नेभिगेशन
सबै कुरा

मेरो सम्पत्तिबारे पति हिरासतमा भएको मौका छोपेर केही मिडियाले पुरुषार्थ देखाए, धर्म छोडे : निकिता पौडेल

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी श्रीमती एवम् उद्यमी निकिता पौडेल लामिछानेले आफूमाथि मिडिया ट्रायल गरेको बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै लामिछानेले आफूमाथि श्रीमान हिरासतमा रहेका बेला मिडियाहरुले पुरुषार्थ देखाएको बताएकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभिन्न सञ्चार माध्यमले आफूले सहकारीको यति पैसा खाएको भन्दै अनुमानका भरमा समाचार लेखेको बताउँदै पाैडेलले मिडियाले आफूमागि पुरुषार्थ देखाएको बताएकी हुन् । ‘खाता मेरो हो। यति–उति पैसा छ भनेर आआफैँ अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थे नि !’, लामिछानेले लेखेकी छिन्, ‘श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मुकदर्शक बनेकोमा झनै आश्चर्यमा छु।’

Ncell
Extreme Energy

त्यस्तै उनले आफूलाई कुनै मिडियाले १५ करोड, कुनैले २५ र कसैले ५० करोड खाएको बताउने गरेको तर आफू ४ करोडमा किनेको घरको किस्ता अझै तिरिरहेको बताएकी छिन् । उनले लेखेकी छिन्, ‘‘आज बिहानै बुवाले फोनमा हाँस्दै सोध्नु भयो, ‘तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले ५० करोड। तिमीसँग छ चाहिँ कति ? अलिकति मलाई पनि देऊ न।’ मैले पनि हाँस्दै भने, ‘त्यत्रो पैसा भएरै त होला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु।’’

उद्यमी लामिछानेले आफूले आफ्नो सम्पूर्ण बैंकिङ कारोबार प्रहरीलाई बुझाइसकेको तर मिडियाले धर्म छोडेर संवेदनहीन भएको देख्दा दया लागेर आएको बताएकी छिन् । 

यस्तो छ लामिछानेले लेखेको फेसबुक स्टाटस :

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
देशभर मनसुनी वायुको प्रभाव : बैतडी, कञ्चनपुर, कैलाली, बर्दिया, स्याङ्जा, नवलपुरमा अत्यधिक वर्षा

देशभर मनसुनी वायुको प्रभाव : बैतडी, कञ्चनपुर, कैलाली, बर्दिया, स्याङ्जा, नवलपुरमा अत्यधिक वर्षा

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ ।
आज नागपञ्चमी, नागको पूजाअर्चना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजाअर्चना गरी मनाइँदै

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ ।
उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

निगमका अनुसार विभिन्न ग्यास उद्योगका सिलिन्डर निगमले तोकेका सात बिक्री केन्द्रमार्फत जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रहरी र निगमका कर्मचारीको सहयोगमा वितरण गरिएको हो।
काठमाडौँमा भारतीय सेनाध्यक्षलाई स्वागत (तस्बिरहरु)

काठमाडौँमा भारतीय सेनाध्यक्षलाई स्वागत (तस्बिरहरु)

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उच्च अधिकारीहरुले स्वागत गरे ।