नेभिगेशन
सबै कुरा

सुदुरपश्चिमसँग हार व्योहोर्दै प्लेअफमा पुग्यो कर्णाली

काठमाडाैँ । नेपाल प्रिमियर लिग एनपिएलको आज भएको पहिलो खेलमा सुदुरपश्चिम रोयल्सविरुद्ध कर्णाली याक्सले ६ विकेटले हार व्योहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्रै थियो । सो लक्ष्य पछ्याएको सुदुरपश्चिमले १५.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजको खेलमा हार व्योहोरेपनि कणार्ली याक्स प्लेअफमा भने पुगेको छ । १०२ रनको टार्गेट दिएको कर्णालीविरुद्ध सुदूरपश्चिम रोयल्सले १२.२ ओभरभित्र आउट गराउन सकेको भए कर्णाली प्लेअफबाट बाहिरिने थियो । तर सुदुरपश्चिमले सो सफलता हात पार्न नसकेपछि काठमाडौँ गोर्खाज प्लेअफबाट बाहिरिँदै कर्णाली प्रवेश गरेको हो । 

Ncell
Extreme Energy
लिगको यसअघिकै खेलबाट सुदुरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स र चितवन राइनोज भने प्लेअफमा प्रवेश गरिसकेका थिए । 





प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपिएल : दक्षिण अफ्रिकाका मिलर कर्णालीमा आबद्ध

एनपिएल : दक्षिण अफ्रिकाका मिलर कर्णालीमा आबद्ध

मिलरले सन् २०१० मा दक्षिण अफ्रिकाका लागि अन्तरराष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए । उनले एकदिवसीय र टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गर्दै आएका छन् । अन्तरराष्ट्रिय टी–२०...
एनपिएलः बङ्गलादेशका शमीम हुसेन लुम्बिनी लायन्समा आबद्ध

एनपिएलः बङ्गलादेशका शमीम हुसेन लुम्बिनी लायन्समा आबद्ध

लुम्बिनीले आज उनलाई अनुबन्ध गरेको जानकारी दिएको हो । लुम्बिनीले फेसबुक पेजमा लेखेको छ, “शमीम हुसेन आधिकारिकरूपमा लायन्स टोलीका सदस्य बनेका छन् । अब मैदानमा आफ्नो खेलमार्फत जवाफ...
पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने

कर्णालीले आज उनलाई टोलीमा अनुबन्ध गरेको औपचारिकरूपमा जानकारी दिएको हो । ‘‘टी–२० विश्वकप २०२६ का सर्वाधिक रन बनाउने साहिबजादा फरहानलाई अब कर्णाली याक्समा स्वागत छ,’’ टोलीले सामाजिक सञ्जालमा...
बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपिएल खेल्ने

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपिएल खेल्ने

“एनपिएलको तेस्रो संस्करणका लागि बङ्लादेशका अन्तरराष्ट्रिय अलराउन्डर मोहम्मद सैफउद्दिनलाई आधिकारिक रूपमा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा खुसी लागेको छ”, पोखराले भनेको छ ।