नेभिगेशन
सबै कुरा

वर्षमान पुनले भने ‘प्रचण्डमाथि भ्रष्टाचार आरोप,केपी ओलीमा असन्तुलन पैदा हुँदाको अभिव्यक्ति'

ललितपुर। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले प्रधानमन्त्री केपी ओलीलाई सन्तुलन नगुमाउन आग्रह गरेका छन् । ललितपुरको कोन्ज्योसोममा पार्टीको गाउँपालिका सम्मेलनको शनिबार उदघाटन गर्दै पुनले प्रधानमन्त्री पदको मर्यादा कायम गर्न संयमित हुन ओलीलाई आग्रह गरे। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ओलीमा असन्तुलन पैदा भएका कारण आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि भ्रष्टचारीको आरोप लगाएको पुनको भनाइ थियो । ‘प्रधानमन्त्रीको ओहोदामा बसेर ओलीजी असन्तुलित अभिव्यक्ति दिँदै हिंड्नुभएको छ’, पुनले भने, ‘ठूलो पार्टी आफ्नै, सत्ता उहाँकै, प्रहरी उहाँकै, सबै चिज आफ्नो हातमा भएको मान्छे हामीले प्रचार संयन्त्र दुरुपयोग गरेको भन्नुहुन्छ’, पुनले भने, ‘हाम्रो अध्यक्षमाथि ठूलो भ्रष्टाचारीको आरोप लगाएर उहाँले असन्तुलित अभिव्यक्ति दिनुभएको छ, यसको हामी निन्दा गर्छौं ।’ पुनले गिरीबन्धुसहित आफूमाथि भ्रष्टाचारको आरोप लागेका प्रकरणबारे निष्पक्ष छानबिन गराउन तयार हुन ओलीलाई भने । प्रचण्डले प्रधानमन्त्री भएका बेला आफ्ना पार्टीका नेता, परिवारका मानिस वा आफू स्वयं अनियमितता र राज्य दोहनमा संलग्न भएको भेटिए छानबिन गर्न प्रहरी नेतृत्वलाई खुला रुपमा अपिल गरेको भन्दै उनले त्यस्तो आँट गर्न ओलीलाई चुनौती दिए । 

Ncell
Extreme Energy

दायाँबायाँ भ्रष्टाचार, राज्य दोहन र नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका मन्त्रीहरु राखेर ओलीले ‘भ्रष्टाचार गर्दिन र गर्न दिन्न’ भन्ने गफ दिइरहेको भन्दै पुनले जनताले ओलीको कुरा पत्याउन छाडेको बताए । ‘प्रधानमन्त्री, मन्त्री हामी पनि भएका हौं । राज्य संयन्त्र र प्रहरी चलाएको अनुभव हामीसँग पनि छ । हामी कुनै दिन फेरि पनि चलाउँछौं’, पुनले भने, ‘प्रतिपक्षी दलका नेतालाई आधारहीन आरोप लगाएर, राज्य सत्ताको दुरुपयोग गरेर ठीक लगाउन सक्छु भन्ने नठाने हुन्छ । किनकी जनताले बुझेको छ । सिसाको घरमा बसेर अरुलाई ढुंगा हान्ने काम नगर्नुस् ।’ पुनले सहकारी ठगी प्रकरणमा आफ्नो दल र सत्तारुढ काँग्रेसका नेता जोगाउन ओली लागेको आरोप लगाए । 

यो सरकार गठन भएपछि मुलुकमा भ्रष्टाचार, अनियमितात र राज्य दोहनका लागि मिलेमतो बढेर गएको उल्लेख गरे । फरक प्रसंगमा पुनले आगामी ०८४ को निर्वाचनमा काँग्रेस र एमालेले आफूहरुविरुद्ध चुनाबी गठबन्धन गर्ने तयारी गरेको उल्लेख गरे । त्यसको मुकाबिला गर्न आफूहरु तयार रहेको उनको भनाइ थियो । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा धेरै ठाउँमा काँग्रेस–एमाले गठबन्धनलाई आफ्नो दलका उम्मेदवारले हराएको उनले बताए । 

‘सरकार र सत्तारुढ दलले गरेका विकृतिका विरुद्ध खबरदारी गछौं । पार्टी र एजेण्डालाई रुपान्तरण गरेर आफ्नै खुट्टामा उभिन सक्ने पार्टी बनाउँछौं । माओवादी सही विचार  राजनीतिक नेतृत्व र एजेण्डासहितको विकल्प हो भन्ने जनताले बुझ्न थालेका छन्’, पुनले भने । १८ महिना सरकार र ५ महिना प्रतिपक्षमा बस्दा माओवादीप्रति जनआकर्षण बढेर गएको दाबी पनि पुनले गरे।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अब सबै सरकारी कर्मचारीलाई १५–१५ दिनमा तलब

अब सबै सरकारी कर्मचारीलाई १५–१५ दिनमा तलब

अब संघीय सरकार अन्तर्गतका सबै निकायका कर्मचारीले महिनामा दुई पटक तलब पाउने भएका छन् । यसको अर्थ कर्मचारीहरुले हरेक १५ दिनमा तलब पाउने छन् ।
सुनको मूल्य स्थिरः चाँदीको घट्यो

सुनको मूल्य स्थिरः चाँदीको घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज  छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार आठ सय र चाँदीको मूल्य रु चार हजार सात सय ५५ कायम भएको बताएको छ...
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह

मतदाताको मृत्यु पछि एकाघर परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्युदर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा यथाशीघ्र सूचना दिई मतदाता नामावली अद्यावधिक गर्न सकिने व्यवस्था छ ।  मतदाता नामावलीलाई...
मनसुन सक्रियः यी ठाउँमा आज भारी वर्षा हुने, तराईमा हावाहुरीको सम्भावना

मनसुन सक्रियः यी ठाउँमा आज भारी वर्षा हुने, तराईमा हावाहुरीको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ ।