नेभिगेशन
सबै कुरा

रवि लामिछाने विरुद्धको ६०० पृष्ठ लामो अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा

कास्की । कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ५ जना विरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डिएसपी वसन्त शर्माले जानकारी दिए । शर्माका अनुसार रवि लामिछाने, छविलाल जोशी सहितका ५ जना विरुद्ध तीन वटा कसुरमा कारबाही गर्न सिफारिस गरिएको छ । 

Ncell
Extreme Energy

‘प्रहरीले आज आफ्नो अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको छ,’ डीएसपी शर्माले सिधाकुरासँग भने,‘ सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणमा मुद्दा चलाउन सिफारिस गरेका छौँ ।’ डिएसपी शर्माकाअनुसार ६०० बढी पृष्ठको अनुसन्धान प्रतिवेदनमा उक्त कसुरको आधार प्रमाणका रुपमा प्रहरीले बरामद गरेको विवरण पनि समावेश छ । 

सरकारी वकिल कार्यालयमा बुझाइएको अनुसन्धान प्रतिवेदन पोखराको सुर्य दर्शन सहकारीको ठगीसँग सम्बन्धित रहेको कास्की प्रहरीको दाबी छ । अब प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले मुद्दा प्रक्रिया अघि बढाउँछ । सरकारी वकिल कार्यालयले निर्णय गरेर जिल्ला अदालतमा मुद्दा बुझाएपछि लामिछानेसहितका प्रतिवादीहरूको थुनछेक बहस हुनेछ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जाजरकोटका पहिरो प्रभावितका लागि कर्णाली सरकारले ल्यायो राहत प्याकेज

जाजरकोटका पहिरो प्रभावितका लागि कर्णाली सरकारले ल्यायो राहत प्याकेज

कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा पहिरोबाट प्रभावित परिवारको तथ्याङ्क सङ्कलन गर्ने भएको छ ।
देशभर मनसुनी वायुको प्रभाव : बैतडी, कञ्चनपुर, कैलाली, बर्दिया, स्याङ्जा, नवलपुरमा अत्यधिक वर्षा

देशभर मनसुनी वायुको प्रभाव : बैतडी, कञ्चनपुर, कैलाली, बर्दिया, स्याङ्जा, नवलपुरमा अत्यधिक वर्षा

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ ।
आज नागपञ्चमी, नागको पूजाअर्चना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजाअर्चना गरी मनाइँदै

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ ।
उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

निगमका अनुसार विभिन्न ग्यास उद्योगका सिलिन्डर निगमले तोकेका सात बिक्री केन्द्रमार्फत जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रहरी र निगमका कर्मचारीको सहयोगमा वितरण गरिएको हो।