नेभिगेशन
सबै कुरा

रवि लामिछाने विरुद्धको ६०० पृष्ठ लामो अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा

कास्की । कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ५ जना विरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डिएसपी वसन्त शर्माले जानकारी दिए । शर्माका अनुसार रवि लामिछाने, छविलाल जोशी सहितका ५ जना विरुद्ध तीन वटा कसुरमा कारबाही गर्न सिफारिस गरिएको छ । 

Ncell
Extreme Energy

‘प्रहरीले आज आफ्नो अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको छ,’ डीएसपी शर्माले सिधाकुरासँग भने,‘ सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणमा मुद्दा चलाउन सिफारिस गरेका छौँ ।’ डिएसपी शर्माकाअनुसार ६०० बढी पृष्ठको अनुसन्धान प्रतिवेदनमा उक्त कसुरको आधार प्रमाणका रुपमा प्रहरीले बरामद गरेको विवरण पनि समावेश छ । 

सरकारी वकिल कार्यालयमा बुझाइएको अनुसन्धान प्रतिवेदन पोखराको सुर्य दर्शन सहकारीको ठगीसँग सम्बन्धित रहेको कास्की प्रहरीको दाबी छ । अब प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले मुद्दा प्रक्रिया अघि बढाउँछ । सरकारी वकिल कार्यालयले निर्णय गरेर जिल्ला अदालतमा मुद्दा बुझाएपछि लामिछानेसहितका प्रतिवादीहरूको थुनछेक बहस हुनेछ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...
यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरेकाले सुरुङमार्गको माथिल्लो सडक अर्थात नागढुंगा क्षेत्रमा सवारीसाधनको आउजाउ पातलो छ भने नागढुंगा सुरुङ प्रवेशद्वारदेखि मलेखु मुग्लिन खण्डमा सवारीको आउजाउ साविकभन्दा बढी छ...
हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी तत्कालका लागि बाटो खुलाएको हो । पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेले दसैँ पर्वलाई दृष्टिगत गरी...
स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

आज दिउँसो २ः३० बजेको समयमा राङखोला–बिरुवा सडक खण्डको बिरुवा–३ ठाँटीमा स्कुटर अनियन्त्रित भई सोही गाउँपालिकाकी ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी...