नेभिगेशन
सबै कुरा

महिला यु–१९ एसिया कपः नेपाल ‘सुपर फोर’मा

काठमाडौँ । मलेसियामा जारी महिला यु–१९ एसिया कपमा नेपाल र भारतबीचको आजको खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएसँगै दुवै देशले एक एक अङ्क बाँडेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

दुवैको तीन तीन अङ्क भए पनि रनरेटका आधारमा भारत समूह ‘ए’ को विजेता तथा नेपाल उपविजेता बनेको छ । दुवै देश ‘सुपर फोर’मा प्रवेश गरेका छन् । यही समूहमा रहेको पाकिस्तान दुवै खेलमा पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएको छ । ‘सुपर फोर’मा नेपालले अब बिहीबार श्रीलङ्कासँग तथा शुक्रबार बङ्गलादेशसित खेल्ने छ । 


  मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९४ रन बनायो । जितका लागि ९५ रनको लक्ष्य पछ्याउने क्रममा भारतले तीन दशमलव एक ओभरमा बिनाकुनै विकेट २८ रन बनाउँदा वर्षाका कारण खेल रद्द भएको थियो । 


यसअघि नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २५ रन बनाइन् । उनले ४० बल खेल्ने क्रममा तीन चौका प्रहार गरिन् । यस्तै, एलिशाकुमारी यादवले अविजित २० रन बनाइन् । साना प्रवीनले नौ, सोनी पाख्रिनले आठ, ज्योत्स्निका मरासिनीले ६, सावित्री धामी र रचनाकुमारी चौधरीले तीन÷तीन तथा अनु कडायत र कुसुम गोदारले एक÷एक रनको योगदान दिए । 


बलिङतर्फ भारतकी पारुनिका सिसोदियाले सर्वाधिक ४ विकेट लिइन् । यस्तै, आनन्दिता किशोर र मिथिला विनोदले समान एक÷एक विकेट लिए । यसअघि नेपालले पहिलो खेलमा सोमबार पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने

कर्णालीले आज उनलाई टोलीमा अनुबन्ध गरेको औपचारिकरूपमा जानकारी दिएको हो । ‘‘टी–२० विश्वकप २०२६ का सर्वाधिक रन बनाउने साहिबजादा फरहानलाई अब कर्णाली याक्समा स्वागत छ,’’ टोलीले सामाजिक सञ्जालमा...
बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपिएल खेल्ने

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपिएल खेल्ने

“एनपिएलको तेस्रो संस्करणका लागि बङ्लादेशका अन्तरराष्ट्रिय अलराउन्डर मोहम्मद सैफउद्दिनलाई आधिकारिक रूपमा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा खुसी लागेको छ”, पोखराले भनेको छ ।
श्रीलङ्काका एन्जेलो म्याथ्युज विराटनगर र अमेरिकन अलराउन्डर शेड्ली भान लुम्बिनीमा आबद्ध

श्रीलङ्काका एन्जेलो म्याथ्युज विराटनगर र अमेरिकन अलराउन्डर शेड्ली भान लुम्बिनीमा आबद्ध

म्याथ्युज अन्तरराष्ट्रिय क्रिकेटमा लामो अनुभव बटुलेका अनुभवी खेलाडी हुन् । श्रीलङ्काको टेस्ट तथा एकदिवसीय टोलीको कप्तानी सम्हालिसकेका ३९ वर्षीय म्याथ्युजले लामो समय राष्ट्रिय टोलीमा महत्वपूर्ण भूमिका निर्वाह गरेका...
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

नेपाल बुद्धिचाल महासङ्घले केन्द्रीय सदस्य नीता सैंजुको नेतृत्वमा विभिन्न उमेर समूहका ११ खेलाडी, पाँच जना अभिभावक र निर्णायक गरी १८ सदस्यीय नेपाली टोली सहभागी भएका छन् ।