नेभिगेशन
सबै कुरा

दुर्गा प्रसाईँलाई अदालत उपस्थित गराउन सर्वोच्चकाे आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अदालत उपस्थित गराउन आदेश दिएको छ । आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका प्रसाईँलाई बिहिबार अदालतमा  उपस्थित गराउन सर्वोच्चले आदेश दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रसाईँका छोरा निराजन प्रसाईँले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले सो आदेश गरेको हो । पोखरेलको इजलासले सीआईबीलाई महान्यायाधिवक्ता कार्यालयमार्फत २४ घण्टाभित्र लिखित जवाफसहित सर्वोच्चमा उपस्थित गराउन आदेश दिएको हो। 

Ncell
Extreme Energy

प्रधानमन्त्री केपी ओलीको कम्बोडियाको टेलिकममा लगानी गरेको नक्कली कागज सार्वजनिक गरेपछि प्रसाईंलाई प्रहरीले मंसिर ४ मा भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । 

सो प्रकरणमा काठमाडौँ जिल्ला अदालतले प्रसाईँलाई विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा ४० हजार रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको थियो । सो आदेशहुनासाथ रिहा भएर अदालतबाट बाहिरिने क्रममा उनलाई पुनः सिआईबीले पक्राउ  गरेको थियो । 

आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रसाईंलाई पक्राउ गरेर उनीमाथि अनुसन्धान गरिरहेको छ । प्रसाईंमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ । विभिन्न आपराधिक समूहका नाममा व्यक्तिहरु परिचालन गरी धाकधम्की दिएर पैसा असुल गरेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

निगमका अनुसार विभिन्न ग्यास उद्योगका सिलिन्डर निगमले तोकेका सात बिक्री केन्द्रमार्फत जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रहरी र निगमका कर्मचारीको सहयोगमा वितरण गरिएको हो।
काठमाडौँमा भारतीय सेनाध्यक्षलाई स्वागत (तस्बिरहरु)

काठमाडौँमा भारतीय सेनाध्यक्षलाई स्वागत (तस्बिरहरु)

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उच्च अधिकारीहरुले स्वागत गरे ।
आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

‘बीपी कोइरालाको मेलमिलापको सन्दर्भ अहिले व्यापक आइरहेको छ । नेताहरुले फेरि रातारात बीपीलाई सम्झनु भएको छ’ थापाले भने ‘यहाँ अहिले कोसँग के मिलाउनु परेको छ, कोसँग कानेखुसी गर्नु...
काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

भारतीय सेनाध्यक्ष धिरज सेठ काठमाडौँ आइपुगेका छन् । उनी नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका हुन् ।