नेभिगेशन
सबै कुरा

‘निकिताको आर्थिक अवस्थाबारे भ्रमपूर्ण प्रचार भयो, उनलाई मैले नजिकबाट चिनेकी छु’ : टिभी प्रस्तोता सरिता श्री

काठमाडौं । टिभी प्रस्तोता सरिता श्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति पत्नि निकिता पौडेलबारे गलत प्रचार भएको बताएकी छिन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मङ्गलबार सामाजिक सञ्जाल टिकटकमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले पत्रपत्रिकामा आएका कुराहरूमा सत्यता नरहेको बताएकी हुन् । निकिता पौडैलबारे पत्रपत्रिकामा उनको खातामा करोडौँ रुपैयाँ जम्मा भएको कुरा पढ्न देख्न पाइयो,’ सरिताले भनेकि छिन्,‘मेरो साथी निकितालाई म नजिकबाट चिन्छु । उसले केही महिना अघि मात्रै आफूलाई कर्मचारीलाई तलब खुवाउन कठिन भएको भन्दै मसँग १० लाख ऋण मागेकी थिइन ।’

Ncell
Extreme Energy

राजनीति गर्नेहरूसँग पैसा नहुने भन्दै आफ्नो आर्थिक अभावका कुरा निकिताले सुनाएको सरिताले भनेकी छिन् । आफू राजनीति नबुझ्ने भन्दै उनले निकितासँग पैसा नभएको कुरा आफूले बुझेको प्रस्ट्याइन् । ‘तलब खुवाउन पैसा नभएको भन्दै एक महिना समय मागेर निकिताले ऋण मागेकी थिइन,’ सरिता थप भन्छिन्, ‘खातामा करोडौँ करोड भएको साथी र टन्न एकाउन्टमा पैसा भएको साथीले मसँग किन पैसा माग्थ्यो होला र ?’

निकिता र आफ्नो पैसाको कुरा आन्तरिक विषय भए पनि अहिले उनीबारे पत्रपत्रिकामा भ्रमपूर्ण प्रचार गरेर पीडा दिइएको अवस्था मनमा कुरा राखेर निदाउनै नसक्ने भएपछि सार्वजनिक रुपमा आफूले बोलेको उनले प्रस्ट्याएकी छिन् । यो प्रकरणमा सही र गल न्यायलयकाले छुट्याउने भन्दै यो कुरा सार्वजनिक रुपमा भन्न बाध्य भएको सरिताले बताएकी छिन् । आफ्नो खाताको रकमबारे भ्रमपूर्ण प्रचार भएको भन्दै रवि पत्नी निकिताले पनि सामाजिक सञ्जाल फेसबुकबाट आपत्ति जनाएकी छिन् । 

सहकारी ठगी आरोपमा रास्वपा सभापति रवि लामिछानेलाई कात्तिक २ गते प्रहरीको पक्राउ गरेको थियो । उनीमाथिको अनुसन्धान प्रतिवेदन आइतबार कास्की प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।  लामिछाने पक्राउलाई रास्वपा र माओवादी लगायतका दल र त्यसका नेताहरूले राजनीतिक प्रतिशोधको संज्ञ दिएका छन् । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
देशभर मनसुनी वायुको प्रभाव : बैतडी, कञ्चनपुर, कैलाली, बर्दिया, स्याङ्जा, नवलपुरमा अत्यधिक वर्षा

देशभर मनसुनी वायुको प्रभाव : बैतडी, कञ्चनपुर, कैलाली, बर्दिया, स्याङ्जा, नवलपुरमा अत्यधिक वर्षा

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ ।
आज नागपञ्चमी, नागको पूजाअर्चना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजाअर्चना गरी मनाइँदै

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ ।
उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

निगमका अनुसार विभिन्न ग्यास उद्योगका सिलिन्डर निगमले तोकेका सात बिक्री केन्द्रमार्फत जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रहरी र निगमका कर्मचारीको सहयोगमा वितरण गरिएको हो।
काठमाडौँमा भारतीय सेनाध्यक्षलाई स्वागत (तस्बिरहरु)

काठमाडौँमा भारतीय सेनाध्यक्षलाई स्वागत (तस्बिरहरु)

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उच्च अधिकारीहरुले स्वागत गरे ।