नेभिगेशन
सबै कुरा

एनपिएलमा चल्न नसकेको ‘पोखरा एभेन्जर्स’

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, “पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेल बलर हुन् कि ब्याटर छुट्ट्याउन गाह्रो हुने उनको कौसल छ । मैले मात्र होइन्, विश्वले नै छुट्याउन सकिरहेको छैन जस्तो लाग्छ ।”

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जारी एनपिएलमा पोखराका कप्तान तथा मार्की खेलाडी कुशललाई बलर हुन् कि ब्याटर छुट्याउनै सकस पर्‍यो । उनी नत ब्याटिङतर्फ चल्न सके, न बलिङमा नै जमे । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर भुर्तेललाई लिएर जुन अपेक्षा गरिएको थियो । त्यो अपेक्षा पूरा हुन सकेनन् । जारी एनपिएलमा कप्तान कुशलको प्रदर्शन निराशाजनक रहे जस्तै ‘पोखरा एभेन्जस’ पनि खेलमा अगाडि बढ्न सकेन । 

Ncell
Extreme Energy

चल्न नसकेको ब्याट

पोखरा एभेन्जर्सका कप्तान तथा मार्की खेलाडी हुन्, नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर भुर्तेल । एनपिएलमा कुशलको प्रदर्शन खासै राम्रो भने हुन सकेन । आफ्नो पहिलो खेलमा चितवन राइनोजविरूद्ध ब्याटिङतर्फ उनी पहिलो बलमै आउट हुन पुगेका थिए । चितवनसँगको खेलमा बलिङतर्फ पनि एक ओभरमै १० रन खर्चिएका थिए । तर, खेलमा उनले तीन वटा क्याच भने समातेका थिए ।

दोस्रो खेलमा पनि जनकपुर बोल्ट्सविरूद्ध उनी चल्न सकेनन् । उनी जनकपुरविरूद्ध ६ बलमा एकचौका प्रहार गर्दै ६ रन मात्रै बनाएर आउट हुन पुगे । बलिङतर्फ पनि दुई दशमलव एक ओभरमा १८ रन खर्चिदैँ एक विकेट मात्रै हात पारे । तेस्रो खेलमा भने पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हरायो । यो खेलमा कप्तान भुर्तेलले बलिङ गरेनन् । ओपनर दुई खेलाडी एन्ड्रिज गौस र दिनेश खरेलले अविजित रहदैँ खेल जितेपछि भुर्तेललाई ब्याटिङ गर्नुपरेन । 

चाैथो खेलमा पोखरा कर्णाली याक्ससँग ७ विकेटले पराजित भयो । यो खेलमा भुर्तेलले पोखराको लागि १० रन मात्रै बनाए । उनले ११ बलमा एक छक्काको मद्दतले १० रन मात्रै बनाए । यद्यपि, बलिङतर्फ एक ओभरमा १४ रन खर्चिएर एक विकेट भने हात पारे । 

आफ्नो पाचौँ खेलमा पोखराले विराटनगर किङ्ग्सलाई सुपरओभरमा हराएको थियो । यो खेलमा कुशलको ब्याट मैदानमा केही समय टिक्यो । कुशलले ब्याटिङतर्फ विराटनगरविरूद्ध ३१ रन जोडे । बलिङतर्फ पनि ४ ओभरमा ३२ रन खर्चिएर एक विकेट हात पारे । 

छैठौँं खेलमा पोखरा काठमाडौँसँग स्तब्ध बन्यो । काठमाडौँले पोखरालाई ६ विकेटले हरायो । यो खेलमा पनि कुशलको प्रदर्शन निराशाजनक नै रह्यो । कुशलले काठमाडौँविरूद्ध ब्याटिङतर्फ १० बलमा ७ रन बनाएर आउट भए । बलिङतर्फ एक विकेट पनि झार्न सकेनन् । तर, २ ओभर बलिङ गरेका भुर्तेलले १२ रनमात्रै खर्चिए । 

एनपिएलको लिग चरणको आफ्नो सातौँ अर्थात् अन्तिम खेलमा पनि भुर्तेलको ब्याट चल्नै सकेन् । सुदूरपश्चिम रोयल्सले उक्त खेलमा पोखरालाई ५ रनले हरायो । सुदूरपश्चिम रोयल्सविरूद्ध भुर्तेल ब्याटिङतर्फ शून्य रनमै आउट भए । तर, बलिङतर्फ भने २ विकेट हात पारे । ४ ओभर बलिङ गरेका भुर्तेलले २७ रन भने खर्चिए । 

जारी एनपिएलका ७ वटा खेलबाट पोखराका कप्तान भुर्तेलले कूल ५४ रन बनाएका छन् । उनले उच्च स्कोर ३१ छ, जुन उनले विराटनगरविरूद्ध बनाएका थिए । जारी एनपिएलमा भुर्तेलले दुई छक्का र चार चौका प्रहार गरेका छन् । एनपिएलमा उनले कूल पाँच विकेट आफ्नो नाममा दर्ता गरेका छन्,भने एक सय १३ रन खर्चिएका छन् । 

विदेशी खेलाडीको सन्तोषजनक प्रदर्शन 

पोखराले एनपिएलका लिग चरणका सातवटा दुई वटा खेल मात्रै जित्यो । पोखराको खेलमा विदेशी खेलाडीले सक्दो प्रयार गरे । तर, स्वदेशी खेलाडी मैदानमा चल्न नसक्दा पोखराको प्रदर्शन निराशाजनक रह्यो । पोखराबाट नेदरल्याण्डका बास डे लिड, वेष्ट इन्डिजका रेमन रेफर, इग्ल्याण्डका म्याट क्रिचले र जेन मलिक, स्कटल्याण्डका माइकल लीस्क, अमेरिकाका एन्ड्रिज गौस एनपिएल खेलेका थिए । उनीहरूको प्रदर्शन सन्तोषजनक नै रह्यो । 

पोखराबाट एनपिएलका ७ वटै खेल खेलेका माइकल लीस्कले कुल ४४ रन बनाउँदा बलिङतर्फ तीन विकेट हात पारे । वेष्ट इन्डिजका रेमन रेफरको पनि एनपिएलमा प्रदर्शन सन्तोषजनक नै रह्यो । पोखराबाट लिग चरणका सबै खेल खेलेका उनले कूल १४६ रन बनाए भने ५ विकेट आफ्नो नाममा दर्ता गरे । 

अमेरिकाका एन्ड्रिज गौस पोखराबाट एनपिएलका ६ खेल खेले । ६ खेलबाट उनले कूल दुई सय २४ रन बनाए । उनले एक शतक पनि प्रहार गरे । ४ खेल खेलका इंग्ल्याण्डका म्याट क्रिचलेले कुल ३२ रन बनाउँदा एक विकेट आफ्नो नाममा दर्ता गरे । इंग्ल्याण्ड जेन मलिकले दुई खेलबाट १४ रन जोड्दा नेदरल्याण्डका बास डे लिडले एक खेलबाट दुई विकेट आफ्नो नाममा दर्ता गरे । 

चल्नै नसकेका स्वदेशी खेलाडी 

पोखराबाट एनपिएल खेलेका केही स्वदेशी खेलाडीको प्रदर्शन मध्यम रहेपनि केही खेलाडी भने चल्नै सकेनन् । आशा लाग्दा केही खेलाडीले निराशाजनक प्रदर्शन गर्न गरे । पोखराबाट खेलेका दिनेश खरेलको प्रदर्शन भने प्रशंसनीय नै रह्यो । उनले ७ खेलबाट एक सय ६२ रन बनाए । साथै, एक विकेट पनि आफ्नो नाममा दर्ता गराए । यस्तै, ७ वटै खेल खेलेका विपीन खत्रीले कुल २४ रन बनाउँदा बलिङतर्फ ९ विकेट लिए । 

पोखराबाटै ७ खेल खेलेका सागर ढकालले कूल २ रन बनाउँदा बलिङतर्फ भने ५ विकेट आफ्नो नाममा दर्ता गरे । दिलीपनाथ र नारायण जोशी पोखराबाट ६÷६ खेल खेले । दिलीपले ६ खेलबाट ४६ रन बनाए भने जोशीले ३८ रन बनाए ।

पोखराबाट ४ वटा खेल खेलेका आकाश चन्दले एक रन मात्रै बनाउँदा तीन खेल खेलेका किरण ठगुन्नाले ३३ रन बनाउन सफल भए । पोखराबाट एक खेल खेलेका आर्कषित गोमेलले ८ रन जोड्दा एक खेल खेलेका त्रितराज दास र सुदीप अर्यालले एक रन पनि जोड्न सकेनन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यसरी सार्वजनिक गरियो एनभीएलको ट्रफी (तस्बिरहरू)

यसरी सार्वजनिक गरियो एनभीएलको ट्रफी (तस्बिरहरू)

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ट्रफी सार्वजनिक गरे । पाटनपछि काठमाडौं र भक्तपुरमा पनि ट्रफी प्रदर्शन गर्ने कार्यक्रम छ।
एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

’रोड टू पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामार्फत उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि...
फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

मलेसियाको पेनाङमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्थानीय तथा अन्तर्राष्ट्रिय नेपाली क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो। मुख्य प्रतियोगितामा हिमालयन एफसी, एन पेनाङ एफसी र नेपबोर्न एफसी बीच प्रतिस्पर्धात्मक खेलहरू...
१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

सन् २०१० पछि स्पेनलाई च्याम्पियन बनाउन फेरान टोरेजले निर्णायक गोल गरेका थिए । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि...

भर्खरै