नेभिगेशन
सबै कुरा

सरकारले काम गर्न सकेन, प्रधानमन्त्री सचेत हुनुपर्छ : गगन थापा

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले जनताको आशा अनुसार वर्तमान सरकार चल्न नसकेको बताएका छन् । 

शुक्रबार काठमाडौँमा कैलाश कोइरालाद्वारा लिखित शास्त्र उपन्यासको विमोचन समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सरकारको गठनको उदेश्य अनुसारको काम हुन नसकेको र जनताको आशा अनुसार सरकार चल्न नसकेको बताएका हुन् । थापाले सरकारको फेरबदल अहिले नहुने तर सरकारले अहिले गर्न नसकेका कामका बारेमा प्रधानमन्त्री सचेत रहनुपर्ने धारणा राखे । ‘सरकार राम्रोसँग चलिरहेको छ, सरकारका आफ्ना कमी कमजोरीका विषयमा प्रधानमन्त्री पक्कै पनि सचेत हुनुहुन्छ । सरकार बनेपछि जुन किसिमको आशा थियो, ती आशाअनुरुप जसरी डेलिभरि हुनुपर्ने हो, त्यो डेलिभरि भइरहेको छैन ।’, थापाले थपे, ‘सरकारको कुनै फेरबदल अहिले हुँदैन, तर सरकारले गर्नुपर्ने डेलिभरि जसरी गर्नुपर्ने हो त्यसरी गर्न सकिरहेको छैन भन्ने बारेमा सबैभन्दा बढी प्रधानमन्त्री आफैँ सचेत रहनुपर्छ र मलाई लाग्छ, उहाँ हुनुहुन्छ । जसरी जुन ढंगबाट सरकारले काम गर्नुपर्ने हो, त्यो गर्न सकेको छैन भन्ने मलाई महसुस भएको छ, उहाँलाई पनि भएको छ भन्ने लाग्छ । अहिलेलाई सरकार फेरबदल हुने कुरा छैन ।’

त्यस्तै थापाले कांग्रेस पार्टीका नेताहरुको चिन्ता केवल २०८२ सालमा हुने महाधिवेशन र २०८४ मा हुने निर्वाचनमा मात्रै केन्द्रीत भएको समेत टिप्पणी गरे । 

रवि लामिछानेको विषय अदालतमा प्रवेश गरिसकेकाले यस बिषयमा आफुले कुनै टिका टिप्पणी नगर्ने उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...