आएका धेरैजसो नेपाली नेपाल फर्कन चाहेनन्

इजरायस्थित नेपाली दूतावासको सम्पर्कमा आएका ४ सय नेपालीमध्ये एक सय हाराहारीले मात्र तत्काल नेपाल फर्कन चाहेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरुले तेलअभिवस्थित नेपाली दूतावासमा सम्पर्क गरेर नाम टिपाएका हुन् भने सम्पर्कमा आएका अन्यले भने आफूहरुलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि अपिल गरेका छन् । त्यस्तै अन्य कोही नेपाल फर्कन चाहे उनीहरुको समेत विवरण संकलन  गरिरहेको इजरायस्थित नेपाली दूतावासले जानकारी गराएको छ । 

Ncell
Extreme Energy

तत्काल नेपाल फर्कन चाहाने नेपालीहरुलाई इजरायलले सहमती दिनासाथ नेपालबाट विमान झिकाएर नेपाल पठाउने दूतावासको तयारी छ । त्यस्तै परराष्ट्र मन्त्रालयका पदाधिकारी समेत आफूहरुले इजरायको निर्णय कुरेर बसेको बताएका छन् । 

प्यालेस्टाइनको आतंकवादी समूह हमासले शनिबार बिहानदेखि एक्कासी इजरायमाथि आक्रमण गरेपछि अहिले इजरायलले सबैतिर सिल गरेको छ । 

हमास समूहले गरेको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट सिक्दै कमाउँदै कार्यक्रममार्फत इजरायल पुगेका ४९ मध्ये १० नेपालीको मृत्यु भएको थियो । अन्य विद्यार्थीलाई भने सोमबार इजरायली सेनाले सुरक्षित स्थानतर्फ स्थानान्तरण गरेको छ । 

त्यस्तै परराष्ट्रमन्त्री एनपी साउदले नेपालबाट इजरायलमा कुनै पनि संस्थागत वा व्यक्तिगत भ्रमण नगर्न सुझाव दिएका छन् । आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले इजरायल भ्रमण नगर्न आग्रह गरेका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
टावरको टुप्पोमा फहराएको प्रेम

टावरको टुप्पोमा फहराएको प्रेम

चीनको उक्त भवन निमार्णकै उपक्रममा थियो, चढ्ने अनुमति कसैलाई थिएन । उनीहरुको शाहसलाई कसले छेकबार गर्ने ? उनीहरुले लुकेर चढ्ने योजना बनाए र अन्ततः उनीहरुको शाहस, समर्पण शिखरित...
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई विदाइ गरेको केही समय पछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफुहरुले क्षेत्रीय स्थिरता,  द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरुमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको...
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई...