नेभिगेशन
सबै कुरा

सरकारले काम गर्न सकेन, प्रधानमन्त्री सचेत हुनुपर्छ : गगन थापा

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले जनताको आशा अनुसार वर्तमान सरकार चल्न नसकेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार काठमाडौँमा कैलाश कोइरालाद्वारा लिखित शास्त्र उपन्यासको विमोचन समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सरकारको गठनको उदेश्य अनुसारको काम हुन नसकेको र जनताको आशा अनुसार सरकार चल्न नसकेको बताएका हुन् । थापाले सरकारको फेरबदल अहिले नहुने तर सरकारले अहिले गर्न नसकेका कामका बारेमा प्रधानमन्त्री सचेत रहनुपर्ने धारणा राखे । ‘सरकार राम्रोसँग चलिरहेको छ, सरकारका आफ्ना कमी कमजोरीका विषयमा प्रधानमन्त्री पक्कै पनि सचेत हुनुहुन्छ । सरकार बनेपछि जुन किसिमको आशा थियो, ती आशाअनुरुप जसरी डेलिभरि हुनुपर्ने हो, त्यो डेलिभरि भइरहेको छैन ।’, थापाले थपे, ‘सरकारको कुनै फेरबदल अहिले हुँदैन, तर सरकारले गर्नुपर्ने डेलिभरि जसरी गर्नुपर्ने हो त्यसरी गर्न सकिरहेको छैन भन्ने बारेमा सबैभन्दा बढी प्रधानमन्त्री आफैँ सचेत रहनुपर्छ र मलाई लाग्छ, उहाँ हुनुहुन्छ । जसरी जुन ढंगबाट सरकारले काम गर्नुपर्ने हो, त्यो गर्न सकेको छैन भन्ने मलाई महसुस भएको छ, उहाँलाई पनि भएको छ भन्ने लाग्छ । अहिलेलाई सरकार फेरबदल हुने कुरा छैन ।’

Ncell
Extreme Energy

त्यस्तै थापाले कांग्रेस पार्टीका नेताहरुको चिन्ता केवल २०८२ सालमा हुने महाधिवेशन र २०८४ मा हुने निर्वाचनमा मात्रै केन्द्रीत भएको समेत टिप्पणी गरे । 

रवि लामिछानेको विषय अदालतमा प्रवेश गरिसकेकाले यस बिषयमा आफुले कुनै टिका टिप्पणी नगर्ने उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।
जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

नियमित रुपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ ।
सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले हाजिर गरेर टाप कस्ने (हाटा) सांसदहरुलाई कडाई गरेको छ । प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो...