नेभिगेशन
सबै कुरा

कास्की प्रहरी कार्यालयबाटै निकोलस भुसालले लिएका थिए रविको हिरासतको फोटो

कास्की । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको हिरासत भित्रको तस्बिर सार्वजनिक भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त तस्बिर कास्की प्रहरी कार्यालयबाट सामाजिक अभियन्ता डा निकोलस भुसालले लिएको पाइएको छ । कास्की प्रहरी प्रुमख एसपी श्याम आलियाले उक्त तस्बिर हिरासत भित्रकै भएको तर सार्वजनिक भने भुसालले गरेको जानकारी दिएको रास्वपाका एक पदाधिकारले बताए ।

Ncell
Extreme Energy

निकोलस भुसालका निकटहरूका अनुसार भुसाल केही दिन अघि प्रहरी कार्यालय पुगेका बेला प्रहरीले उक्त तस्बिर देखाएको थियो । अहिले सामाजिक सञ्जालमा भाइरल भएको सिटीभी फुटेजबाट लिइएको स्क्रीनसट फोटोमा रवि लामिछाने सुतिरहेको अवस्थामा देखिन्छन् । कास्की प्रहरीले भने उक्त तस्बिर सार्वजनिक गर्ने व्यक्तिको खोजी भैरहेको जनाएको छ ।

लामिछाने कात्तिक २ गते देखि कास्की प्रहरीको हिरासतमा छन् । सिसिटीभी फुटेजबाट लिइएको स्क्रीनसट फोटोमा रवि लामिछाने सुतिरहेको अवस्थामा देखिन्छन् ।

हिरासतमा रहेका रविको सिसिटिभी फोटो कास्की प्रहरीले कसलाई पठायो ?

हिरासतमा रविलाई भेट्न जाने उनका परिवारलाई समेत मोबाइल फोन गेटमा राखेर पठाउने गरेको छ ।

अपडेटः भुसालले केहि बेर अघि सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफैले उक्त तस्बिर खिचेको  बताएका छन् । साथै उनले उक्त तस्बिर वास्तविक भएको बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले घोषणा गर्‍यो क्यान्डिडेट क्लब, फागुन २१ को चुनावका उम्मेदवारले आवेदन दिनै नपाउने

रास्वपाले घोषणा गर्‍यो क्यान्डिडेट क्लब, फागुन २१ को चुनावका उम्मेदवारले आवेदन दिनै नपाउने

आगामी वैशाख अर्थात २०८४ वैशाखमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका गरी ७५३ पालिका र ६ हजार ७४३ वडामा चुनाव हुँदैछ । रास्वपाले यी पालिकाका ३५...
किशोर श्रेष्ठविरुद्ध उपसभामुख रुवी कुमारीले दिइन् जाहेरी

किशोर श्रेष्ठविरुद्ध उपसभामुख रुवी कुमारीले दिइन् जाहेरी

जाहेरीमा उपसभामुख ठाकुरले किशोर श्रेष्ठ सम्पादक तथा सञ्चालक रहेको सामाजिक सञ्जाल फेसबुक पेज जनआस्थामा आफ्नो मर्यादा र संवैधानिक ओजलाई धमिल्याउने तथा व्यक्तिगत चरित्र र प्रतिष्ठामा गम्भीर र अपूरणीय...
करदाता प्रोत्साहन पुरस्कारः पहिलो बम्पर उपहार विजेता जोशी र एक लाख विजेता अर्याललाई अर्थमन्त्रीद्वारा पुरस्कार रकम हस्तान्तरण

करदाता प्रोत्साहन पुरस्कारः पहिलो बम्पर उपहार विजेता जोशी र एक लाख विजेता अर्याललाई अर्थमन्त्रीद्वारा पुरस्कार रकम हस्तान्तरण

साउनको पहिलो पाक्षिकको १० लाख रुपैयाँको बम्पर उपहार धनगढीका हेमराज जोशीले जितेका थिए । २५० रुपैयाँको बिजुलीको बल्ब किन्दा उनलाई १० लाख राशिको उपहार परेको थियो ।
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले परामादेश जारी गरेको हो ।

भर्खरै