नेभिगेशन
सबै कुरा

मेरो सम्पत्तिबारे पति हिरासतमा भएको मौका छोपेर केही मिडियाले पुरुषार्थ देखाए, धर्म छोडे : निकिता पौडेल

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी श्रीमती एवम् उद्यमी निकिता पौडेल लामिछानेले आफूमाथि मिडिया ट्रायल गरेको बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै लामिछानेले आफूमाथि श्रीमान हिरासतमा रहेका बेला मिडियाहरुले पुरुषार्थ देखाएको बताएकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभिन्न सञ्चार माध्यमले आफूले सहकारीको यति पैसा खाएको भन्दै अनुमानका भरमा समाचार लेखेको बताउँदै पाैडेलले मिडियाले आफूमागि पुरुषार्थ देखाएको बताएकी हुन् । ‘खाता मेरो हो। यति–उति पैसा छ भनेर आआफैँ अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थे नि !’, लामिछानेले लेखेकी छिन्, ‘श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मुकदर्शक बनेकोमा झनै आश्चर्यमा छु।’

Ncell
Extreme Energy

त्यस्तै उनले आफूलाई कुनै मिडियाले १५ करोड, कुनैले २५ र कसैले ५० करोड खाएको बताउने गरेको तर आफू ४ करोडमा किनेको घरको किस्ता अझै तिरिरहेको बताएकी छिन् । उनले लेखेकी छिन्, ‘‘आज बिहानै बुवाले फोनमा हाँस्दै सोध्नु भयो, ‘तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले ५० करोड। तिमीसँग छ चाहिँ कति ? अलिकति मलाई पनि देऊ न।’ मैले पनि हाँस्दै भने, ‘त्यत्रो पैसा भएरै त होला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु।’’

उद्यमी लामिछानेले आफूले आफ्नो सम्पूर्ण बैंकिङ कारोबार प्रहरीलाई बुझाइसकेको तर मिडियाले धर्म छोडेर संवेदनहीन भएको देख्दा दया लागेर आएको बताएकी छिन् । 

यस्तो छ लामिछानेले लेखेको फेसबुक स्टाटस :

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...
यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरेकाले सुरुङमार्गको माथिल्लो सडक अर्थात नागढुंगा क्षेत्रमा सवारीसाधनको आउजाउ पातलो छ भने नागढुंगा सुरुङ प्रवेशद्वारदेखि मलेखु मुग्लिन खण्डमा सवारीको आउजाउ साविकभन्दा बढी छ...
हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी तत्कालका लागि बाटो खुलाएको हो । पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेले दसैँ पर्वलाई दृष्टिगत गरी...
स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

आज दिउँसो २ः३० बजेको समयमा राङखोला–बिरुवा सडक खण्डको बिरुवा–३ ठाँटीमा स्कुटर अनियन्त्रित भई सोही गाउँपालिकाकी ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी...