नेभिगेशन
सबै कुरा

वर्षमान पुनले भने ‘प्रचण्डमाथि भ्रष्टाचार आरोप,केपी ओलीमा असन्तुलन पैदा हुँदाको अभिव्यक्ति'

ललितपुर। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले प्रधानमन्त्री केपी ओलीलाई सन्तुलन नगुमाउन आग्रह गरेका छन् । ललितपुरको कोन्ज्योसोममा पार्टीको गाउँपालिका सम्मेलनको शनिबार उदघाटन गर्दै पुनले प्रधानमन्त्री पदको मर्यादा कायम गर्न संयमित हुन ओलीलाई आग्रह गरे। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ओलीमा असन्तुलन पैदा भएका कारण आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि भ्रष्टचारीको आरोप लगाएको पुनको भनाइ थियो । ‘प्रधानमन्त्रीको ओहोदामा बसेर ओलीजी असन्तुलित अभिव्यक्ति दिँदै हिंड्नुभएको छ’, पुनले भने, ‘ठूलो पार्टी आफ्नै, सत्ता उहाँकै, प्रहरी उहाँकै, सबै चिज आफ्नो हातमा भएको मान्छे हामीले प्रचार संयन्त्र दुरुपयोग गरेको भन्नुहुन्छ’, पुनले भने, ‘हाम्रो अध्यक्षमाथि ठूलो भ्रष्टाचारीको आरोप लगाएर उहाँले असन्तुलित अभिव्यक्ति दिनुभएको छ, यसको हामी निन्दा गर्छौं ।’ पुनले गिरीबन्धुसहित आफूमाथि भ्रष्टाचारको आरोप लागेका प्रकरणबारे निष्पक्ष छानबिन गराउन तयार हुन ओलीलाई भने । प्रचण्डले प्रधानमन्त्री भएका बेला आफ्ना पार्टीका नेता, परिवारका मानिस वा आफू स्वयं अनियमितता र राज्य दोहनमा संलग्न भएको भेटिए छानबिन गर्न प्रहरी नेतृत्वलाई खुला रुपमा अपिल गरेको भन्दै उनले त्यस्तो आँट गर्न ओलीलाई चुनौती दिए । 

Ncell
Extreme Energy

दायाँबायाँ भ्रष्टाचार, राज्य दोहन र नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका मन्त्रीहरु राखेर ओलीले ‘भ्रष्टाचार गर्दिन र गर्न दिन्न’ भन्ने गफ दिइरहेको भन्दै पुनले जनताले ओलीको कुरा पत्याउन छाडेको बताए । ‘प्रधानमन्त्री, मन्त्री हामी पनि भएका हौं । राज्य संयन्त्र र प्रहरी चलाएको अनुभव हामीसँग पनि छ । हामी कुनै दिन फेरि पनि चलाउँछौं’, पुनले भने, ‘प्रतिपक्षी दलका नेतालाई आधारहीन आरोप लगाएर, राज्य सत्ताको दुरुपयोग गरेर ठीक लगाउन सक्छु भन्ने नठाने हुन्छ । किनकी जनताले बुझेको छ । सिसाको घरमा बसेर अरुलाई ढुंगा हान्ने काम नगर्नुस् ।’ पुनले सहकारी ठगी प्रकरणमा आफ्नो दल र सत्तारुढ काँग्रेसका नेता जोगाउन ओली लागेको आरोप लगाए । 

यो सरकार गठन भएपछि मुलुकमा भ्रष्टाचार, अनियमितात र राज्य दोहनका लागि मिलेमतो बढेर गएको उल्लेख गरे । फरक प्रसंगमा पुनले आगामी ०८४ को निर्वाचनमा काँग्रेस र एमालेले आफूहरुविरुद्ध चुनाबी गठबन्धन गर्ने तयारी गरेको उल्लेख गरे । त्यसको मुकाबिला गर्न आफूहरु तयार रहेको उनको भनाइ थियो । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा धेरै ठाउँमा काँग्रेस–एमाले गठबन्धनलाई आफ्नो दलका उम्मेदवारले हराएको उनले बताए । 

‘सरकार र सत्तारुढ दलले गरेका विकृतिका विरुद्ध खबरदारी गछौं । पार्टी र एजेण्डालाई रुपान्तरण गरेर आफ्नै खुट्टामा उभिन सक्ने पार्टी बनाउँछौं । माओवादी सही विचार  राजनीतिक नेतृत्व र एजेण्डासहितको विकल्प हो भन्ने जनताले बुझ्न थालेका छन्’, पुनले भने । १८ महिना सरकार र ५ महिना प्रतिपक्षमा बस्दा माओवादीप्रति जनआकर्षण बढेर गएको दाबी पनि पुनले गरे।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलका सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले लागुऔषधका चक्की सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी समेत रहेका प्रहरी...
एनपिएल : दक्षिण अफ्रिकाका मिलर कर्णालीमा आबद्ध

एनपिएल : दक्षिण अफ्रिकाका मिलर कर्णालीमा आबद्ध

मिलरले सन् २०१० मा दक्षिण अफ्रिकाका लागि अन्तरराष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए । उनले एकदिवसीय र टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गर्दै आएका छन् । अन्तरराष्ट्रिय टी–२०...
अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

बैठकले राष्ट्रिय प्रकृति संरक्षण कोषले कार्यान्वयन गर्ने ‘ग्रीन कोशी’ परियोजनाका लागि ९९ लाख २७ हजार ७५० अमेरिकी डलरको अवधारणापत्र स्वीकृत गरेको छ । उक्त परियोजनाले प्रकृतिमा आधारित समाधानमार्फत...
एनपिएलः बङ्गलादेशका शमीम हुसेन लुम्बिनी लायन्समा आबद्ध

एनपिएलः बङ्गलादेशका शमीम हुसेन लुम्बिनी लायन्समा आबद्ध

लुम्बिनीले आज उनलाई अनुबन्ध गरेको जानकारी दिएको हो । लुम्बिनीले फेसबुक पेजमा लेखेको छ, “शमीम हुसेन आधिकारिकरूपमा लायन्स टोलीका सदस्य बनेका छन् । अब मैदानमा आफ्नो खेलमार्फत जवाफ...