नेभिगेशन
सबै कुरा

बालेनले क्यानविरुद्ध हालेको रिट खारेज, बालेनमाथि कारबाही गर्न बाटो खुला

६ भदौ, काठमाडौं । ५० हजार जरिवाना तिराउने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णयविरुद्ध अदालत गएका बालेन साहको रिट उच्च अदालतले खारेज गरिदिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उच्च अदालत पाटनका न्यायाधीश दुर्गावहादुर विश्वकर्मा र रमेश ढकालको संयुक्त इजलासले बालेनको रिट खारेज गर्दै क्यानको निर्णयलाई सदर गरेको हो । बालेनका रिट खारेजसँगै क्यानको निर्णय कार्यन्वयनको बाटो खुलेको छ । 

Ncell
Extreme Energy

केही समयअघि काठमाडौं महानगरपालिकाको टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको संवेदनशिल क्षेत्रमा लगाइएको तारबार भत्काएको थियो । क्यानले संवेदनशिल क्षेत्रमा हस्तक्षेप गरेपछि ५० हजार रुपैयाँ जरिवाना किन नतिराउने भनी बालेनलाई सपष्टिकरण सोधेको थियो । तर उक्त निर्णयविरुद्ध महानगर प्रमुख बालेन साह अदालत पुगेका थिए । त्यसपछि अदालतले स्पष्टिकरण नसोध्न अन्तरिम आदेश दिएको थियो । तर अब रिट नै खारेज भएपछि भने उक्त आदेश पनि स्वतः खारेज भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।
बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।