नेभिगेशन
सबै कुरा

दाङमा विङ्गर गाडी दुर्घटना, दुई जनाको मृत्यु

दाङ । दाङमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउखोला बक्सकटिङ नजिकै आज बिहान लु१ज ४२९८ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मृत्यु हुनुेमा सिवराज नगरपालिका–३ का ४२ वर्षीया प्रिथी थारु र सोही ठाउँका ६० वर्षीया फुलसी थारु रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिए । 

Ncell
Extreme Energy

कपिलवस्तुको चद्रौटाबाट बर्दियातर्फ जाँदै गरेको गाडी आज बिहान दुर्घटनामा परेको थियो । प्रहरी नायब उपरीक्षक थापाका अनुसार दुर्घटनामा घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । 

प्रहरीका अनुसार गाडीमा १४ जना सवार रहेका थिए । तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको हुनसक्ने प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जाजरकोटका पहिरो प्रभावितका लागि कर्णाली सरकारले ल्यायो राहत प्याकेज

जाजरकोटका पहिरो प्रभावितका लागि कर्णाली सरकारले ल्यायो राहत प्याकेज

कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा पहिरोबाट प्रभावित परिवारको तथ्याङ्क सङ्कलन गर्ने भएको छ ।
देशभर मनसुनी वायुको प्रभाव : बैतडी, कञ्चनपुर, कैलाली, बर्दिया, स्याङ्जा, नवलपुरमा अत्यधिक वर्षा

देशभर मनसुनी वायुको प्रभाव : बैतडी, कञ्चनपुर, कैलाली, बर्दिया, स्याङ्जा, नवलपुरमा अत्यधिक वर्षा

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ ।
आज नागपञ्चमी, नागको पूजाअर्चना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजाअर्चना गरी मनाइँदै

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ ।
उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

निगमका अनुसार विभिन्न ग्यास उद्योगका सिलिन्डर निगमले तोकेका सात बिक्री केन्द्रमार्फत जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रहरी र निगमका कर्मचारीको सहयोगमा वितरण गरिएको हो।