नेभिगेशन
सबै कुरा

‘निकिताको आर्थिक अवस्थाबारे भ्रमपूर्ण प्रचार भयो, उनलाई मैले नजिकबाट चिनेकी छु’ : टिभी प्रस्तोता सरिता श्री

काठमाडौं । टिभी प्रस्तोता सरिता श्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति पत्नि निकिता पौडेलबारे गलत प्रचार भएको बताएकी छिन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मङ्गलबार सामाजिक सञ्जाल टिकटकमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले पत्रपत्रिकामा आएका कुराहरूमा सत्यता नरहेको बताएकी हुन् । निकिता पौडैलबारे पत्रपत्रिकामा उनको खातामा करोडौँ रुपैयाँ जम्मा भएको कुरा पढ्न देख्न पाइयो,’ सरिताले भनेकि छिन्,‘मेरो साथी निकितालाई म नजिकबाट चिन्छु । उसले केही महिना अघि मात्रै आफूलाई कर्मचारीलाई तलब खुवाउन कठिन भएको भन्दै मसँग १० लाख ऋण मागेकी थिइन ।’

Ncell
Extreme Energy

राजनीति गर्नेहरूसँग पैसा नहुने भन्दै आफ्नो आर्थिक अभावका कुरा निकिताले सुनाएको सरिताले भनेकी छिन् । आफू राजनीति नबुझ्ने भन्दै उनले निकितासँग पैसा नभएको कुरा आफूले बुझेको प्रस्ट्याइन् । ‘तलब खुवाउन पैसा नभएको भन्दै एक महिना समय मागेर निकिताले ऋण मागेकी थिइन,’ सरिता थप भन्छिन्, ‘खातामा करोडौँ करोड भएको साथी र टन्न एकाउन्टमा पैसा भएको साथीले मसँग किन पैसा माग्थ्यो होला र ?’

निकिता र आफ्नो पैसाको कुरा आन्तरिक विषय भए पनि अहिले उनीबारे पत्रपत्रिकामा भ्रमपूर्ण प्रचार गरेर पीडा दिइएको अवस्था मनमा कुरा राखेर निदाउनै नसक्ने भएपछि सार्वजनिक रुपमा आफूले बोलेको उनले प्रस्ट्याएकी छिन् । यो प्रकरणमा सही र गल न्यायलयकाले छुट्याउने भन्दै यो कुरा सार्वजनिक रुपमा भन्न बाध्य भएको सरिताले बताएकी छिन् । आफ्नो खाताको रकमबारे भ्रमपूर्ण प्रचार भएको भन्दै रवि पत्नी निकिताले पनि सामाजिक सञ्जाल फेसबुकबाट आपत्ति जनाएकी छिन् । 

सहकारी ठगी आरोपमा रास्वपा सभापति रवि लामिछानेलाई कात्तिक २ गते प्रहरीको पक्राउ गरेको थियो । उनीमाथिको अनुसन्धान प्रतिवेदन आइतबार कास्की प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।  लामिछाने पक्राउलाई रास्वपा र माओवादी लगायतका दल र त्यसका नेताहरूले राजनीतिक प्रतिशोधको संज्ञ दिएका छन् । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...
यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरेकाले सुरुङमार्गको माथिल्लो सडक अर्थात नागढुंगा क्षेत्रमा सवारीसाधनको आउजाउ पातलो छ भने नागढुंगा सुरुङ प्रवेशद्वारदेखि मलेखु मुग्लिन खण्डमा सवारीको आउजाउ साविकभन्दा बढी छ...
हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी तत्कालका लागि बाटो खुलाएको हो । पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेले दसैँ पर्वलाई दृष्टिगत गरी...
स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

आज दिउँसो २ः३० बजेको समयमा राङखोला–बिरुवा सडक खण्डको बिरुवा–३ ठाँटीमा स्कुटर अनियन्त्रित भई सोही गाउँपालिकाकी ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी...