नेभिगेशन
सबै कुरा

हिरासतमा रहेका रविको सिसिटिभी फोटो कास्की प्रहरीले कसलाई पठायो ?

कास्की । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको हिरासत भित्रको तस्बिर सार्वजनिक भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामिछाने कात्तिक २ गते देखि कास्की प्रहरीको हिरासतमा छन् । सिसिटीभी फुटेजबाट लिइएको स्क्रीनसट फोटोमा रवि लामिछाने सुतिरहेको अवस्थामा देखिन्छन् । 

Ncell
Extreme Energy

हिरासतमा रविलाई भेट्न जाने उनका परिवारलाई समेत मोवाइल फोन गेटमा राखेर पठाउने गरेको कास्की प्रहरीले रवि लामिछाने हिरासतमा भएको फोटो भने आफै लिक गरेको देखिन्छ । 

तस्बिर बाहिरिएसँगै रास्वपाका नेताहरुले हिरासतमा रहेका लामिछाने असुरक्षित रहेको दाबी गरेका छन् । कास्की प्रहरीले रवि लामिछाने हिरासतमा सुतिरहेको तस्बिर कसलाई प्रमाणका रुपमा पठाउने लागेको हो भन्दै रास्वपा नेताहरुले प्रश्न गरेका छन् । 

तर, यस विषयमा कुुरा गर्न कास्की प्रहरी प्रमुखलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबुु ओलियाले पहिले फोन उठाए तर सो विषयमा प्रश्न गर्नासाथ फोन काटे ।  त्यसपछि पटक पटक फोन सम्पर्क गर्दा उनले फोन काटे र सम्पर्कमा आएनन् ।  


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

निगमका अनुसार विभिन्न ग्यास उद्योगका सिलिन्डर निगमले तोकेका सात बिक्री केन्द्रमार्फत जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रहरी र निगमका कर्मचारीको सहयोगमा वितरण गरिएको हो।
काठमाडौँमा भारतीय सेनाध्यक्षलाई स्वागत (तस्बिरहरु)

काठमाडौँमा भारतीय सेनाध्यक्षलाई स्वागत (तस्बिरहरु)

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उच्च अधिकारीहरुले स्वागत गरे ।
आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

‘बीपी कोइरालाको मेलमिलापको सन्दर्भ अहिले व्यापक आइरहेको छ । नेताहरुले फेरि रातारात बीपीलाई सम्झनु भएको छ’ थापाले भने ‘यहाँ अहिले कोसँग के मिलाउनु परेको छ, कोसँग कानेखुसी गर्नु...
काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

भारतीय सेनाध्यक्ष धिरज सेठ काठमाडौँ आइपुगेका छन् । उनी नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका हुन् ।