नेभिगेशन
सबै कुरा

नगद १७ लाख पुरस्कार राशीको राइट टू प्रोटिन रन काठमाडौँमा हुने

काठमाडौँ । काठमाडौँमा आगामी माघ १२ गते कुल १७ लाख १२ हजार रुपैयाँ नगद पुरस्कार राशिको राइट टू प्रोटिन रन म्याराथन हुने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अमेरिकी सोयबिन निर्यात काउन्सिल (यूसेक) र नेपाल भेटेरिनरी एशोसिएसन (एनभीए) को संयुक्त आयोजनमा काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उक्त प्रतियोगिता हुन लागेको हो । 

Ncell
Extreme Energy

नेपालीहरूमा प्रोटिन आवश्यकताबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ जनचेतनामुलक म्यारथन गर्न लागिएको आयोजक नेपाल भेटेरिनरी एशोसिएसनले जनाएको छ । 

एशोसिएसनका उपाध्यक्ष डा।अशेष भट्टराईकाअनुसार आठ फरक फरक विधाको म्याराथनको कुल पुरस्कार राशि १७ लाख १२ हजार रुपैयाँ हो । प्रतियोगितामा प्रथम देखि पाचौँ हुनेसम्मले गरी कुल ४० जनाले नगद पुरस्कार पाउने छन् । 

पुरुष हाफ म्यारथन र महिला हाफ म्याराथनमा सहभागी भएर प्रथम हुनेले एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । द्वितीय हुनेले एक लाख र तृतीय हुनेले ७० हजार रुपैयाँ नगदसहित मेडल प्राप्त गर्नेछन् । यस्तै, चौथो र पाँचौ हुनेले क्रमश ५० हजार र ३० हजार रुपैयाँ नगद र मेडल पाउने छन् । 

यस्तै, १० किलोमिटर पुरुष खुल्ला र पाँच किलोमिटर महिला खुला क्याटगोरीमा हुने दौडमा प्रथम हुनेका लागि ५० हजार नगर पुरस्कार दिइने आयोजकले जनाएको छ । यो विधामा दोस्रो, तेस्रो, चौथो र पाचौँ  हुनेले क्रमश ३० हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार र मेडल पाउने छन् ।

कक्षा १२ सम्मका पुरुष विद्यार्थीहरू सहभागी हुने ५ किलोमिटर दौडको  पुरस्कार राशि प्रथम हुनेले ३० र पाँचौ हुनेले ५ हजार रुपैयाँ नगद र मेडल पाउनेछ ।  दोस्रो, तेस्रो र चौथो हुनेले क्रमश २०, १५ र १० हजार रुपैयाँ नगद पाउनेछन् । 

यस्तै ३ किलोमिटर स्कुल छात्रा विधाको दौडको पुरस्कार राशी पनि ३० देखि ५ हजार सम्मकै छ । कक्षा १२ सम्म पढ्ने छात्रा मात्रै सहभागी हुने उक्त दौडमा दोस्रो, तेस्रो र चौथो हुनेले क्रमश २०, १५ र १० हजार रुपैयाँ नगद पाउनेछन् ।

आयोजकले प्रतियोगितामा ह्वीलचेर दौड पनि समावेश गरेको छ । ह्विलचेयरमा पुरुष महिला विधाको दौडमा प्रथम हुनेले ३० हजार र पाँचौ हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।  दोस्रो, तेस्रो र चौथो हुनेले क्रमश २०, १५ र १० हजार रुपैयाँ नगद पाउनेछन् ।

एशोसिएसनका उपाध्यक्ष भट्टराईकाअनुसार कार्यक्रममा सहभागी सबैले रजिष्ट्रेशन बापत लञ्च बक्स टिसर्ट प्राप्त गर्नेछन् । निर्धारित विधाको दौड पुरा गरेको खण्डमा मेडल पनि पाइनेछ ।    

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...
यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरेकाले सुरुङमार्गको माथिल्लो सडक अर्थात नागढुंगा क्षेत्रमा सवारीसाधनको आउजाउ पातलो छ भने नागढुंगा सुरुङ प्रवेशद्वारदेखि मलेखु मुग्लिन खण्डमा सवारीको आउजाउ साविकभन्दा बढी छ...
हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी तत्कालका लागि बाटो खुलाएको हो । पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेले दसैँ पर्वलाई दृष्टिगत गरी...
स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

आज दिउँसो २ः३० बजेको समयमा राङखोला–बिरुवा सडक खण्डको बिरुवा–३ ठाँटीमा स्कुटर अनियन्त्रित भई सोही गाउँपालिकाकी ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी...