नेभिगेशन
सबै कुरा

कास्की प्रहरी कार्यालयबाटै निकोलस भुसालले लिएका थिए रविको हिरासतको फोटो

कास्की । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको हिरासत भित्रको तस्बिर सार्वजनिक भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त तस्बिर कास्की प्रहरी कार्यालयबाट सामाजिक अभियन्ता डा निकोलस भुसालले लिएको पाइएको छ । कास्की प्रहरी प्रुमख एसपी श्याम आलियाले उक्त तस्बिर हिरासत भित्रकै भएको तर सार्वजनिक भने भुसालले गरेको जानकारी दिएको रास्वपाका एक पदाधिकारले बताए ।

Ncell
Extreme Energy

निकोलस भुसालका निकटहरूका अनुसार भुसाल केही दिन अघि प्रहरी कार्यालय पुगेका बेला प्रहरीले उक्त तस्बिर देखाएको थियो । अहिले सामाजिक सञ्जालमा भाइरल भएको सिटीभी फुटेजबाट लिइएको स्क्रीनसट फोटोमा रवि लामिछाने सुतिरहेको अवस्थामा देखिन्छन् । कास्की प्रहरीले भने उक्त तस्बिर सार्वजनिक गर्ने व्यक्तिको खोजी भैरहेको जनाएको छ ।

लामिछाने कात्तिक २ गते देखि कास्की प्रहरीको हिरासतमा छन् । सिसिटीभी फुटेजबाट लिइएको स्क्रीनसट फोटोमा रवि लामिछाने सुतिरहेको अवस्थामा देखिन्छन् ।

हिरासतमा रहेका रविको सिसिटिभी फोटो कास्की प्रहरीले कसलाई पठायो ?

हिरासतमा रविलाई भेट्न जाने उनका परिवारलाई समेत मोबाइल फोन गेटमा राखेर पठाउने गरेको छ ।

अपडेटः भुसालले केहि बेर अघि सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफैले उक्त तस्बिर खिचेको  बताएका छन् । साथै उनले उक्त तस्बिर वास्तविक भएको बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...
यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरेकाले सुरुङमार्गको माथिल्लो सडक अर्थात नागढुंगा क्षेत्रमा सवारीसाधनको आउजाउ पातलो छ भने नागढुंगा सुरुङ प्रवेशद्वारदेखि मलेखु मुग्लिन खण्डमा सवारीको आउजाउ साविकभन्दा बढी छ...
हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी तत्कालका लागि बाटो खुलाएको हो । पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेले दसैँ पर्वलाई दृष्टिगत गरी...
स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

आज दिउँसो २ः३० बजेको समयमा राङखोला–बिरुवा सडक खण्डको बिरुवा–३ ठाँटीमा स्कुटर अनियन्त्रित भई सोही गाउँपालिकाकी ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी...